विश्व कार अवार्डमा इलेक्ट्रिक कारको कब्जा : फाइनललिस्टमा परे फोर्ड, हुन्डाइ र किया

<p>काठमाडौं । हरेक वर्ष प्रदान हुने विश्व कार अवार्डको तीन फाइनलिस्टमा इलेक्ट्रिक कारले कब्जा जमाएको छ । विश्व प्रसिद्ध वर्ल्ड कार अफ द इयर-२०२२ को उपाधिका लागि तीन फाइनलिस्टमा फाेर्ड मुस्ताङ मार्च-इ, हुन्डाइ आइओनिक-५ र किया इभी ६ छन् । यी तीनवटै कार इलेक्ट्रिक हुन् भने इतिहासमै पहिलो पटक, तीनओटै फाइनलिस्टहरू इलेक्ट्रिक कारहरू परेका हुन् [&hellip;]</p>

काठमाडौं । हरेक वर्ष प्रदान हुने विश्व कार अवार्डको तीन फाइनलिस्टमा इलेक्ट्रिक कारले कब्जा जमाएको छ ।

विश्व प्रसिद्ध वर्ल्ड कार अफ द इयर-२०२२ को उपाधिका लागि तीन फाइनलिस्टमा फाेर्ड मुस्ताङ मार्च-इ, हुन्डाइ आइओनिक-५ र किया इभी ६ छन् । यी तीनवटै कार इलेक्ट्रिक हुन् भने इतिहासमै पहिलो पटक, तीनओटै फाइनलिस्टहरू इलेक्ट्रिक कारहरू परेका हुन् ।

अप्रिल १३ मा हुने न्यु योर्क इन्टरनेशनल अटो शोमा यी तीन विद्युतीय कारमध्ये एउटालाई विजेता घोषणा गर्नेछन् । उक्त समारोहमा वर्ल्ड लक्जरी कार, वर्ल्ड परफमेन्स कार र वर्ल्ड इलेक्ट्रिक भेहिकल अफ द इयर लगायतका समूहगत विधाहरूमा पनि पुरस्कार वितरण गरिनेछ।

Share News