विकासन्युज

नेपाली बैंक ओभर स्ट्रेस छन्, आगामी दिन थप चुनौतीपूर्ण छ : डा. गौचन

काठमाडाैं । अर्थविद् डा. विश्वास गौचनले नेपाली बैंक ओभर स्ट्रेसमा रहेकाे बताएका छन् । बुधबार नेपाल चार्टर्ड एकउण्टेन्टस संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आगामी दिन थप चुनौतीपूर्ण रहेकाे बताए । ‘८ प्रतिशतको आर्थिक वृद्धि कुनै हालतमा हुँदैन, यो महत्वकांक्षी छ, मूल्यवृद्धि पनि ७ प्रतिशत भित्र कायम गर्न कठिन छ, अब आउने वर्षहरु थप चुनौतिपूर्ण छन्,’ उनले भने । अर्थविद् गाैचनले बैंकिङ क्षेत्र र निजी क्षेत्रले समन्वय गर्न आवश्यक रहेकाे बताए । ‘अब महत्वपूर्ण भनेको क्रेडिट ग्रोथलाई मिडियम ट्रममा १५ प्रतिशतमा झार्दा लोमो अवधिमा नोमिनल ग्रोथ करिब १३ प्रतिशतभित्र राख्नुपर्छ, र, क्रेडिट ग्रोथलाई एउटा जग्गाको मूल्यलाई अब स्थीर बनाउन आवश्यक छ,’ उनले भने ।

क्रिप्टो कारोबारको आशंकामा विशाल सिमेन्टका सञ्चालक श्रेष्ठ पक्राउ

काठमाडौं । नेपाल प्रहरीले क्रिप्टो कारोबारको आशंकामा विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई पक्राउ गरेको छ । उपत्यका अपराध महाशाखाको टोलीले श्रेष्ठलाई बुधबार लाजिम्पाटबाट पक्राउ गरेको हो । क्रिप्टोकरेन्सी सम्बन्धी मुद्दामा श्रेष्ठलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुई/तीन बैंकको रेटिङ खस्किने अवस्थामा छ: वर्षा श्रेष्ठ

काठमाडौं । ईक्रा नेपालकी बिजनेश हेड वर्षा श्रेष्ठले दुई/तीन बैंकको रेटिङ खस्किने अवस्थामा रहेको बताएकी छिन् । बुधबार नेपाल चार्टर्ड एकउण्टेन्टस संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएकी हुन् । ‘सबै बैंक राम्रो रेटिङमा भएपनि दुई/तीन बैंकको खस्किने अवस्था छ, कुनै पनि पूर्वाग्राही नभएर रेटिङ भइरहेको छ,’ उनले भनिन् । यस्तै, उनले प्रतिस्पर्धा हुनु राम्रो भएपनि नाम मात्रैका रेटिङ एजेन्सी नेपाललमा नल्याउन आग्रह गरेकी छिन् । श्रेष्ठले अहिले धेरै कम्पनीले डी रेटिङ पाइरहेको पनि बताएकी छिन् ।

४ खर्ब ८३ अर्ब बेरुजु, अर्थ मन्त्रालयको सबैभन्दा बढी

काठमाडौं । सरकारी बेरुजु रकम करिब ५ खर्ब पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औं प्रतिवेदन अनुसार बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड पुगेको हो । गत आर्थिक वर्ष २०७७/०७८ मा मात्रै १ खर्ब १५ अर्ब ५ करोड ५० लाख बेरूजु रकम थपिएर ४ खर्ब ८३ अर्ब ५९ करोड पुगेको हो । महालेखाले ५ हजार ६ सय ६५ सरकारी निकायको ४३ खर्ब ७७ अर्ब १७ करोड १६ लाखको लेखा परीक्षणबाट रित नपु¥याइ भएको खर्चको आँकडा १ खर्ब १५ अर्ब निकालेको हो । कुन मन्त्रालयको कति बेरुजु ? ११ मन्त्रालय तथा निकायको २८ खर्ब २० अर्ब ३७ करोड ९९ लाख रुपैयाँ बराबरको लेखापरीक्षण गरिएकोमा ४९ अर्ब ४७ करोड ७ लाख रुपैयाँ बेरुजु देखिएको छ । यो लेखापरीक्षक गरिएको अंकका आधारमा १.७५ प्रतिशत हो । महालेखाले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै बेरुजु रकम अर्थ मन्त्रालयको रहेको छ । अर्थ मन्त्रालको बेरुजु १९ अर्ब ९२ करोड ७० लाख रुपैयाँ रहेको छ । जसमा असुल गर्नुपर्ने १२ अर्ब ४८ करोड ५२ लाख र ७ अर्ब ४४ करोड ५ लाख रुपैयाँ नियमित गर्नु पर्ने प्रतिवेदनमा उल्लेख छ । यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बेरुजु ५ अर्ब ५७ करोड, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको ४ अर्ब ७५ करोड र सञ्चार मन्त्राललयको बेरुजु ३ अर्ब ८७ करोड रहेको छ । कृषिको ३ अर्ब ४२ करोड, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ अर्ब २२ करोड, रक्षा मन्त्रालयको १ अर्ब ९ करोड, शिक्षाको १ अर्ब ७ करोड, राष्ट्रिय पुननिर्माण प्राधिकरणको १ अर्ब ६ करोड, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ९९ करोड, गृहको ९२ करोड र अन्य ५४ अर्ब ५४ करोड ४९ लाख रुपैयाँ बेरुजु देखिएको हो । [pdf id=339224]

