निशानको ५० हजारौं नम्बरको म्याग्नाइट पूरा
काठमाडौं । निसान इन्डियाले निशान म्याग्नाइटको ५० हजार युनिट उत्पादनको माइलस्टोन पूरा गरेको छ । कोभिड-१९ को संक्रमण चुनौती र सेमिकन्डकटरको अभावको अवस्थामा पनि कम्पनीले ५० हजार म्याग्नाइट उत्पादन गर्न सफल भएको छ । यस अवसरमा निसान मोटर इन्डियाका प्रेसिडेन्ट सिनान ओजकोकले भने, ‘अन्तराष्ट्रिय बजारमा दि मेक अफ इण्डिया मेक फर दि वर्ल्डअनुसार एसयूभीखास मोडेलको उत्पादन हो र यसले निसानको अन्तराष्ट्रिय बजारमा पुरानोलाई विस्थापना गरी नयाँ उत्पादन उपलब्ध गराउने रणनितिअनुसार बजारमा आउनेछ । बिगबोल्ड , ब्युटीफुल ( ठुलो, बलियो, राम्रो ) एस्.यू.भी.ले भारतका साथै अन्तराष्ट्रिय बजारमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । हामी हाम्रा ग्राहकहरु, विजिनेस पार्टनरहरु र कर्मचारीहरुलाई भारत र अन्तराष्ट्रिय बजारमा निसान म्याग्नाइटले उल्लेखनीय सफलबनाउन सहयोग गरेकोमा हार्दिक धन्यबाद दिन्छौं ।’ निसान म्याग्नाइटले २०२२ फेब्रुअरीमा ग्लोबल एनक्यापमा ४ स्टार सेफ्टी रेटिङ्ग पाएको थियो ।
नियूको गोभा ५ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा
काठमाडौं । इलेक्ट्रिक टु ह्विलर ब्रान्ड नियूको गोभा ५ विद्युतीय स्कुटर नेपाली आएको छ । बिहीबार पहिलो पटक नेपाली बजारमा लन्च गरिएको हो । नियूको नयाँ स्कुटर गोभा ५ लाई आज नेपाली बजारमा सार्वजनिक गरिएको हो । नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटीले आज एक कार्यक्रमको आयोजना गरी सो इलेक्ट्रिक स्कुटर लन्च गरेको हो । साथै पहिलो दिन नै १० जना ग्राहकले खरिद गरेका छन् । आधुनिक स्टायलसँगै स्मार्ट डिजाइन थिममा तयार पारिएको उक्त स्कुटर एकदमै स्टाइलिस देखिएको छ । यो स्कुटरमा ३२ भोल्ट ४५ एम्पियर आवरको लिथियम आयोन ब्याट्री र ३ हजार वाट क्षमताको मोटर जडान गरिएकफ छ । जसलाई ७ घन्टाभित्र पूर्ण चार्ज गर्न सकिने र एकपटक चार्ज गरेपछि ८५ देखि १ सय किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । ८५ किलोमिटर प्रतिघन्टाको गतिमा हाक्न सकिने यो स्कुटरको दुवै चक्कामा ट्युवलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ । यसमा रिजेनेरिटिभ ब्रेकिङ सिस्टम समेत उपलब्ध गराइएको छ । उक्त स्कुटर रातो, सेतो र खैरो गरी तीन कलर अप्सनमा उपलब्ध यसको सुरुवाति मूल्य ३ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।
प्रोटोन एक्स ५० नेपाली बजारमा
काठमाडौं । जगदम्बा मोटर्सले मलेसियन कार निर्माता प्रोटोनको एक्स ५० गाडी नेपाली बजारमा लन्च गरेको छ । अघिल्लो वर्ष प्रोटोन एक्स ७० बिक्री सुरु गरेको जगदम्बाले बजार माग अनुसार एक्स ५० बजारमा ल्याइएको जनाएको छ । बुधबार काठमाडौंको गैरीधारास्थित आफ्नो शोरुमबाट विभिन्न मिडिया तथा मलेसियन राजदुतावासका मोहम्मद फद्ज़ल अबु हसनको उपस्थितिमा जगदम्बा मोटर्सले उक्त गाडी सार्वजनिक गरेको हो । उक्त गाडीको विशेषता भनेको १.५ लिटर टर्बोचार्ज्ड थ्री-सिलिन्डर इन्जिन छ । साथै यसको स्ट्यान्डर्ड र प्रिमियमल संस्करणले ५५०० आरपीएममा १५० पीएस पावर उत्पादन गर्छ भने १५०० देखि चार हजार आरपीएममा २२६ टर्क उत्पादन क्षमता रहेको छ । साथै सेफ्टी प्रोटोकलमा पनि राम्रो तथा सुन्दर डिजाइन रहेको जगदम्बा मोटर्सले जनाएको छ । यति मात्र नभई यस गाडीमा नेपाली बजारमा भएको अरु गाडीभन्दा निकै धेरै सुविधा रहेको छन् ।