मौद्रिक नीतिमा एक्यानको सुझाव : ४/१२ को नीति खारेज गरौं, आयातमा गरिएको कडाइ हटाऔं
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस संघले राष्ट्र बैंकलाई १७ सुझाव दिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी संघले राष्ट्र बैंकलाई आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माणको लागि सुझाव दिएको हो । संघले गत वर्षबाट कार्यान्वयनमा ल्याईएको असल कर्जामा १.३ प्रतिशतको व्यवस्थालेलाई निरन्तरा दिन सुझाएकाे छ । यस्तै, संघले सरकारले ल्याएको भुउपयोग नियमावली अनुसारको जग्गाको वर्गिकरणले यसको मूल्याङ्गनमा पर्ने असरबारे विस्तृत अध्ययन गरी त्यसबाट बैंकिङ तथा वित्तीय क्षेत्रलाई बचाउन आवश्यक पहलकदमी गर्न विशेषज्ञ सहितको कार्यदल गठन गर्ने पनि सुझाव दिएकाे छ । बैंक तथा वित्तिय संस्थाबाट प्रवाह हुने कर्जाको अधिकतम उपभोग जग्गामा भईरहेको यस्ता लगानीको नियमन बढी प्रभावकारी बनाउन संघले राष्ट्र बैंकलाई सुझाव दिएकाे छ । यस्ताे छ राष्ट्र बैंकलाई एक्यानकाे १७ सुझाव : १. मौद्रिक नीति, २०७९ को लागि सुझाव गत वर्षबाट कार्यान्वयनमा ल्याईएको असल कर्जामा १.३ प्रतिशतको व्यवस्थाले बैंक तथा बित्तिय संस्थमा विध्यमान अवस्थामा रहेको अनिश्चितताको जोखिमलाई बहन गर्ने क्षमतालाई सहयोग गर्ने हुदा यसलाई निरन्तरा दिनु उचित हुने । २. सरकारले ल्याएको भुउपयोग नियमावली अनुसारको जग्गाको वर्गिकरणले यसको मूल्याङ्गनमा पर्ने असरवारे विस्तृत अध्ययन गरी त्यसवाट बैंकिङ तथा वित्तीय क्षेत्रलाई बचाउन आवश्यक पहलकदमी गर्न विशेषज्ञ सहितको कार्यदल गठन गर्ने । ३. बैंक तथा वित्तिय संस्थाबाट प्रबाह हुने कर्जाको अधिकतम उपभोग जग्गामा भई रहेकोले, बास्तबिक Project Financing भन्दा पनि Real Estate Financing हुन जाने र उत्पादकत्वमा ह्रास आई जोखिम समेत बढ्ने हुंदा यस्ता लगानीको नियमन बढी प्रभाबकारी बनाउने । निश्चित अवधीमा उययोग हुन नसकेको जग्गामा गरिएको लगानी Real Estate Financing मा गणना गरी तदनुरुप जोखिम भार समायोजन गर्ने । ४. ऋणीको धेरै ऋण मध्ये कुनै एउटा ऋण असल ऋण बाहेक अन्य ऋणमा वर्गीकरण भएमा बाँकी सबै असल ऋणलाई समेत सुक्ष्म निगरानीमा राख्ने । ५. व्यवसायीहरुले शतप्रतिशत मार्जिनमा आयात गर्नका लागि राखेको मार्जिन रकममा व्याज दिने व्यवस्था नभएकोले व्यवसायको लागत बढेन गएकोले यस्तो मार्जिनको लागि आवश्यक पर्ने रकम निक्षेपमानै रोक्का (earmark) गरी उक्त निक्षेमा नियमानुसार व्याजको व्यवस्था गर्ने । यस ब्यबस्थाले आयातित वस्तुको लागत