एड्भेन्चर राइड आयोजना गर्दै मोटरहेड, इच्छुकलाई सम्पर्क राख्न आग्रह

<p>काठमाडौं । मोटरहेड बाइकले राइडरलाई सहभागी गराएर एड्भेन्चर राइड कार्यक्रम गर्ने भएको छ । मोटरहेड बाइकको आधिकारीक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले शनिबार राइडरलाई सहभागी गराएर एड्भेन्चर गर्न लागेको हो । सो एड्भेन्चरमा १५ जनाभन्दा बढी राइडरलाई सहभागी गराईने कम्पनीले जनाएको छ । एसएलआर प्रालिको धोबिघाटमा रहेको शोरुमबाट सुरु हुने राइड शिवपुरी नेशनल पार्क [&hellip;]</p>

काठमाडौं । मोटरहेड बाइकले राइडरलाई सहभागी गराएर एड्भेन्चर राइड कार्यक्रम गर्ने भएको छ ।

मोटरहेड बाइकको आधिकारीक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले शनिबार राइडरलाई सहभागी गराएर एड्भेन्चर गर्न लागेको हो । सो एड्भेन्चरमा १५ जनाभन्दा बढी राइडरलाई सहभागी गराईने कम्पनीले जनाएको छ ।

एसएलआर प्रालिको धोबिघाटमा रहेको शोरुमबाट सुरु हुने राइड शिवपुरी नेशनल पार्क हुँदै चिशापानीसम्म पुग्नेछ । राइडमा सहभागी हुने राइडरलाई कम्पनीले बिहानको ब्रेकफास्ट पानीपोखरीस्थित जेनेशिस क्याफेमा गर्नेछ ।

धोबिघाटबाट सुरु हुने राइडमा  चिसापानीमा पुगेर खाना तथा पुनः जेनेशिस क्याफेमा आई बेलुकाको लन्च लिएपछि उक्त कार्यक्रम सम्पन्न हुने कम्पनीको भनाई छ ।

यस्तै, कम्पनीले सो राइडमा सहभागी हुन इच्छुक मोटरहेडका राइडरलाई शोरुममा सम्पर्क राख्न समेत आग्रह गरेको छ ।

Share News