काठमाडौं । विवादमा तानिएपछि गभर्नर महाप्रसाद अधिकारी सार्वजनिक कार्यक्रममा जान छाडेका छन् ।
नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्यमा खोटाङ घर भएका एम अधिकारी मनोनयन भएको समाचार सार्वजनिक भएपछि गभर्नर अधिकारी विवादमा तानिएका हुन् ।
गभर्नर अधिकारीको बुधबार नेपाल चार्टर्ड एकाउन्टेन्टस संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम थियो । तर विवादमा तानिएपछि उनी कार्यक्रममा सहभागी भएनन् ।
कार्यक्रममा डेपुटी गभर्नर बमबहादुर मिश्र उपस्थित भएका छन् ।
अहिले गभर्नर अधिकारीकाे चौतर्फी रुपमा आलोचना हँदै राजीनाको पनि माग भइरहेको छ । बुधबार बिहान संसदमा पनि उनीबारे प्रश्न उठेकाे थियाे । स्थायी घर खोटाङ भएका उनले भने आफु सो(एम अधिकारी) व्यक्ति नभएको बताएका छन् ।
राष्ट्र बैंक ऐनको दफा २१ (क) मा राजनैतिक दलको सदस्य वा पदाधिकारीका रुपमा नियुक्त हुन नहुने उल्लेख छ ।