घटाउन केही हदसम्म सहयोग गर्ने एवं CD Ratio को व्यवस्थापनलाई समेत सहयोग गर्ने । ६. कोरोनाको दावी भुक्तानी गर्नलाई सरकारले वजेट मार्फत घोषणा गरेको महाविपत्ति वण्ड जारी गर्ने कार्यलाई सहजिकरण गर्दै सो वण्डमा गरेको लगानीलाई एसएलआरको मान्यता दिने वारे नीतिगत व्यवस्था गर्ने । ७. विदेशबाट विदेशी मुद्रामा ल्याएको रेमिट्यान्स रकम कम्तिमा दुई वर्षको लागि खोलिएको मुद्दती खातामा राखेमा सो रकममा ३ प्रतिशत सम्म थप व्याज दिन मिल्ने व्यवस्था गर्ने । ८. शेयर लगानीमा संस्थागत लगानीकर्ता (Non-Banking Financial Institute) को प्रवेस प्रोत्साहन गर्नको लागि संस्थगत शेयर लगानी कर्जाको सिमा हटाउने र त्यस्तो कर्जालाई जोखिम भारबाट व्यबस्थापन गर्ने । ९. चालुपूजी कर्जा सम्बन्धि निर्देशिका छिटो ल्याउन पहल गर्ने । १०. नेपाल राष्ट्रबैंकबाट उपलब्ध गराईको पुनरकर्जाको उच्चतम दुरुपयोग भई रहेको सन्दर्भमा यसको प्रभावकारी कार्यान्वयन भए नभएको यकिन गर्न स्वतन्त्र व्यक्तिबाट अनुगमन एवं प्रमाणीकरणको व्यवस्था गर्नु पर्ने । ११. Project Financing मा शर्त अनुसारको Equity Investment भएको आधारमा मात्र बैंक तथा बित्तिय संस्थाले लगानी गर्ने व्यबस्था प्रभावकारी बनाउने । १२. बैंकको शाखाको स्वतन्त्र लेखारिक्षण गर्ने व्यबस्था लागु गर्ने । १३. विकासको संन्तुलन मिलाउन बैंक तथा वित्तिय संस्थामा उपलब्ध श्रोतको निश्चित प्रतिशत एवं सो बैंक तथा वित्तिय संस्थाले प्रत्येक प्रदेशमा संकलन गरेको श्रोतको निश्चित प्रतिशतमा नघट्ने गरि सोही प्रदेशमा लगानी गर्नु पर्ने । यसको साथै NIFRA जस्ता Infrastructure development को सागि स्थापना भएको वित्तय संस्थाले समेत आफ्नो लगानी प्रादेशिक हिसाबमा समेत विधिकरण गर्न प्रोत्साहन गर्ने । १४. बैंक तथा वित्तिय संस्थाले उत्पादनमुलक क्षेत्रमा गरेको लगानी मा Base Rate मा २ प्रतिशत भन्दा बढी प्रिमियम लिन नपाउने । १५. Credit Concentration एवं Multi-banking लाई निश्चित सिमा भित्र राख्न थप पहल गर्ने । १६. Watch-list गणना गर्ने प्रयोजनको लागि नोक्सानी भन्नाले संचालन नोक्सानी (loss before depreciation and non-cash expenses) भन्ने स्पष्ट खुलाउनु पर्ने तथा COVID-19 प्रभावित व्यबसायमा Watch list मा राख्न अबधी चार बर्ष गणना गर्ने गरी परिमार्जन गर्नु पर्ने । १७. Digital Payment System मा सुरक्षा ब्यबस्था प्रभावकारी बनाइ थप प्रोत्साहन गर्ने ।
नाफामा ग्लोबल र एनआइसी एशियाबीच टक्कर, नबिलसहित ५ बैंकले पछ्याउँदै, कुनको नाफा कति ?
