नेपालमा एक वर्षमा १४ सय ९९ वटा निसान म्याग्नाइट बिक्री

<p>काठमाडौं । नेपालमा एक वर्षमा १ हजार ४ सय ९९ वटा निसान म्याग्नाइट बिक्री भएकाे छ । नेपालकाे लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले नेपालमा १ वर्षमा १४९९ वटा निसान म्याग्नाइट बिक्री गर्न सफल भएको हो । कम्पनीले गत फेब्रुअरी २२, २०२१ मा नेपालमा निसान म्याग्नाइट सार्वजनिक गरेको थियो । यस्तै हालसम्म २ हजार २ सय २६ वटानिसान [&hellip;]</p>

काठमाडौं । नेपालमा एक वर्षमा १ हजार ४ सय ९९ वटा निसान म्याग्नाइट बिक्री भएकाे छ ।

नेपालकाे लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले नेपालमा १ वर्षमा १४९९ वटा निसान म्याग्नाइट बिक्री गर्न सफल भएको हो ।

कम्पनीले गत फेब्रुअरी २२, २०२१ मा नेपालमा निसान म्याग्नाइट सार्वजनिक गरेको थियो । यस्तै हालसम्म २ हजार २ सय २६ वटानिसान म्याग्नाइट बुकिङ्ग भैसकेको कम्पनीले जानकारी दिएको छ ।

निसान म्यागनाइटले ‘कम्प्याक्ट एस.यू.भी अफ द इयर’ , टप गियर अवार्डस् २०२१, ‘अटोमोबाइल ग्याजेट अफ द इयर’ र कार एण्ड बाइक्स् २०२१ को अवार्ड पाउनुको साथै सुरक्षामा ग्लोब एनक्याप ४ स्टार रेटिङ्ग हासिल गर्न सफल भएको छ ।

 

Share News