गोल्छा ग्रुपद्वारा थापाथली क्याम्पसका विद्यार्थीलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग
काठमाडौं । गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ । यो गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता शेल इको म्याराथनमा भाग लिएको थियो । विद्यार्थीहरुले आवश्यक सीप अनुसार टोली निर्माण गर्ने, प्रायोजकहरू खोज्ने, कार्य स्थललाई अन्तिम रूप दिने आदि जस्ता प्रारम्भिक गतिविधिहरूबाट काम शुरु गरेको थियो र फेब्रुअरी २०२२ सम्म टोलीले सवारी साधनको डिजाइन र डेभलपमेन्ट सफलतापूर्वक सम्पन्न गरेको छ। अनेकन टेस्ट राइडहरु पछि विद्युतीय गाडी ‘मैचा’ अहिले पूर्ण रुपमा प्रतिस्पर्धा गर्न तयार रहेको छ । सबै नियमहरु पालना गर्दै उपलब्ध निर्देशन र स्पेसिफिकेशनहरु अनुसार गाडी बनाइएको हो । ‘मैचा’ को ब्याट्रीले १ केडब्लुएच चार्जबाट १५० किलोमिटर सम्मको रेन्ज दिन्छ । मैचाको निर्माणकर्ता टिम सिरेटोले नेपालमा विद्युतीय सवारीमा विभिन्न अनुसन्धान र कार्यहरू सञ्चालन गरेर दिगो भविष्यमा योगदान पु¥याउने लक्ष्य राखेको छ । उनीहरू शेल इको–म्याराथनमा प्रतिस्पर्धा गर्ने नेपालको पहिलो इभी (विद्युतीय सवारी) टोली हुन् ।
स्कोडाको नयाँ सर्भिस सेन्टर सितापाइलामा
काठमाडौं । नेपालको लागि स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु स्कोडाले काठमाडौंको सितापाइलामा नयाँ ‘स्टेट–अफ–द–आर्ट’ को सर्भिस सेन्टर सुरु गरेको छ । नयाँ सर्भिस सेन्टरको उद्घाटन अर्थोपेडिक डा. चक्रराज पाण्डे र कलाकार अनुप विक्रम शाहीले संयुक्त रुपमा गरेका हुन् । नयाँ ‘स्टेट–अफ–द–आर्ट’ सर्भिसको निर्माण स्कोडाको नयाँ ‘कर्पोरेट आइडेन्टिटी’ र डिजाइनमा गरिएको हो । काठमाडौंस्थित आधुनिक वर्कसप नेपाली बजारमा स्कोडाको स्थानलाई अझ बलियो बनाउने उद्देश्यले निर्माण गरिएको कम्पनीले जनाएकाे छ । काठमाडौंको सितापाइलास्थित स्कोडाको सर्भिस १५ हजार वर्ग फिटमा फैलिएको छ जहाँ ग्राहकलाई तुरुन्त सेवा दिन दुई वटा पोस्ट लिफ्ट र इन्डिभिज्युअल टुल सेटसहितको १४ वटा वे रहेका छन् । यहाँ ड्राइभिङसँग सम्बन्धित समस्याको पहिचानका लागि ‘इन–हाउस’ ‘टेस्ट ड्राइभ ट्रयाक’ र ठूलो स्पेयर्स पार्ट्स ‘वेयरहाउस’ पनि रहेको छ । ‘हामीले हाम्रा ग्राहकका लागि युरोपियन क्लासको सर्भिस सेन्टर दिन पाउँदा निकै हर्षित छौं । हामीलाई विश्वास छ यो स्टेट–अफ–आर्ट सर्भिस सेन्टर र गुणस्तरीय प्रक्रियाले अद्वितीय सर्भिस अनुभव दिलाउन सक्नेछौं,’ स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले भने । हाल नेपालका नौ वटा सहरमा स्कोडाको सर्भिस नेटवर्क रहेकाे र ग्राहकको सहजताका लागि यसलाई थप फराकिलो बनाउने लक्ष्य लिएको अग्रवालले बताए ।
उपत्यकाको ८ स्थानमा होण्डाको एक्सचेन्ज क्याम्प, बजार मूल्यभन्दा ७ हजार बढी पाइने
काठमाडौं । हाेण्डा मोटरसाइकल तथा कारको एक्सचेन्ज क्याम्प सुरु भएकाे छ । नेपालका लागि होण्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले संचालन गरेकाे उक्त क्याम्प चैत १७ गतेसम्म संचालन हुने छ । कम्पनीकाे अनुसार यस एक्स्चेन्ज क्याम्पको अविधिभर ग्राहकहरुले कुनै पनि ब्राण्डको बाइक तथा स्कुटर एक्स्चेन्ज गरी होण्डाको बाइक वा स्कुटर चढ्न सक्नेछन् । ग्राहकहरुले आफ्नो साधनको एक्स्चेन्जमा विभिन्न सुविधाका साथै प्रचलित बजार मूल्यभन्दा ७ हजार अतिरिक्त एक्सचन्ज बोनस समेत प्राप्त गर्नेछन् । यस एक्स्चेन्ज क्याम्प उपत्यकाकाे ८ स्थान सल्लाघरी, कलंकी, ग्वार्काे, स्वयम्भु, कान्तिपथ, जाेरपाटी, बत्तिस्पुलती र थली संचालन भइरहेकाे कम्पनीले जानकारी दिएकाे छ ।