धरानमा एक्सेल डेभलपमेण्ट बैंकले फोहोर व्यवस्थापनका लागि वितरण गर्‍यो डस्टबिन

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले  सामाजिक उत्तरदायित्व अन्तर्गत फोहोर व्यवस्थापनमा सहयोग पुर्याउन डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ ।  यस कार्यक्रम अन्तर्गत धरान उपमहानगरपालिका, पिन्डेश्वर बाबाधाम व्यवस्थापन समिति, धरान १४, सुनसरीलाई १० थान डस्टबिन, ५ थान डस्ट प्यान, ५ थान कुचो र ५ थान झाडु हस्तान्तरण गरिएको छ । धरान वडा नं. १४ का अध्यक्ष कृष्ण प्रसाद भट्टराईले बैंकको यस पहलप्रति खुसी व्यक्त गर्दै भने 'धरान १४ धार्मिक दृष्टिले प्रख्यात छ र देश–विदेशबाट धेरै भक्तजन आउने गर्छन् । मन्दिर परिसर सफा राख्न यस बैंकले उपलब्ध गराएको डस्टबिन महत्वपूर्ण भूमिका खेल्नेछ ।' उक्त व्यवस्थापन समितिका अध्यक्ष विकास नेपालीले बैंकको सामाजिक पहलले मन्दिर क्षेत्रमा सफाइ कायम राख्न सहयोग पुर्‍याउने उल्लेख गर्दै धन्यवाद प्रकट गरे । कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय बासिन्दा तथा समाजसेवीहरूको पनि सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले सबैलाई फोहोरलाई सही स्थानमा व्यवस्थापन गर्न र मन्दिरको सफाइमा योगदान दिन आह्वान गरे । डस्टबिन वितरण कार्यक्रमसँगै बैंकले शिक्षा, स्वास्थ्य, र वातावरण संरक्षण लगायतका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । प्रादेशिक विकास बैंकको रुपमा, झापा जिल्लाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, संखुवासभा र धनकुटा जिल्लाका ४७ शाखा तथा तीन एटीएममार्फत ग्राहक सेवा प्रदान गर्दै आएको छ । बैंकले कोशी प्रदेशभित्रका अन्य जिल्लामा पनि नयाँ शाखा स्थापना गर्ने लक्ष्य राखेको छ ।

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले दृष्टि आई केयर सिष्टममा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।  यस सम्झौतापश्चात बैंकका ग्राहकले काठमाडौंमा रहेको दृष्टि आई केयरमा उपलब्ध विभिन्न सेवाहरु उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।  यस हस्पिटलमा आँखा, नाक, कान तथा घाँटी सम्बन्धी उपचार गर्दा छुट सुविधा प्राप्त गर्न सकिने भएको हो । ईएनटी र जनरल सर्भिसअन्तर्थत ओपीडीमा २० प्रतिशत तथा इन्भेस्टिगेसनमा १० प्रतिशत छु्ट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । साथै आँखाको उपचार गर्दा ओपीडी जनरलमा २० प्रतिशत, अपरेशन चार्ज सर्जरी प्याकेज तथा इन्भेस्टिगेसनमा ५ प्रतिशत, ल्याबोरेटरीमा १० प्रतिशत र अप्टिकल प्रडक्टमा ७.५ प्रतिशत छुट सुविधा उपयोग गर्न सकिनेछ ।  यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।   उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

