टिभिएसकाे स्कुटर किन्दा नगद छुटसँगै स्मार्टफोन पाइने

<p>काठमाडौं । जगदम्बा मोटर्सले भ्यालेन्टाइन डे को अवसर पारेर आफ्नो सम्पूर्ण टिभिएस स्कुटरहरुमा &#8216;कनेक्ट टु लभ&#8217; योजना ल्याएको छ । यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिदमा ६ हजारसम्मको नगद छुटको साथै हरेक दिन लक्की ड्र मार्फत एउटा रियलमी स्मार्टफोन जित्न सक्ने मौका पाउनेछन् । यस योजनाको लक्की ड्र हरेक दिन जगदम्बा [&hellip;]</p>

काठमाडौं । जगदम्बा मोटर्सले भ्यालेन्टाइन डे को अवसर पारेर आफ्नो सम्पूर्ण टिभिएस स्कुटरहरुमा ‘कनेक्ट टु लभ’ योजना ल्याएको छ ।

यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिदमा ६ हजारसम्मको नगद छुटको साथै हरेक दिन लक्की ड्र मार्फत एउटा रियलमी स्मार्टफोन जित्न सक्ने मौका पाउनेछन् । यस योजनाको लक्की ड्र हरेक दिन जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेज मार्फत हुने कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार यति मात्र नभएर ग्राहकले यस योजनामा ४० प्रतिशत डाउन पेमेन्ट गरेर शुन्य ब्याजदरमा स्कुटर खरिद गर्न सक्नेछन् । यो योजना माघ २५ गतेदेखि फाल्गुन ६ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्स टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक हो ।

 

Share News