फाल्गुन ३ गते देखि १७ गतेसम्म फ्रि स्याङयोङ्ग सर्भिस क्याम्प

<p>काठमाडौं  । आइएमएस मोटर्सले मंगलबारबाट फ्रि स्याङयोङ्ग सर्भिस क्याम्प सुरु गरेको छ । उक्त फ्रि क्याम्प फाल्गुन ३ गते देखि १७ गतेसम्म चल्ने कम्पनिले जनाएको छ । यस फ्रि क्याम्पकाे अवधिभर ग्राहकहरुले बम्पर उपहारमा सतप्रतिशत नगद फिर्ता पाउने, स्याङयोङ्ग गाडीहरुमा निःशुल्क परिक्षण, गाडीकाे पार्टसमा ५० प्रतिशतसम्मको छुट,  लुब्रिकेन्टमा १० प्रतिशतसम्मको छुट, निःशुल्क सर्भिसिङ्ग तथा फ्री वास, आकर्षक उपहारहरु र पुराना गाडीको उत्कृष्ट मुल्यांकन पाउनेछन् [&hellip;]</p>

काठमाडौं  । आइएमएस मोटर्सले मंगलबारबाट फ्रि स्याङयोङ्ग सर्भिस क्याम्प सुरु गरेको छ । उक्त फ्रि क्याम्प फाल्गुन ३ गते देखि १७ गतेसम्म चल्ने कम्पनिले जनाएको छ ।

यस फ्रि क्याम्पकाे अवधिभर ग्राहकहरुले बम्पर उपहारमा सतप्रतिशत नगद फिर्ता पाउने, स्याङयोङ्ग गाडीहरुमा निःशुल्क परिक्षण, गाडीकाे पार्टसमा ५० प्रतिशतसम्मको छुट,  लुब्रिकेन्टमा १० प्रतिशतसम्मको छुट, निःशुल्क सर्भिसिङ्ग तथा फ्री वास, आकर्षक उपहारहरु र पुराना गाडीको उत्कृष्ट मुल्यांकन पाउनेछन् ।

यस सेवा शिविर स्याङयोङ्गका ग्राहकहरुका लागि काठमाडौंको खुसिबु नयाँ बजारस्थित मोटो इन्जिनियरिङ्ग प्रालि, रविभवनको लामपाटे-१४ स्थित परिदी मोटर्स प्रालि, बुटवलको बेलवास-१२ स्थित भैरव अटो भिलेज प्रालि र भैरवहाको मायादेवी-८ स्थित एए अटोमोबाइलस प्रालिबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

स्याङयोङ्ग कोरियाको चौथौ ठूलो गाडीहरु उत्पाद गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्दछन् ।

आइएमएस ग्रुप अन्तर्गतको आइएमएस मोटर्स नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक विक्रेता हो ।

Share News