लक्ष्मी सनराइज बैंकको डिजिटल डिसेम्बर २०२५ अभियान सुरु

काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित वार्षिक अभियानको सातौँ संस्करण ‘डिजिटल डिसेम्बर २०२५’ सुरु गरेको छ । 'उद्यम सशक्तीकरण' भन्ने नाराका साथ प्रारम्भ गरिएको यस वर्षको अभियान उद्यम तथा व्यवसाय क्षेत्रलाई डिजिटल माध्यमतर्फ रूपान्तरण गर्न केन्द्रित रहने बैंकले जानकारी दिएको छ ।  डिसेम्बर महिनाभर सञ्चालन हुने यस अभियानले बैंकका डिजिटल सेवा–सुविधालाई देशभरका व्यवसायिक कारोबारका लागि प्रमुख माध्यमका रूपमा विस्तार गर्ने लक्ष्य लिएको छ । विगतका वर्षहरूमा उपभोक्ता–केन्द्रित अभियान सञ्चालन गर्दै आएको बैंकले यसपटक भने उद्यम–केन्द्रित डिजिटल परिवर्तनलाई प्राथमिकतामा राखेको छ ।  अभियानले देशभरका घरेलु, साना–मझौला उद्यम, कर्पोरेट संघ–संस्था, खुद्रा तथा थोक कारोबार, सूचना–प्रविधि, वित्त, स्वास्थ्य, शिक्षा, आतिथ्यलगायत क्षेत्रमा रहेका सबै प्रकारका उद्यमलाई समेट्नेछ ।  उद्यमीलाई डिजिटल माध्यम प्रयोगमा थप सक्रिय बनाउँदै हाल नगद तथा चेकमार्फत हुने ठूलो परिमाणको कारोबारलाई डिजिटल माध्यममा रूपान्तरण गर्ने लक्ष्य अभियानले राखेको छ । साथै, ग्राहकका आन्तरिक प्रणालीबाटै भुक्तानी गर्ने सुविधा प्रदान गर्ने ‘सम्पर्क–सम्बन्ध संयोजन’ र ‘होस्ट–टु–होस्ट’ जडान सेवा प्रवर्द्धन पनि अभियानका प्रमुख उद्देश्यमा पर्छन् । अभियानअन्तर्गत बैंकले व्यवसायहरूको डिजिटल कारोबारलाई सहज बनाउने उद्देश्यले विभिन्न सेवा तथा समाधानलाई प्रवर्द्धन गरिरहेको छ । यसमा इ–बजार तथा अनलाइन कारोबार गर्ने संस्थाहरूलाई भिसा र मास्टरकार्डमार्फत अनलाइन भुक्तानी सुविधा प्रदान गर्ने व्यवस्था प्रमुख रूपमा समावेश छ । त्यस्तै, कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीका लागि ‘अन–कार्ड’ भनिने भर्चुअल क्रेडिट कार्ड तथा भिसा क्रेडिट कार्ड उपलब्ध गराइनेछ । व्यवस्थित कर्पोरेट कारोबारका लागि ‘कर्पोरेट–पे’ तथा राष्ट्रिय भुक्तानी इन्टरफेस (एनपीआई) मार्फत एकीकृत भुक्तानी सेवा प्रदान गरिनु यस अभियानको अर्को महत्वपूर्ण पहल हो । साथै, वास्तविक समयमा भुक्तानी प्राप्त भएको जानकारी ग्राहकलाई तुरुन्तै उपलब्ध गराउने ‘लक्ष्मी वाणी’ सेवा पनि अभियानअन्तर्गत प्रोत्साहित गरिने बैंकले जनाएको छ । बैंकका अनुसार डिसेम्बर महिनाभर अभियानमा सहभागी उद्यम तथा व्यवसायीहरूले विशेष भर्ना–सुविधा, छुट तथा प्राथमिक सेवा–सुविधा प्राप्त गर्ने अवसर पाउनेछन् । ​​​​​​​ बैंकका डिजिटल च्यानल तथा रेमिट्यान्स विभागका प्रमुख सुमन प्रसाद गेलालका अनुसार ‘डिजिटल डिसेम्बर–२०२५’ अभियानले नेपालमा उद्यम भुक्तानी प्रणालीमा भइरहेको नवप्रवर्तनलाई थप मजबुत बनाउनेछ । गेलालले भने, 'डिजिटल पूर्वाधारलाई प्रभावकारी बनाउँदै व्यवसायलाई सशक्त र सक्षम बनाउने यस अभियानले सुरक्षित, पारदर्शी र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा टेवा पुर्‍याउनेछ ।'