टाटा मोटर्सकाे नयाँ साेरुम बनेपामा 

<p>काठमाडौं । टाटा मोटर्सले काभ्रे जिल्लास्थित बनेपामा आफ्नो नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यही महिनादेखि सेवा पुर्याउने योजनासहित बनेपामा आफ्नो नयाँ सोरुम विस्तार गरेको जनाएको छ । बनेपामा सञ्चालित नयाँ आउटलेटको बिक्रेताको रूपमा कम्पनीले लक्ष्मी अटोलाई राखेके छ ।बनेपामा कम्पनीको यो पहिलो आउटलेट हो । [&hellip;]</p>

काठमाडौं । टाटा मोटर्सले काभ्रे जिल्लास्थित बनेपामा आफ्नो नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यही महिनादेखि सेवा पुर्याउने योजनासहित बनेपामा आफ्नो नयाँ सोरुम विस्तार गरेको जनाएको छ ।

बनेपामा सञ्चालित नयाँ आउटलेटको बिक्रेताको रूपमा कम्पनीले लक्ष्मी अटोलाई राखेके छ ।बनेपामा कम्पनीको यो पहिलो आउटलेट हो । यो सँगै नेपालभर टाटा मोटर्सको १९ वटा आउटलेट भएको छ ।

बनेपामा रहेको आउटलेटबाट ग्राहक एवंम् उपभोक्ताहरूले टाटा मोटर्सका साना गाडी सम्बन्धि परामर्श, खरिद तथा एक्स्चेंज सर्भिस जस्ता सुविधा लिन सक्नेछन् । कम्पनीको अनुसार उपभोक्ताहरूले यहाँबाट दक्ष प्राविधिकहरूमार्फत गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै गाडीको जेन्युन पार्टपुर्जाहरू पनि सहजै पाउने छन् ।

टाटा मोटर्सले काठमाडौं, चितवन, नवलपुर, कास्की, रुपन्देही, सिराहा, धनुषा, पर्सा, सर्लाही, झापा, सुन्सरी, दाङ, कैलाली, बाँके, मोरङ र मकवानपुरको विभिन्न ठाउँमा रहेको आउटलेटबाट ग्राहकहरूलाई निरन्तर सेवा पुर्याइरहेको छ ।

Share News