एक्साइड ब्याट्रीमा सिप्रदीको चाडपर्व अफर, ५० प्रतिशतसम्म छुट

काठमाडौं । नेपालका लागि एक्साइड ब्याट्रीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले दसैँ तथा तिहारलाई लक्षित गर्दै ‘महा–एक्सचेन्ज धमाका’ योजना सार्वजनिक गरेको छ । सन् २०२६ अक्टोबर १ देखि नोभेम्बर ३० सम्म सञ्चालन हुने यस योजनाअन्तर्गत ग्राहकले एक्साइड ब्याट्री खरिद वा पुरानो ब्याट्रीसँग साटफेर गर्दा ५० प्रतिशतसम्म छुट पाउनेछन् ।

योजनामा जुनसुकै ब्रान्डका पुराना ब्याट्रीसँग एक्साइड ब्याट्री साट्न सकिने कम्पनीले जनाएको छ । नेपालभर रहेका सिप्रदी एक्साइडका आधिकारिक बिक्री केन्द्र तथा खुद्रा विक्रेतामार्फत ग्राहकले यो सुविधा लिन सक्नेछन् ।

कम्पनीका अनुसार योजनालाई थप आकर्षक बनाउन क्यासब्याक र निःशुल्क सर्भिसिङको व्यवस्था गरिएको छ । योजना अवधिभर हरेक महिना लक्की ड्रमार्फत १५ जना ग्राहकले ५० प्रतिशतसम्म क्यासब्याक जित्ने अवसर पाउनेछन् । साथै, ग्राहकले एकपटक निःशुल्क ब्याट्री जाँच तथा सर्भिसिङ सुविधा पनि प्राप्त गर्नेछन् ।

योजनामा सहभागी हुन ग्राहकले नेपालभरका सिप्रदी एक्साइडका आधिकारिक बिक्री केन्द्र वा खुद्रा विक्रेताबाट एक्साइड ब्याट्री खरिद वा एक्सचेन्ज गर्नुपर्नेछ । त्यसपछि सिप्रदी स्टार एपमार्फत कागजरहित वारेन्टी दर्ता गर्नुपर्नेछ। वारेन्टी दर्ता गरेपछि ग्राहक स्वतः क्यासब्याक लक्की ड्रमा सहभागी हुने कम्पनीले जनाएको छ ।

यस योजनाबारे थप जानकारी लिन कम्पनीका टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ तथा हटलाइन नम्बर ०१–५९७०३३९ मा सम्पर्क गर्न सकिनेछ । 

Share News