
काठमाडौं । हुन्डाई नेपालले ‘बिभि द चेन्ज अभियान अन्तर्गत टेकुमा रहको पचली भैरव मन्दिरमा सरसफाई गरेको छ । कम्पनीले शनिबार पचली भैरवका साथै महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय र वरपरको क्षेत्रमा पनि सरसफाई गरेको हो ।
हुन्डाई नेपालको ५० भन्दा बढी कर्मचारीको सहभागीता रहेको उक्त कार्यक्रममा स्कूल र मन्दिर परिसरमा रङ्ग पनि लगाइएको थियो । कार्यक्रम मन्दिर व्यवस्थापन समिति र विद्यालय प्रशासनसँगको समन्वयमा आयोजना गरिएको थियो।
हुन्डाई नेपालको बिभि द चेन्ज हुण्डाई मोटर कम्पनीको पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्य९बद्धता गर्ने पहल स्वरूप ल्याईएको कार्यक्रम हो ।
बिभि द चेन्ज अभियान अन्तर्गत यही महिनाको सुरुवातमा रातोमाटे डाँडा, चुनिखेलमा वृक्षरोपण पनि गरिएको थियो । साधारण सवारी साधनहरुको कार्बन उत्सर्जन र तिनका प्रभावलाई कम गर्न गरिएको उक्त कार्यक्रममा ४० भन्दा बढी विद्युतीय गाडीका ग्राहकसँगै १५० भन्दा बढिको उत्साहजनक सहभागिता रहेको थियो ।
गएको वर्ष सेप्टेम्बरमा हुन्डाई मोटर कम्पनीले सन् २०५० को ग्लोबल कार्बन न्यूट्रल लक्ष्यभन्दा पाँच वर्ष अगाडि सन् २०४५ सम्ममा आफ्नो उत्पादन र सञ्चालनका सबै चरणहरूमा कार्बन न्युट्रालिटि कायम गर्ने लक्ष्य सार्वजनिक गरेको थियो। कम्पनीले कार्बन न्यूट्रालिटी तर्फको यात्रामा सन् २०२५ सम्ममा २३ वटा पर्यावरण मैत्री लाइनअप ल्याई १० लाखभन्दा बढी विद्युतीय सवारी साधन तयार गर्ने योजना बनाएको छ।