जावा मोटरसाइकल अब मात्र ९ प्रतिशत ब्याजदरमा किन्न पाइने

<p>काठमाडौं । जावाले चाडपर्व मौसममा नयाँ ग्राहकहरूका लागि अफर ल्याएको छ । कम्पनीले मात्र ९ प्रतिशत ब्याजदरमा जावा मोटरसाइकल पाइने गरी ल्याएको छ । जावाले फाइनान्सिङ पार्टनर अग्नि हायर पर्चेजसँगको सहकार्यमा यो सुविधा ल्याएको हो । अफर अन्तर्गत ग्राहकले हरेक जावा बाइकको खरिदमा निःशुल्क प्रोफेशनल राइडिङ ज्याकेट र निःशुल्क हेल्मेट पनि प्राप्त गर्नेछन् । जावा प्रोफेसनल राइडिङ्ग [&hellip;]</p>

काठमाडौं । जावाले चाडपर्व मौसममा नयाँ ग्राहकहरूका लागि अफर ल्याएको छ । कम्पनीले मात्र ९ प्रतिशत ब्याजदरमा जावा मोटरसाइकल पाइने गरी ल्याएको छ । जावाले फाइनान्सिङ पार्टनर अग्नि हायर पर्चेजसँगको सहकार्यमा यो सुविधा ल्याएको हो ।

अफर अन्तर्गत ग्राहकले हरेक जावा बाइकको खरिदमा निःशुल्क प्रोफेशनल राइडिङ ज्याकेट र निःशुल्क हेल्मेट पनि प्राप्त गर्नेछन् । जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट वास्तवमै ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सेल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको छ । कम्पनीको अनुसार यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर सिईद्वारा प्रमाणिकरण गरिएको छ ।

कम्पनीले पुराना गाडीको लागि सर्वाधिक मूल्याङ्कन सहित एक्सचेन्ज इजी सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।

जावा मोटरसाइकल एक दशकभन्दा बढी समयदेखि मोटरसाइकल बनाउने लेजेन्डरी बाइक निर्माता कम्पनी हो । यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो । नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्कले भित्राएको हो । आग्नि माटो इन्क प्रा।लि अग्नि ग्रुप अन्तर्गत स्थपित सहसंस्था हो ।

Share News