काठमाडौं । जर्मन विलाशी कार निर्माता कम्पनी बीएमडब्लूले हालसम्मकै धेरै कार बिक्री गरेको छ। कोरोना महामारीपछि विश्वभरका कार उत्पादन गर्ने कम्पनीहरुलाई चिप अभाव देखिएको बेला बीएमडब्लूले हालसम्मकै धेरै कार बिक्री गरेको हाे।
कम्पनीले २०२१ मा २२ लाख कार बिक्री गरेको हो। यो बीएमडब्लू ब्रान्डका कारको मात्र संख्या हो। वार्षिक रुपमा हुने बिक्री संख्यामा यो इतिहासकै सबैभन्दा धेरै भएको कम्पनीले जनाएको छ। यो विश्व प्रिमियम कार बजारमा बीएमडब्लूको अग्र स्थान रहेको कम्पनीले जनाएको छ।
सन् २०२१ को बिक्रीको तथ्यांक अनुसार कम्पनीले मर्सडिज बेन्जलाई पछि पारेको छ । बिक्रीको तथ्यांकमा दुई वर्षदेखि सम्पूर्ण कार कम्पनीलाई पछि पार्दै आएको कम्पनीले सन् २०२१ मा सो ताज पहिरिएर सफलताकाे तेस्रो वर्ष मनाएको छ ।
बीएमडब्लूको प्रस्तिपर्धिको रुपमा रहेको मर्सडिज बेन्जले २० लाख ५० हजार मात्र गाडी बिक्री गरेको थियो । चिप अभावका कारण मर्सडिज बेन्जको उत्पादनमा क्षमतामा कमी आएको उल्लेख छ ।
पछिल्लो समय बीएमडब्लूको एक्स ३ क्रसओभर र एक्स ५ मोडल सर्वाधिक बिक्री भएका छन् । मर्सडिज बेन्जलाई पछि पार्दै बीएमडब्लूले विलासी गाडी बिक्रीमा छलाङ मारेको छ ।