एमजी जेडएस उत्कृष्ट विद्युतीय गाडी हो: महाप्रबन्धक अर्याल

<p>काठमाडौं । तीन वर्षदेखि नेपालमा विद्युतीय गाडीको बिक्री वितरण गर्दै आएको पारमाउन्ट मोटर्सले नयाँ गाडी भित्र्याएको छ । केही समय अघिसम्म एमजीको जेडएस इभी नेपालमा सर्वाधिक बिक्री भएको विद्युतीय गाडी हो । एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले ग्राहकको रोजाई अनुसार एमजीको नयाँ मोडल आइतबार नेपालमा सार्वजनिक गरेको हो । कम्पनीले एमजीको जेडएस ईभीको बिक्री सफलतापछि [&hellip;]</p>

काठमाडौं । तीन वर्षदेखि नेपालमा विद्युतीय गाडीको बिक्री वितरण गर्दै आएको पारमाउन्ट मोटर्सले नयाँ गाडी भित्र्याएको छ । केही समय अघिसम्म एमजीको जेडएस इभी नेपालमा सर्वाधिक बिक्री भएको विद्युतीय गाडी हो । एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले ग्राहकको रोजाई अनुसार एमजीको नयाँ मोडल आइतबार नेपालमा सार्वजनिक गरेको हो । कम्पनीले एमजीको जेडएस ईभीको बिक्री सफलतापछि अपग्रेड सहितको नयाँ मोडल नेपालमा ल्याएको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ जेडएस गाडीका फिचर, सुरक्षा, अपग्रेड गरिएको फिचर्स, बिक्रीपछिको सेवा, गाडीको मूल्य लगायतका विषयमा पारमाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्यालसँग गरिएको कुराकानीः

नयाँ जेडएस गाडीका फिचरहरु के कस्ता छन् ?

कम्पनीले एमजी जेडएस ईभी २०२२ स्ट्यान्डर्ड र लंगरेञ्ज गरी दुई मोडल र २ मूल्य सहित गाडी आइतबार नेपालमा सार्वजनिक गरेकोे हो । स्ट्यान्डर्ड रेञ्ज गाडीमा ५१.५ किलोवाट आवर र लंगरेञ्जमा ७२.६ किलोवाट आवर ब्याट्री रहेको छ ।

स्ट्यान्डर्ड रेञ्ज एकपटकको फूल चार्जमा ३१९ किमी र लंगरेन्जमा एकपटकको चार्जमा ४४० किमी गुडाउन मिल्छ । दुबै गाडीमा दुईवटा व्याट्री प्याकको विकल्प रहेको छ भने गाडीको ग्राउन्ड क्लियरेन्स १७५ मिमी छ ।

सुरक्षा फिचर के के छन् ?

एमजी पाइलट नाम दिइएको अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स ड्राइभर अस्सिट्यान्स सिस्टम छ । त्यसैले गाडी एकदमै सुरक्षित छ । गाडीमा १३० एचपीको पावर २८० न्यूटन मिटर भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको छ । जेडएस ईभी २०२२ मा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल–ह्वील डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल जस्ता फिचर्स रहेका छन् । यसमा चार्जिङ पोर्ट एमजी ब्याजको छेउमा राखिएको छ । यस्तैगरी, मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ, अडिप्टभ क्रुज कन्ट्रोल, लेन किम असिस्ट र ३६० डिग्री क्यामरा छन् ।

इन्फोटेन्टमेन्ट सिस्टम के कस्तो छ ?

पुरानो जेडएस गाडीको तुलनामा नयाँ गाडीमा इन्टेरियर र एक्स्टेरियरमा नयाँ डेकोरेसन र अपडेटहरु गरिएको छ । दुईवटै रेन्जका गाडीमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ । त्यस्तै, रोटरी डायल गियर नब, ड्राइभिड मोड र ब्रेकिङ रिजेनेरेसन छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेल ल्याम्पहरु रहेका छन् ।

मूल्य कति पर्छ ?

जेडएसको स्ट्यान्डर्ड रेन्जको मूल्य ५१ लाख ९९ हजार र लंगरेञ्जको मुल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । जेडएसले ८.५ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुड्न सक्छ । सिग्नेचर ग्लोबल डिजाइन भएको विद्युतीय गाडीमा पानोरमिक सनरुफ, १७ इन्चको डायमन्ड कट एलोय ह्वील्स र २.५ पीएम फिल्टर लगायत सुविधा छन् ।

यो गाडीका सम्भावित ग्राहक को हुन् ?

यसअघि एमजीको जेडएस गाडीका प्रयोगकर्ता नै नयाँ मोडलको ग्राहक हुन भन्ने अनुमान गरेका छौं । यसअघिका प्रयोगकर्तासँगै वातावरणलाई राम्रो बनाउने समूह नयाँ गाडीका लक्षित प्रयोगकर्ता हुन सक्छन् ।

नयाँ जेडएसले नेपालमा कुन कुन गाडीसँग प्रतिस्पर्धा गर्नुपर्छ जस्तो लाग्छ ?

हामीले भर्खरै ल्याएको नयाँ एसयुभी गाडीमा धेरै प्रतिस्पर्धी छैनन् । केही हामीभन्दा धेरै प्रिमियर छन्, केही हामीभन्दा कम रेन्जका छन् । अहिले हामीले बिक्री गरेको मूल्यको आधारमा कुरा गर्ने हो भने हुन्डाईको कोना हो ।

बिक्रीपछिको सर्भिस कस्तो छ ?

कम्पनीले विभिन्न १० वटा डिलर मार्फत गाडीको बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ । कोभिड महामारीपछि त हामीले अनलाईन मार्फत सेवाहरु पनि दिइरहेका छौं । तर, पनि विक्रीपछिको सेवामा हामीलाई केही चुनौतीहरु छन् । नेपालमा भरखर नयाँ प्रविधि भित्रिएको हो । हामी यो प्रविधिसँग सामनजस्य गर्नको लागि केही प्राविधिक जनशक्ति तयार पर्दैछौं । अबका दिनमा बिक्रीपछिको सेवालाई अझ प्रभावकारी बनाउँदै लाने प्रतिवद्धता हाम्रो छ ।

Share News