अपि पावरको हकप्रद सेयर सूचीकृत

काठमाडौं । अपि पावर कम्पनीको ३९.३६३३ प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । असार २९ गते बुधबार मात्रै कम्पनीको सो मात्राको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ । अब उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

‘बैंकमा रिक्स बढेर नाफा घट्यो, तीन वर्षदेखि २ खर्ब रकम सिस्टममा फर्किएन’

काठमाडाैं । नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बैंकमा रिक्स बढेर नाफा घटेकाे बताएका छन् । बुधबार नेपाल चार्टर्ड एकउण्टेन्टस संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले स्रोत व्यवस्थापन नेपालमा सबैभन्दा ठूलो चुनौति भएकाे बताए । ‘रिक्स र रिटर्न सँसँगै आउने हो । विगत ३ वर्षको दई खर्ब पैसा अहिलेसम्म फर्किएको छैन,’ उनले भने । राम्राे रिटर्न र ब्यालेन्ससिट राम्रो दिने हो भने केही जोखिम ट्रान्सफर गर्नुपर्ने उनी बताउँछन् । ‘दीर्घकालिन स्रोतको व्यवस्थापन र पुँजिगत खर्च गरेर मूल्य स्थीर बनाउनु पर्छ । बण्ड, डिबेन्चर द्वारा स्रोत व्यवस्थापन गर्नुपर्छ, उनले भने । यस्तै, अध्यक्ष उपाध्यायले सीआरआर पनि ३ प्रतिशतबाट ४ प्रतिशत बनाउन सकिने बताए ।

एक साताभित्र मौद्रिक नीति आउँछ : डेपुटी गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले एक साताभित्र मौद्रिक नीति आउने बताएका छन् । बुधबार नेपाल चार्टर्ड एकउण्टेन्टस संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । डेपुटी गभर्नर मिश्रले अर्थतन्त्रको सुधार हुने खालको मौद्रिक नीति बताएका छन् । यस्तै, उनले अहिले अर्थतन्त्र सुधार हुँदै गएको र सबैले सबैले मिलेर अर्थतन्त्र सुधारमा लाग्नु पर्ने बताएका छन् ।  

हिमालयनले सिभिल बैंकलाई गाभ्ने, भयो एमओयूमा हस्ताक्षर

काठमाडौं । हिमालयन बैंकमा सिभिल बैंक गाभिने भएको छ । सो सम्बन्धमा दुई बैंकले बुधबार एक कार्यक्रमबीच प्रारम्भिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन् । दुई बैंकले १००ः८१ को अनुपात स्वाप रेसियो हुने गरी सम्झौता गरेका हुन् । अर्थात सिभिल बैंकको १०० कित्ता सेयर हुनेले हिमालयन बैंकको ८१ कित्ता सेयर पाउने छन् । मर्जपछि बन्ने बैंकको नाम हिमालयन बैंक नै हुनेछ । सञ्चालक समिति पनि हिमालयन बैंकको सञ्चालक समितिले हाललाई निरन्तरता पाउने छन् । प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक समशेर राणाले नै निरन्तरता पाउने भएका छन् । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेललाई राणापछिको महत्वपूर्ण भूमिका दिने सहमति भएको छ । हिमालयन बैंकमा मर्ज हुँदा सिभिल बैंकका स्थायी कर्मचारीहरूको पद र सेवा सुविधा दुबै नघट्ने गरि समझदारी भएको छ । त्यस्तै, प्राप्तिपश्चात नयाँ बन्ने हिमालयन बैंकको कुल चुक्ता पुँजी २० अर्ब ३० करोड २१ लाख ५९ हजार रुपैयाँ हुने देखिएको छ । १००ः८१ को स्वाप रेसियोमा गाभिन लागेको सिभिल बैंकको हालको कुल चुक्ता पुँजी ९ अर्ब ७ करोड ५८ लाख ४४ हजार रुपैयाँ छ भने हिमालयन बैंकको १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ छ । यो पनि पढ्नुहोस् हिमालयन-सिभिल मर्जर : साढे २० अर्ब पुँजी, कर्मचारीको हैसियत बराबर, अन्य सूचकमा कस्तो ?