आइएमई मोटर्सको गाडी बिना धितो ८० प्रतिशतसम्म फाइनान्स सुविधामा
काठमाडौं । नेपालका लागि अशोक लेलैण्ड कमर्सियल भेहिकल्सको एकल अधिकृत बिक्रेता आइएमई मोटर्सले ‘आइएमई स्वरोजगारी अभियान’ सुरु गरेको छ । सवारी चालकहरुलाई सवारी धनी बनाउने उद्देश्यका साथ कम्पनीले यो अभियान सुरु गरेको जनाएकाे छ । यस योजना अन्तर्गत अशोक लेलैण्डका जुनसुकै लाइट कमर्शियल भेहिकल (दोस्त) सिरिजका सवारी साधन बिना धितो ८० प्रतिशतसम्म फाइनान्स सुविधामा खरिद गर्न सकिनेछ । यी सवारीसाधन खरिद गर्ने ग्राहकले तीन महिनासम्म मासिक किस्ता (इएमआई) तिर्नु नपर्ने सुविधा र आकर्षक ब्याजदरको लाभ लिन पाउने छन् । यो योजनाले वैदेशिक रोजगारबाट फर्केर स्वदेशमै स्वरोजगारमूलक काम गर्न चाहनेलाई पनि राम्रो अवसर प्रदान गर्ने कम्पनीले जनाएकाे छ । त्यसैगरी, रोजगारी गुमाएर आफ्नै व्यवसाय सुरु गर्न खोजिरहेका र व्यवसाय विस्तार गर्ने योजनामा रहेका उद्यमीले पनि यो योजनाबाट लाभ लिन सक्ने कम्पनीले जनाएकाे छ । नेपालमा अशोक लेलैण्डका २० भन्दा बढी आधिकारिक वर्कसपहरु छन् । इच्छुक व्यक्तिले आफ्नो नजिकैको अशोक लेलैण्डका सोरुममा गएर गाडी बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।
टिभिएसकाे स्कुटर किन्दा नगद छुटसँगै स्मार्टफोन पाइने
काठमाडौं । जगदम्बा मोटर्सले भ्यालेन्टाइन डे को अवसर पारेर आफ्नो सम्पूर्ण टिभिएस स्कुटरहरुमा ‘कनेक्ट टु लभ’ योजना ल्याएको छ । यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिदमा ६ हजारसम्मको नगद छुटको साथै हरेक दिन लक्की ड्र मार्फत एउटा रियलमी स्मार्टफोन जित्न सक्ने मौका पाउनेछन् । यस योजनाको लक्की ड्र हरेक दिन जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेज मार्फत हुने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार यति मात्र नभएर ग्राहकले यस योजनामा ४० प्रतिशत डाउन पेमेन्ट गरेर शुन्य ब्याजदरमा स्कुटर खरिद गर्न सक्नेछन् । यो योजना माघ २५ गतेदेखि फाल्गुन ६ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ । जगदम्बा मोटर्स टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक हो ।
जावा मोटरसाइकलको बीएस–सिक्स मोडलहरुमा अब ५ वर्षसम्म फ्रि सर्भिसिङ्ग
काठमाडौं । जावा मोटरसाइकलले ५ वर्षसम्म फ्रि सर्भिसिङ्गको सुविधा प्रदान गर्ने भएको छ ।जावा मोटरसाइकलको आधिरकारीक विक्रेता अग्नि मोटोइंक ले फोर्टी–टु, जावा, र पेराकको बीएस–सिक्स मोडलहरुमा ५ वर्षसम्म फ्रि सर्भिसिङ्गको सुविधा प्रदान गर्ने भएको हो । अग्नि मोटोइंक नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी हो । जावा मोटरसाइकल चालकहरुले काठमाडाैं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ्ग, बाग्लुङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट यी मोडलका जावा बाईकहरुमा फ्रि सर्भिसिङ्गको सुविधा लिन सक्नेछन् ।