काठमाडौं । चालु आर्थिक वर्षमा बैंकहरुले ६ अर्ब बढी नाफा गरेका छन् । नेपाल राष्ट बैंकका अनुसार वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्ममा ६ अर्ब ४६ करोड ३८ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेका हुन् । सञ्चालित २७ वटा वाणिज्य बैंकले सबैभन्दा बढी नाफा आर्जन गर्नेमा ग्लोबल आईएमई बैंकको अग्रता कायमै रहेको छ । ग्लोबलले जेठ मसान्तसम्ममा ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको नाफा गरेको छ । जसलाई एनआईसी एशिया बैंकले पछ्याएको छ । एनआईसी एशिया विगत ११ महिनामा ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको नाफा गर्न सफल भएको छ । त्यस्तै, ३ अर्ब बढी नाफा कमाउनेमा नबिल बैंकसहित ७ वटा वाणिज्य बैंक रहेका छन् । जसमा राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ९२ करोड, नबिलले ३ अर्ब ८२ करोड, प्राइमले ३ अर्ब ५४ करोड, एनएमबिले ३ अर्ब ३४ करोड र नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब २२ करोड रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् । त्यसैगरी, २ अर्ब रुपैयाँभन्दा बढी र ३ अर्बभन्दा कम नाफा कमाउनेको सूचीमा ७ वटा वाणिज्य बैंक रहेका छन् । जसमा नेपाल, मेगा, सिद्धार्थ, एभरेष्ट, कृषि विकास, सानिमा र सिटिजन्स बैंक रहेका छन् । समीक्षा अवधिमा सबै बैंकको नाफा अर्ब माथि रहेको छ । १ देखि २ अर्ब रुपैयाँको बीचमा नाफा कमाउनेमा अधिकांश बैंक रहेका छन् । सबैभन्दा कम नाफा कमाउनेमा सिभिल बैंक छ । बैंकले यो ११ महिनामा १ अर्ब २१ करोड रुपैयाँ बराबरको नाफा कमाएको राष्ट्र बैंकले जानकारी गराएको छ । कुनको कति ?
गरिमा विकास बैंकले गर्यो पंखा र डस्टिबन सहयोग
काठमाडौं । गरिमा विकास बैंकले काठमाडौं र स्याङ्गजामा डस्टिबिन र फ्यान वितरण गरेकाे छ । बैंकले सामाजिक त्तरदायित्व अन्तर्गत काठमाडाैंमा ३० वटा डस्टिबिन र स्याङ्गजामा २० वटा पंखा वितरण गरेकाे हाे । बैंकले काठमाडाैंकाे तारकेश्वर धाममा क्रियापुत्री घरमा १०० लिटरको १० वटा र ३२ लिटरको २० वटा तारकेश्वर धाम समितिलाई हस्तान्तरण गरेको छ । त्यस्तै, स्याङ्गजाको वालिङ्ग शाखाको समन्वयमा वालिङ्ग बहुमुखी क्याम्पसलाई बैंकका पूर्व अध्यक्ष दिलिप प्रताप खाँडले २० वटा पंखा हस्तान्तरण गरेका छन् । हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।
भृकुटीमण्डपको गोदाममा आगलागी
काठमाडाैं । भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्र नजिकै आगलागी भएको छ । त्यहाँस्थित एक गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । घटनास्थलमा आवश्यक जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
विवादमा तानिएपछि गभर्नर सार्वजनिक कार्यक्रममा जान छाडे
काठमाडौं । विवादमा तानिएपछि गभर्नर महाप्रसाद अधिकारी सार्वजनिक कार्यक्रममा जान छाडेका छन् । नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्यमा खोटाङ घर भएका एम अधिकारी मनोनयन भएको समाचार सार्वजनिक भएपछि गभर्नर अधिकारी विवादमा तानिएका हुन् । गभर्नर अधिकारीको बुधबार नेपाल चार्टर्ड एकाउन्टेन्टस संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम थियो । तर विवादमा तानिएपछि उनी कार्यक्रममा सहभागी भएनन् । कार्यक्रममा डेपुटी गभर्नर बमबहादुर मिश्र उपस्थित भएका छन् । अहिले गभर्नर अधिकारीकाे चौतर्फी रुपमा आलोचना हँदै राजीनाको पनि माग भइरहेको छ । बुधबार बिहान संसदमा पनि उनीबारे प्रश्न उठेकाे थियाे । स्थायी घर खोटाङ भएका उनले भने आफु सो(एम अधिकारी) व्यक्ति नभएको बताएका छन् । राष्ट्र बैंक ऐनको दफा २१ (क) मा राजनैतिक दलको सदस्य वा पदाधिकारीका रुपमा नियुक्त हुन नहुने उल्लेख छ ।
