हिमालयन बैंकको सीइओमा पुनः अशोक राणा, बनाए नयाँ रेकर्ड

काठमाडौं । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक शमशेर राणा पुन नियुक्त भएका छन् । आज (२२ असारमा) बसेको बैंक संचालक समिति बैठकले राणालाई नै प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो । राणालाई थप ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय भएको एक संचालकले जानकारी दिए । राणाको कार्यकाल सकिएपछि आजैदेखि लागू हुने गरी अर्काे ४ वर्षे कार्यकालको लागि नियुक्त गरिएको छ । अर्काे एक कार्यकालको लागि बाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत पदमा सबैभन्दा लामो समय बस्ने नेपाली बैंकरको रेकर्ड पनि राणाले बनाएका छन् । नेपाली बाणिज्य बैंकमा अब उनीभन्दा लामो समय प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बहन गरेका नेपाली बैंकर छैनन् ।

एनएमबि बैंकले किन्यो कञ्चन डेभलपमेन्ट बैंक, स्वाप रेसियो कति ?

काठमाडौं । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ । बैंकको असार २१ गतेसम्पन्न विशेष साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । कञ्चन डेभलपमेन्ट बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात (स्वाप रेसियो ) १००ः ८५ लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ । जसअनुसार कञ्चन डेभलपमेन्ट बैंकका सेयरधनीहरुले कञ्चन डेभलपमेन्ट बैंकको १०० कित्ता बराबर एनएमबि बैंकको ८५ कित्ता सेयर प्राप्त गर्नेछन् । सुदुर पश्चिम क्षेत्रमा बलियो उपस्थिति रहेको कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पश्चात पश्चात बैंकको चुक्ता पुँजी १४ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ भने रिजर्भ ७ अर्व ५ करोड रुपैयाँ पुग्नेछ । साथै, शाखा कार्यालयहरुको संख्या १८४ तथा एक्टेन्सन काउन्टरहरुको संख्या ८. पुग्नेछ । बैंकको सुदुर पश्चिम प्रदेशमा शाखाहरुको संख्या २४ पुग्नेछ । कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहँुचको मार्गचित्र कोर्न नयाँ आयाम थपिएको छ । जसबाट ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ ।

सनराइज बैंक र अष्ट्रेलियाको रोयल रेमिटबीच अनलाइन रेमिट्यान्स सम्झौता

काठमाडौं । सनराइज बैंक र अष्ट्रेलिया स्थित रोयल रेमिटमार्फत अनलाइन माध्यमबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार अष्ट्रेलियामा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउन थप सरल र सुलभ हुने छ । यसरी रोयल रेमिट नेपाल मार्फत पैसा पठाउदा उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ । रोयल रेमिट नेपाल मार्पmत अष्ट्रेलियाबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका देशभर रहेका १३० शाखाहरु तथा बैंकका देशभरी छरिएका १० हजारभन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भुक्तानी लिन सकिनेछ । साथै, बैंक खातावालाको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सिमित नभई देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत केही मिनेटमै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।