त्रिवेणी समूहले पायो रोयल इनफिल्डको आधिकारिक विक्रेता
काठमाडौं । त्रिवेणी गुप्रले रोयल इनफिल्डकोे आधिकारिक विक्रेता लिएको छ । दुगड समूह अन्तरगतको विवेक अटोमोवाइल रोयलको आधिकारीक विक्रेता रहेकोमा कम्पनीले नयाँ गुप्रलाई विक्रेताको जिम्मा दिएको हो । विवेक अटोमावाइल प्रति असन्तुष्ट बनेको रोयल इनफिल्ड इन्डियाले त्रिवेणी गुप्रलाई केही दिन अघि आधिकारीक बिक्रेता नियुक्त गरेको हो । बैंकिङ तथा पर्यटन क्षेत्रमा लगानी रहेको त्रिवेणी समूहले पहिलो पटक दुई पांग्रे सवारीसाधन बिक्रेताको जिम्मा पाएको छ । त्रिबेणी समूहले नेपालमा उत्पादन, ट्रेडिङ, बैंकिङ तथा इन्स्योरेन्स, ऊर्जा, रिटेल, मनोरन्जन तथा टुरिजम र कृषि लगायतका क्षेत्रमा लगानी रहेको छ । त्रिबेणी समूहले डिलर सिप लिएसँगै यसको व्यवसाय विस्तारमा योजना निर्माण गरेर काम अगाडि बढाईएको जनाएको छ । यसअघि दुगड गुप्रवाट चारपाँग्रे गाडीको समेत डिलरसिप खोसिएको थियो । जापानी कार कम्पनी निसानको बिक्री वितरण गर्दै आएको दुगड समूहबाट सारडा गुप्रले पाएको थियो ।
बेनेलीको नयाँ वर्ष अफर : बाइक किन्दा २५ हजारसम्म छुट
काठमाडौं । इटालियन बाइक कम्पनी बेनेलीले बाइक किन्दा भाग्य परीक्षणदेखि स्क्रयाचसम्मको बिना झन्झट छुट पाउने योजना ल्याएको छ । नयाँ वर्षको अवसरमा बेनेलीले नेपालमा रहेका बेनेली बाइक र स्कुटरका सबै भेरियन्टका लागि २५ हजार सम्मको नगद छुटको घोषणा गरेको हो । बेनेली बाइकका सबै नयाँ ग्राहकहरुले यो नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । नेपालमा बेनेलीको १५० सीसीदेखि ७५२ सीसी सम्मका विभिन्न बाइकहरु उपलब्ध छन् । बेनेली ब्रान्ड स्टाइलिस डिजाइन र शक्तिशाली इन्जिनका लागि परिचित ब्राण्ड हो । बेनेलीले भर्खरै ९४ किलो तौलसहित थुप्रै सुविधा रहेको पनेरिया १२५ नेपाली बजारमा ल्याएको छ । केटिएम इन्टरनेशनल ट्रेडिङले बेनेलीको नेपालको आधिकारिक बिक्रेताको रुपमा काम गरिरहेको छ ।
अशोक लेलैण्डको मेघा सर्भिस क्याम्प सुरु, गाडीकाे पार्ट्समा ५० प्रतिशतसम्म छुट
काठमाडौं । अशोक लेलैण्डले ‘ मेघा सर्भिस क्याम्प २०२२ ’ सुरु गरेकाे छ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लिद्धारा प्रवद्र्घित अशोक लेलैण्डले देशभरी रहेकाे आफ्नाे १५ सर्भिस सेन्टरहरुमा सर्भिस क्याम्प सुरु गरेकाे हाे । यस योजना अन्तर्गत ग्राहकहरुलाई केन्द्रित गर्दै पार्ट्समा ५० प्रतिशतसम्म छुट, लुब्रिकेन्टमा १२ प्रतिशतसम्म छुट र लेबर चार्जमा ३० प्रतिशत छुटका साथसाथै ४५ पोइन्ट फ्री चेकअप पनि उपलब्ध हुनेछ । यस्तै यस सर्भिस क्याम्पको दौरान ग्राहकवर्गहरुले विभिन्न आकर्षक उपहारका साथसाथै फ्रि गाडी वासिङ्ग, फ्रि टिसर्ट, १ लिटर सम्मको फ्रि इन्जिनयल र कुलेन्ट टप–अप पनि लिन सक्नेछन् । यस सर्भिस क्याम्पको अफरहरु आशाेक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागु हुने कम्पनीले जानकारी दिएकाे छ । अशोक लेलैण्डका नेपालभर रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर ग्राहकले याे सेवा प्राप्त गर्न सक्नेछन् । कम्पनीकाे अनुसार सुरक्षित गाडीका लागि जेन्युअन पार्टस्प्रयोग गरौँ भन्ने नाराका साथ सुरु भएको यस योजना चैत ६ देखि ११ गतेसम्म मात्र लागु हुनेछ ।