एमजीको नयाँ जेडएसः एकपटकको चार्जमा ४४० किमि गुड्ने, मूल्य कति ?

काठमाडौं । एमजीको (मोेरिस म्यारेज) नयाँ जेडएस विद्युतीय गाडी नेपालमा सार्वजनिक गरिएको छ । एमजी मोटर्सको आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले आइतबार जेडएस ईभी २०२२ सार्वजनिक गरेको हो । कम्पनीले स्ट्यान्डर्ड र लंग रेन्चका २ वटा भेरियन्ट सहित मूल्य सार्वजनिक गरेको हो । पारामाउन्ट मोटर्सका अनुसार स्ट्यान्डर्ड रेञ्ज गाडीमा ५१.५ किलोवाट आवर र लङ्ग रेञ्जमा ७२.६ किलोवाट आवर ब्याट्री रहेका छन् । स्ट्यान्डर्ड रेञ्ज एकपटक चार्जमा ३१९ किमि छ र लङ्गरेञ्ज ४४० किमि रहेको कम्पनीले जनाएको छ । यस्तै, दुईवटा व्याट्री प्याकको विकल्प रहेको सो गाडीको ग्राउन्ड क्लियरेन्स १७५ किमि रहेको छ । पुरानो जेडएसको तुलनामा नयाँ जेडएस २०२२ मा इन्टेरियर र एक्स्टेरियरमा नयाँ डेकोरेसन सँगै अपग्रेड गरिएको कम्पनीका महाप्रबन्धक सचिन अर्यालले जानकारी दिए । उनका अनुसार जेडएसको स्ट्यान्डर्ड रेन्जको मूल्य ५१ लाख ९९ हजार र लंग रेन्जको मुल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

मोरङ नाडाको अध्यक्षमा श्रेष्ठ चयन

मोरङ । मोरङ अटोमोवाईल्स डिलर्स एशोसिएसनको १४औँ साधारण सभा सम्पन्न भई नयाँ कार्यसमिति गठन भएको छ । एशोसिएसनका अध्यक्ष शुभाष आचार्यकाे अध्यक्षतामा आयोजित साधारणसभामा उद्घाटन नाडाका केन्द्रीय अध्यक्ष धुर्ब बहादुर थापाले गरेका हुन् ।  सभाबाट एशोसियसनको आगामी कार्यकालका लागि गठित नयाँ कार्यसमितिमा अध्यक्ष पदमा संजय कुमार श्रेष्ठ, उपाध्यक्षमा दिल्ली आचार्य, सचिवमा मनोज विक्रम साह, सह–सचिवमा रुपेश बराल, कोषाध्यक्षमा जीवन पोख्रेल चयन भएका छन् । सदस्यमा ओम प्रकाश शर्मा, रवी अग्रवाल, दिव्य राज घिमिरे,  निसार अहमद्, राजेश कुमार भगत, शैलेन्द्र कुमार साह, मनोज कुमार चौधरी र  गंगा प्रसाद शर्मा सर्वसम्मत रुपमा चयन भएका छन् । 

नेपालमा एक वर्षमा १४ सय ९९ वटा निसान म्याग्नाइट बिक्री

काठमाडौं । नेपालमा एक वर्षमा १ हजार ४ सय ९९ वटा निसान म्याग्नाइट बिक्री भएकाे छ । नेपालकाे लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले नेपालमा १ वर्षमा १४९९ वटा निसान म्याग्नाइट बिक्री गर्न सफल भएको हो । कम्पनीले गत फेब्रुअरी २२, २०२१ मा नेपालमा निसान म्याग्नाइट सार्वजनिक गरेको थियो । यस्तै हालसम्म २ हजार २ सय २६ वटानिसान म्याग्नाइट बुकिङ्ग भैसकेको कम्पनीले जानकारी दिएको छ । निसान म्यागनाइटले ‘कम्प्याक्ट एस.यू.भी अफ द इयर’ , टप गियर अवार्डस् २०२१, ‘अटोमोबाइल ग्याजेट अफ द इयर’ र कार एण्ड बाइक्स् २०२१ को अवार्ड पाउनुको साथै सुरक्षामा ग्लोब एनक्याप ४ स्टार रेटिङ्ग हासिल गर्न सफल भएको छ ।