काठमाडौं । नेपाल बैंककाे ६०औं वार्षिक साधारण सभाले २५ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको शुक्रबार सम्पन्न सभाले शेयरधनीलाई १० प्रतिशत नगद र १५ प्रतिशत बोनस गरी साे मात्रामा लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।
सभा सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीको अध्यक्षतामा नेपाल एपीएफ क्लव, हलचोक, काठमाडौमा सम्पन्न भएको हाे ।
सभामा बैंकको आर्थिक वर्ष २०७५/७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७५/७६ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरुमा छलफल भई पारित भएको थियो ।