टाटा जेन्युइन पार्ट्स मेलामा १५० सीसीको पल्सर जित्ने मौका
काठमाडौं । दशैं–तिहार र छठ पर्वलाई लक्षित गर्दै सिप्रदी अटोपाट्र्स प्रालिले ग्राहकहरूका लागि ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ नामक विशेष लक्की ड्र योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स तथा टाटा ड्युराफिट पार्ट्स खरिद गर्दा बम्पर उपहार र क्यासब्याक जित्ने अवसर पाउनेछन् । १ लाखभन्दा माथि खरिद गर्ने ग्राहकले बजाज पल्सर १५० सीसीको बम्पर उपहारको रूपमा पाउने जनाइएको छ। यसैगरी, ७५ हजार माथिको खरिदमा टीभीएस स्कुटर (१२५ सीसी), २५ हजार माथिको खरिदमा स्मार्ट टिभी, ५ हजार माथिको खरिदमा स्मार्टफोन र हरेक खरिदमा १ हजारसम्मको क्यासब्याक कुपन ग्यारेन्टीका साथ उपलब्ध हुने सिप्रदीले जनाएको छ । टाटा जेन्युइन पार्ट्सले सवारीसाधनका इन्जिन, ब्रेक, क्लच लगायतका महत्त्वपूर्ण अङ्गहरूलाई दीर्घकालीन स्थायित्व प्रदान गर्ने जनाइएको छ । यसले मर्मत खर्च घटाउने मात्र नभई सवारीको समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउँछ । नेपालमा टाटा मोटर्सद्वारा उत्पादित र वितरित यी पार्ट्सका एक मात्र आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि रहेको छ । योजना केवल दुई हप्ता मात्रै लागू हुने भएकाले ग्राहकहरूले ढिलो नगरी टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा भाग लिन र बम्पर उपहार जित्ने सुनौलो अवसरको फाइदा उठाउन सक्नेछन् ।
विद्युतीय सवारीमा नयाँ लहर : जिली ईएक्स फाइभले नेपाली बजार तताउँदै
काठमाडौं । हालसालै नेपाली बजारमा प्रवेश गरेको विश्वविख्यात विद्युतीय सवारी ब्रान्ड जिली ईएक्स फाइभले छोटो अवधिमै नेपाली उपभोक्ताहरूको मन जित्न सफल भएको छ । नेपालमा सार्वजनिक भएको दुई महिनाभित्रै नै काठमाडौंको गैरीधारास्थित शोरूममा ग्राहकहरूको भीड लाग्न थालेको छ भने टेस्ट ड्राइभ, बुकिङ र खरिदमा उल्लेखनीय वृद्धि भएको कम्पनीले जनाएको छ । जिली अटोमोबाइल ग्रुपको विश्वसनीयता र नवप्रवर्तनशील प्रविधिप्रतिको उपभोक्ताको विश्वासले यस ब्रान्डप्रतिको आकर्षण थप बढाएको देखिन्छ । काठमाडौं, पोखरा र विराटनगरका उत्साही ग्राहकहरूले गैरीधारा शोरूममा आएर प्रत्यक्ष रूपमा जिली ईएक्स फाइभ र प्रो मोडेलका स्मार्ट, आकर्षक र वातावरणमैत्री एसयूभीहरू अनुभव गर्दै प्रशंसा व्यक्त गरेका छन् । एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले सोचेभन्दा धेरै राम्रो प्रतिक्रिया पाएको बताए । धेरै ग्राहकहरूले ईएक्स फाइभको रेन्ज, विश्वसनीयता र अत्याधुनिक सुविधाहरूका कारण यसलाई २०२५ को सबैभन्दा चर्चित विद्युतीय एसयूभीको रूपमा व्याख्या गरिरहेका छन् । उच्च मागका कारण कम्पनीले शोरूम समय विस्तार गर्दै बिहान ९ बजेदेखि साँझ ८ बजेसम्म सेवा प्रदान गर्ने र शनिवार तथा सार्वजनिक बिदामा पनि खुला रहने घोषणा गरेको छ । त्यसैगरी, आगामी चाडपर्व लक्षित गर्दै एलआरआर मोटर्सले विशेष फेस्टिभ अफरहरू समेत ल्याएको छ । अफरअन्तर्गत नयाँ खरिदकर्ताहरूले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा, सजिलो फाइनान्स सुविधा, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, थप बोनस र उपहार प्याक जस्ता आकर्षक लाभ प्राप्त गर्न सक्नेछन् ।
टाटा मोटर्सको धनतेरस अफर : विद्युतीय र आईसीई मोडलमा छुट र उपहार
काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले शुभदिपावली र धनतेरस पर्वको अवसरमा देशव्यापी रूपमा 'धनतेरस टाटा उत्सव' कार्यक्रम सुरु गरेको छ । हर्ष र उल्लासले भरिएको यो पर्वलाई लक्षित गर्दै सुरु गरिएको कार्यक्रममा ग्राहकहरूले आकर्षक अफरसँगै 'सुनको असर्फी' बम्पर उपहार जित्ने सुनौलो मौका पाउने भएका छन् । सिप्रदीका अनुसार, नेपालभर रहेका टाटा शोरुमहरूमा आज (असोज २६ गते) देखि सुरु भएको यो विशेष कार्यक्रम कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रम अन्तर्गत ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू टियागो ईभी, पंच ईभी, नेक्सन के३ ईभी र कर्भ ईभीका साथै आईसीई मोडलहरू टियागो, पंच, नेक्सन र सफारी खरिद गर्दा विविध छुट र उपहारका सुविधाहरू प्राप्त गर्न सक्नेछन् । त्यस्तै, अफरमा फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक डिस्काउन्ट, उत्कृष्ट एक्सचेन्ज मूल्य, फ्री एक्सेसरीज, अटो–प्लस इन्स्योरेन्स, वार्षिक सवारी कर, फ्री एम्बोस्ड नम्बर प्लेट र फ्री होम चार्जिङ इन्स्टलेसन जस्ता विशेष सुविधाहरू समावेश छन् । सिप्रदी ट्रेडिङले यस पर्वलाई 'सुनौलो र अविस्मरणीय बनाउने' उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताएको छ। कम्पनीका अनुसार, भाग्यशाली ग्राहकले बम्पर उपहारका रूपमा सुनको असर्फी प्राप्त गर्ने अवसर पनि पाउनेछन् ।