काठमाडौं । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले भक्तपूरको राधे राधेमा नयाँ साेरुम संचालनमा ल्याएको छ । भक्तपूरमा खुलेको यस नयाँ साेरुमसहित देशभर हुन्डाईको साेरुम संख्या १५ पुगेको छ ।
भक्तपुर र आसपास क्षेत्रका ग्राहकलाई लक्षितगरी साेरुममा सेल्स, सर्भिस र स्पेयर पार्ट्स् (थ्री एस) सेवा उपलब्ध गराउने गरी सोमबारदेखि संचालनमा ल्याएको कम्पनीले जनाएको छ ।
अन्य साेरुममा जस्तै कम्पनीले उक्त साेरुमबाट दक्ष र अनुभवी कर्मचारीहरुले गाडी खरिद र खरिदपछिको उत्कृष्ट सेवा दिने जनाएकाे छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलको नेपालभरमा १५ वटा साेरुम तथा १९ वटा सर्भिस स्टेसन रहेको छ । हुन्डाई मोटर्स विश्वको उत्कृष्ट ५ ठूलो अटोमोवाइल उत्पादक कम्पनी हो । हुन्डाईले उत्कृष्ट क्वालीटी तथा आकर्षक डिजाइनका गाडीहरु उत्पादन गर्दै आएको छ ।