सनराइज बैंकको चैनपुर शाखाले निर्माण गर्यो प्रतिक्षालय, विद्यालयलाई हस्तान्तरण
काठमाडाैं । सनराईज बैंककाे चैनपुर शाखाले प्रतिक्षालय निर्माण गरेका छ । बैंकले साे शाखाले सामाजिक उत्तरदायित्त्व कार्यक्रम अन्तर्गत जयपृथ्वी नगरपालिकास्थित श्री बाल विकास माद्यामिक विद्यालयमा प्रतिक्षालय निर्माण गरेकाे हाे । बुधबार एक कार्यक्रम गरी बैंकले विद्यालयका प्रधानध्यापक केशबहादुर खातिलाई प्रतिक्षालय हस्तान्तरण गरेकाे छ । विद्यालय प्राङ्गणमा प्रतिक्षालाय निर्माण गरिदिएको भन्दै विद्यार्थी र शिक्षकले बैंकलाई धन्यवाद पनि दिए । शिक्षक अभिभावक संघका अध्यक्ष पुर्ण नेपालीको सभाध्यक्षमा संचालन भएको कार्यक्रमका प्रमुख अथिती जयपृथिवी नपा ४ का वार्ड अध्यक्ष इश्वर बहादुर खाती र अथिती बैकका साखा प्रबन्धक नवराज मिश्र रहेका थिए । साथै कार्यक्रममा बैंकका अपरेसन इन्चार्ज नवराज रोकाया, कर्जा फाँटका लक्षमण सिह , मेसेन्जर कासिराम कोइराला लगायत नगरपालिकाका जनप्रतिनिधिहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । बैंकहरुले नाफाकाे एक प्रतिशत सामाजिक उत्तरदायीत्त्व कार्यक्रम अन्तर्गत खर्च गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्दै आएका छन् ।
लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश पारित, सञ्चालकमा ४ जना निर्वाचित
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको प्रस्तावित १० प्रतिशत लाभांश पारित भएको छ । असार २९ गते सम्पन्न इन्स्योरेन्सको १७औं वार्षिक साधारण सभाले सञ्चालक समितिको लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश पाउने छन् । उक्त बोनस सेयर छिट्टै नै नेप्सेमा सूचीकृत भई सेयरधनीको खातामा हस्तान्तरण हुने समेत इन्स्योरेन्सले जानकारी गराएको छ । ९.५ प्रतिशत लाभांश पारितसँगै इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । साथै, सभाले मर्ज गर्न तथा गराउनको लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी दिएको छ । यससँगै सभाले सञ्चालक समितिमा ४ जना सञ्चालकलाई निर्विरोध निर्वाचित गरेको छ । निर्विरोध निर्वाचित हुनेमा सञ्चालक विश्वराज रेग्मी, मनोहरदास मूल, अरुणराज श्रेष्ठ र उमेश रेग्मी रहेका छन् । लुम्बिनी जनरलका नवनियुक्त अध्यक्ष मुलले लिए शपथ
मस्कविरुद्ध ट्विटरले लगायाे मुद्दा
काठमाडाैं । ट्विटरले टेस्लाका सिइओ एलन मस्कमाथि मुद्दा दायर गरेकाे छ । ट्विटर मस्कमाथि ४४ अर्ब डलरकाे सम्झाैत उल्लंघन गरेकाे आराेपमा मुद्दा दायर गरेकाे हाे । ट्विटरले अमेरिकाकाे डेलावेयर राज्यमा दायर गरेकाे मुद्धामा मस्कलाई आफ्नाे सम्झाैता पुरा गर्न अदालतलाई आदेश दिन अपिल गरेकाे छ । ट्विटरले दाबी गरेजस्तै कुल प्रयोगकर्ताहरूमध्ये ५ प्रतिशतभन्दा कम स्प्याम रहेको भन्ने प्रमाण दिन अस्वीकार गरेपछि मस्कले केही दिन अघि ट्विटर खरिद सम्झाैता ताेडेकाे बताएका थिए । उक्त खबर आएपछि ट्विटरको सेयर मूल्य ७ प्रतिशतले घटेको थियाे ।