नाइमा एक्स्पोमा एथरको नयाँ ४५०एक्स, १० मिनेटमै ३० किमि रेन्ज थपिने

काठमाडौं । एथर नेपालले नेपाल मोबिलिटी एक्स्पो (नाइमा) २०२६ मा नयाँ एथर ४५०एक्स ओभरटोन्स सिरिज सार्वजनिक गरेको छ ।

वैद्य इनर्जी प्रालिअन्तर्गत नेपालमा एथर इनर्जीको आधिकारिक वितरक एथर नेपालले नयाँ स्कुटर सार्वजनिक गरेको हो ।

अगस्ट ११ देखि १६ गतेसम्म सञ्चालन हुने एक्स्पोमा एथरले नयाँ ४५०एक्स ओभरटोन्ससँगै विभिन्न स्मार्ट प्रविधि पनि प्रदर्शन गरेको छ ।

एथरको स्टल हल ‘सी’को स्टल ‘सी२’मा राखिएको छ । त्यहाँ आगन्तुकले नयाँ स्कुटर र प्रविधिको प्रत्यक्ष अनुभव गर्न सक्नेछन् । 

तीन नयाँ रङमा ४५०एक्स ओभरटोन्स

नयाँ ४५०एक्स ओभरटोन्समा तीन नयाँ रङ उपलब्ध छन् । यसमा स्टिल ह्वाइट, स्पेस ग्रे र लुनार ग्रे रहेका छन् ।

स्कुटरको पुरानै धारिलो र आधुनिक स्वरूपलाई निरन्तरता दिँदै नयाँ डिजाइन प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । 

म्याजिक ट्विस्टले ब्रेकिङ सहज बनाउने

एथरले ४५० सिरिजमा म्याजिक ट्विस्ट प्रविधि ल्याएको छ । यसले थ्रोटल पछाडितर्फ घुमाउँदा स्कुटरको गति घटाउन सहयोग गर्छ ।

यसबाट धेरै अवस्थामा ब्रेकको लिभर प्रयोग गर्नुपर्ने आवश्यकता कम हुन्छ । विद्युतीय मोटरमार्फत गति घटाउँदा पुनः ऊर्जा संकलन हुने कम्पनीले जनाएको छ ।

ब्याट्री पूर्ण चार्ज भएको अवस्थामा पनि म्याजिक ट्विस्टले काम गर्नेछ । 

लामो यात्राका लागि ‘इन्फिनिट क्रुज’

एथरले इन्फिनिट क्रुज सुविधा पनि ल्याएको छ । यसले लामो दूरीको यात्रामा स्थिर गति कायम राख्न सहयोग गर्छ ।

लगातार थ्रोटल दिइरहनुपर्ने आवश्यकता कम हुने कम्पनीले जनाएको छ । यसबाट लामो यात्रा थप सहज र आरामदायी हुने अपेक्षा गरिएको छ । 

आवाजबाटै स्कुटर नियन्त्रण

४५० सिरिजमा भ्वाइस अन एथर प्रविधि पनि उपलब्ध गराइएको छ । यसबाट राइडरले आवाजकै माध्यमबाट गन्तव्य खोज्न सक्नेछन् ।

नेभिगेसन सुरु गर्न, चार्जिङ स्टेसन खोज्न र स्कुटरका केही सेटिङ नियन्त्रण गर्न पनि सकिनेछ । यसका लागि मिल्दो ब्लुटुथ हेडसेट वा स्मार्ट हेल्मेट प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । 

१० मिनेट चार्जमा ३० किलोमिटर यात्रा

एथरले नयाँ ६ किलोवाट फास्ट चार्जर पनि सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यसले करिब १० मिनेटमा ३० किलोमिटरसम्मको यात्रा गर्न पुग्ने ऊर्जा थप्न सक्छ ।

यसले विद्युतीय सवारीको चार्जिङलाई थप सहज बनाउने कम्पनीको विश्वास छ । 

३ लाख ३४ हजार ९ सयबाट एथर ४५० सिरिज

नयाँ एथर ४५०एक्स ओभरटोन्स सिरिज नेपालमा ११ अगस्टदेखि उपलब्ध हुनेछ । नेपालमा एथर ४५० सिरिजको सुरुवाती मूल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, रिज्टा सिरिजको सुरुवाती मूल्य ३ लाख १४ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ । 

एथर स्कुटर जित्ने अवसर

नाइमा २०२६ मा एथर नेपालले उपहार अभियान पनि सञ्चालन गरेको छ । एक्स्पोमा आउने आगन्तुकले नयाँ एथर स्कुटर जित्ने अवसर पाउनेछन् ।

त्यसका लागि एथर इनर्जी नेपालका आधिकारिक सामाजिक सञ्जालका पेज पछ्याउनुपर्नेछ । त्यसपछि हल ‘सी’, स्टल ‘सी२’मा रहेको एथरको स्टलमा पुगेर स्कुटरसँग फोटो खिच्नुपर्नेछ ।

फोटो सामाजिक सञ्जालमा राखेर एथर इनर्जी नेपाललाई ट्याग गर्नुपर्नेछ । साथै दुई जना साथीलाई पनि ट्याग गर्नुपर्नेछ । 

Share News