
काठमाडौं । नयाँ वर्षको अवसरमा टीभीएसले विभिन्न अफरहरू ल्याएको छ ।
नया वर्ष अफर अन्तर्गत टीभीएस नेपालको सामाजिक सञ्जालमा जोडिनेले हरेक हप्ता ५० हजार, टीभीएसको न्यू एअरमा भाग लिँदा ५० हजार र मोटरसाइकल किन्दा एक लाखसम्म छुट पाउने व्यवस्था गरिएको टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले जनाएको छ ।
साथै बाइक किने पनि नकिने पनि तीन भाग्यशालीले अपाचे आरआर ३१० जित्ने मौका पाउनेछन् भने हरेक खरिदमा शून्य प्रतिशत ब्याजदरमा सट्टापट्टा गरेर मासिक पाँच हजार ९९९ रुपैयाँमा नयाँ टीभीएस चढ्न पाउनले जगदम्बा मोटर्सले जनाएको छ ।
नेपाली बजारमा टीभीएसले आफ्नो मोटरसाइकल तथा स्कुटर अन्तर्गत विभिन्न मोडलहरूको बिक्री गरिरहेको छ ।
नयाँ वर्षको योजनालाई सार्वजनिक गर्दै जगदम्बा मोटर्सको प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले टीभीएसलाई नेपाली ग्राहकहरूले रुचाएको भन्दै नयाँ वर्षको योजनाले टीभीएको बिक्रीलाई नयाँ उचाइमा पुर्याउने विस्वास व्यक्त गरेका छन् ।