बजाज पाँचको पन्च याेजना: एउटै व्यक्तिले ५ पटक उपहार जित्ने माैका

<p>काठमाडौं । नयाँ वर्षको उपलक्ष्यमा बजाजले &#8216;बजाज पाँचको पन्च ग्राहक&#8217; योजना ल्याएको छ । नेपालको लागि बजाजको एकमात्र आधिकारीका विक्रेता हंसराज स्टिल्सले उक्त योजना ल्याएको हो । यस योजनामा ग्राहकहरुले पाँच पटकसम्म उपहार जित्न सक्नेछन् । सबैभन्दा पहिला ग्राहकले फेसबुक पेजमा बजाजको पोष्ट सेयर गरे वापत १ हजार छुट पाउनेछन् । त्यसपछि सोरुमा गएर बाइक छनोट [&hellip;]</p>

काठमाडौं । नयाँ वर्षको उपलक्ष्यमा बजाजले ‘बजाज पाँचको पन्च ग्राहक’ योजना ल्याएको छ । नेपालको लागि बजाजको एकमात्र आधिकारीका विक्रेता हंसराज स्टिल्सले उक्त योजना ल्याएको हो ।

यस योजनामा ग्राहकहरुले पाँच पटकसम्म उपहार जित्न सक्नेछन् । सबैभन्दा पहिला ग्राहकले फेसबुक पेजमा बजाजको पोष्ट सेयर गरे वापत १ हजार छुट पाउनेछन् । त्यसपछि सोरुमा गएर बाइक छनोट गरेपछि ५० हजारसम्मको छुट पाउनेछन् ।

र बाईक किन्ने प्रक्रिया सुरु गरेपछि फेसबुकमा पोष्ट गरेवापतको, साेरुममा गएर बाईक रोजेवापतको अनि किन्नलाई बुकिङ्ग गर्दा पाईने छुटसहित ग्राहकले १ लाखसम्मको रकम छुट पाउनेछन् ।

यस्तै यो अफरको बारेमा अरुलाई रिफर गरे र किन्नेले पनि रिफर गरेको कुरा उल्लेख गरेमा रिफर गर्नेले तीनपटक थप फ्रि सर्भिसिंग पाउनेछ । र यति मात्र नभएर बम्पर पुरस्कार स्वरुप एकजना भाग्यशालीले १० लाखसम्म जित्ने माैका पाउने हंसराज स्टिल्सले जानकारी दिएकाे छ  ।

 

Share News