बैंकको बदमासीः साना संस्था मर्ज गरेपछि निक्षेपको व्याज घटाउने, ऋणको नघटाउने

काठमाडौं । कुमारी बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनी मर्जर सम्पन्न भएर एकीकृत कारोबार सुरु भएको २ वर्ष भयो । तत्कालिन पश्चिमाञ्चल फाइनान्सको ऋणको व्याज १६ प्रतिशत थियो । कुमारी बैंकमा मर्जर भएपछि पनि तत्कालिन पश्चिमाञ्चल फाइनान्सका ऋणी अहिले पनि १६ प्रतिशत व्याज र २ प्रतिशत शुल्क थप गरेर १८ प्रतिशत व्याज तिरिरहेका छन् । पश्चिमाञ्चल फाइनान्स कम्पनीले प्रवाह गरेको ऋणमध्ये ३६ करोड रुपैयाँ ऋणलाई खराब कर्जामा राखिएको थियो । यस्तो कर्जाको सावा व्याज तिरिरहेका ऋणी अहिले पनि १८ प्रतिशत व्याज तिर्न वाध्य भएका हुन् । यति मात्रै होइन, तत्कालिन पश्चिमाञ्चल फाइनान्सले बढीमा ५ वर्षसम्मको ऋण दिने गरेको थियो । कम्पनी मर्ज भएर कुमारी बैंकको नाममा एकीकृत कारोबार हुन थालेको २ वर्ष विते पनि फाइनान्स कम्पनीबाट ऋण लिनेहरुले अहिले पनि कुमारी बैंकले तोकेजति व्याज तिर्न पाएका छैनन् । पश्चिमाञ्चलबाट ऋण लिएका ऋणीले कर्जा नविकरण गर्दा पनि तत्कालिन पश्चिमाञ्चल फाइनान्सको व्याजदर अनुसार नै कर्जा तिर्नुपर्छ । ओम डेभलपमेन्ट बैंक र एनएमबी बैंक मर्ज भएर एकीकृत कारोबार सुरु भएको ४ महिना पूरा भयो । असोज पहिलो साता मर्जर सकिएर एनएमबी बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको थियो । तर, तत्कालिन ओम डेभलपमेन्ट बैंकबाट कर्जा लिएका ऋणीले अहिले पनि तत्कालिन ओमको व्याजदर अनुसार नै कर्जा नविकरण गरिरहेका छन् । तत्कालिन ओमकोभन्दा अहिलेको एनएमबी बैंकको कर्जाको व्याज ५ प्रतिशतसम्म महंगो थियो । ठूला बैंक वित्तीय संस्थाको तुलनामा साना बैंक वित्तीय संस्थाको व्याज महंगो हुने गर्छ । तर, ठूला बैंक वित्तीय संस्थासँग मर्जर वा एक्वीजिसन भएपछि पनि साना संस्थाको निक्षेपको व्याज तत्काल घट्ने तर कर्जाको व्याज नघट्ने प्रबृत्ति देखिएको छ ।

नेपाल बैंकको वार्षिक साधारण सभाले पारित गर्याे २५ प्रतिशत लाभांश

काठमाडौं । नेपाल बैंककाे ६०औं  वार्षिक साधारण सभाले २५ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको शुक्रबार सम्पन्न सभाले शेयरधनीलाई १० प्रतिशत नगद र १५ प्रतिशत बोनस गरी साे मात्रामा लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो । सभा सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीको अध्यक्षतामा नेपाल एपीएफ क्लव, हलचोक, काठमाडौमा सम्पन्न भएको हाे । सभामा बैंकको आर्थिक वर्ष २०७५/७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७५/७६ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरुमा छलफल भई पारित भएको थियो ।

प्राइम बैंकको वार्षिक साधारणबाट शेयरधनीलाई १६ प्रतिशत बोनस प्रदान 

काठमाडौं । प्राइम बैंकको १२ औं वार्षिक साधारणले शेयरधनीलाई १६ प्रतिशत बोनस वितरण गर्ने भएको छ । बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको प्राइम कमर्सियल बैंकले १२ औ साधारण सभा सम्पन्न गरेको हो । उक्त वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर बितरण गर्ने र कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ती गर्नै बिशेष प्रस्ताव पारित गर्दै कैलाश विकास बैंकको १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंकको ९४ कित्ता शेयर स्वरुप रेसियो कायम गरेको छ । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति पश्चात शाखा संख्या १ सय ९९ हुनेछ । बैंकले आगामी दिनहरुमा पनि बैंकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लगी आपनो शेयरधनीहरु लाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको जानकारी दिएको छ ।