
काठमाडौं । ग्रेट वाल मोटर्सको हाभल एच ६ ले सुरक्षा प्रोटकलमा फाइभ स्टार प्राप्त गरेको छ । अस्ट्रेलियन न्यू कार एसेसमेन्ट प्रोग्राम (एएनसीएपी) परिक्षणमा फाइभ स्टार प्राप्त गर्न सफल भएको हो ।
हाभल एच ६ले एडल्ट अकुप्यान्ट प्रोटेक्सनमा ९० प्रतिशत, चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा ८८प्रतिशत, भल्नरेबल रोड युजर प्रोटेक्सनमा ७३प्रतिशत र सेफ्टी असिस्टमा ८१ प्रतिशत स्कोर ल्याउँदै सुरक्षा मूल्यांकनमा फाइभ स्टार प्राप्त गर्न सफल भएको हो ।
नेपाली बजारमा ग्रेट वाल मोटर्सका लागि आधिकारिक विक्रेताको रुपमा भीजी इम्पेक्स प्रालि रहेको छ ।