सर्भरको समस्याले देशभरका यातायात कार्यालयको सेवा बन्द, कहिले खुल्छ सेवा ?

<p>काठमाडौं । देशभरका यातायात कार्यालयबाट प्रदान हुने सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । यातायात व्यवस्था विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएपछि विभागले सबै सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको हो । विभागले बुधबार एक सूचना जारी गर्दै बेलुका ५ बजेदेखि सबै सेवाहरु बन्द हुने जनाएकोे छ । विभागका प्रवक्ता डा. लोकनाथ भुसालले समस्या समाधानको प्रयास [&hellip;]</p>

काठमाडौं । देशभरका यातायात कार्यालयबाट प्रदान हुने सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ ।

यातायात व्यवस्था विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएपछि विभागले सबै सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको हो ।
विभागले बुधबार एक सूचना जारी गर्दै बेलुका ५ बजेदेखि सबै सेवाहरु बन्द हुने जनाएकोे छ ।

विभागका प्रवक्ता डा. लोकनाथ भुसालले समस्या समाधानको प्रयास भइरहेको र नबन्दासम्म सेवा बन्द गरिने बताए । यसअघि पटक पटक विभागको सर्भरमा समस्या आउँदा सवारी लाइसेन्सको अनलाईन फर्म देखि लाइसेन्स नवीकरण लगायतका सेवाहरु अवरुद्ध हुँदै आएका छन् ।

विभागले चैत १ गतेदेखि अनिश्चितकालका लागि सवारी लाइसेन्सको अनलाईन आवेदन रोकेको छ ।

Share News