दमकमा महिन्द्रा ट्रयाक्टरको शोरुम

<p>झापा । अग्नि ग्रुपले दमकको क्यापस मोडमा आधिकारिक तथा पूर्ण सुविधासम्पन्न महिन्द्रा ट्रयाक्टरको नयाँ शोरुम तथा सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ ट्रयाक्टर शोरुम तथा वर्कशपको उद्घाटन अग्नि ग्रुपकाका प्रबन्ध निर्देशक क्याबिनेट श्रष्ठ लोकत्रान्तिक वाणिज्य संघका संयोजकबबर जंग थापा, निम्स हस्पिटल दमकका उपाकान्त आचार्य, टिएमटी व्रिक्स उद्योगका निर्देशक रवि केसीले संयुक्त रुपमा गरेका छन् [&hellip;]</p>

झापा । अग्नि ग्रुपले दमकको क्यापस मोडमा आधिकारिक तथा पूर्ण सुविधासम्पन्न महिन्द्रा ट्रयाक्टरको नयाँ शोरुम तथा सर्भिस सेन्टर स्थापना गरेको छ ।

नयाँ ट्रयाक्टर शोरुम तथा वर्कशपको उद्घाटन अग्नि ग्रुपकाका प्रबन्ध निर्देशक क्याबिनेट श्रष्ठ लोकत्रान्तिक वाणिज्य संघका संयोजकबबर जंग थापा, निम्स हस्पिटल दमकका उपाकान्त आचार्य, टिएमटी व्रिक्स उद्योगका निर्देशक रवि केसीले संयुक्त रुपमा गरेका छन् ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दमक र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ ट्रयाक्टर शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको हो,’

शोरुमले महिन्द्राका युवराज २१५, जिवो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, यवो र नोभो आदिको ग्राहकहरूलाई बिक्री तथा सेवाका साथ} सक्कली स्पेयर पार्टस् उपलब्ध गराउने अग्नि ग्रुप दमकका शाखा प्रमुख कौशल शाहले जानकारी दिए ।

यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै उद्यमी र कृषिकर्मीहरूलाई सहज पुग्ने कम्पनीले जनाएको छ ।

Share News