यामाहा बाइक किन्दा तेञ्जिङले जिते साढे २० लाख रुपैयाँ
काठमाडौं । यामाहा मोटरसाइकलका लागि आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले नयाँ वर्षलाई लक्षित गरेर ल्याएकाे अफरकाे विजेता घाेषणा गरेकाे छ । कम्पनीले काठमाडौं निवासी तेञ्जिङ लामालाई साे अफरकाे विजेता घाेषणा गरेकाे हाे । विजेता लामालाई कम्पनीले त्रिपुरेश्वरस्थित यामाह साेरुममा २० लाख ७९ हजारको चेक हस्तान्तरण गरेकाे छ । कम्पनीले प्रत्यक्ष प्रसारण गरी लक्की ड्रमार्फत विजेता छानेकाे थियाे । बम्पर बिजेता लामाले पोखरास्थित भिएडब्लू इण्टरप्राइजेजबाट यामाहा रेजेडआर १२५ सिसिको स्कुटर खरिद गरेका थिए । यामाहा रेजेडआर प्रति लिटर ५८ किलोमिटर (औसतमा) माइलेज प्रदान गर्ने बजारमा एक मात्र स्कुटर रहेको कम्पनीको दाबी छ । यामाहा नेपालका कार्यकारी निर्देशक राजु क्षेत्रीले आउँदै गरेको दसैँतिहारलाई लक्षित गरी थप आकर्षक अफरका लागि कम्पनीले तयारी गरिरहेको जानकारी दिएका छन् ।
कामना सेवा विकास बैंकको २१ औं शाखारहित बैंकिङ्ग सेवा सलकपुरमा
काठमाडौं । कामना सेवा विकास बैंकले इलाम जिल्लाको सलकपुरमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबारबाट उक्त स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । उक्त शाखा रहित बैंकिङ्ग सेवाको सुरुवात वडा नं। ०६ का वडा सदस्य धिरज राईले गरेका थिए । बैंकले सलकपुरस्थित अधिकारी एग्रो बनानाज फुड जोन ९प्रो। याम प्रसाद अधिकारी० लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ । शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैंकले जनाएको छ ।
प्रभु र महालक्ष्मी लाइफबीच मर्जर सम्झौता, नामदेखि स्वाप रेसियाेसम्म बराबरी हैसियत
काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स पनि मर्जरमा जाने भएका छन् । सो सम्बन्धमा दुबै कम्पनीले असार ३० गते होटल अलफ्टमा एक कार्यक्रमबीच प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार मर्जरपछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स हुनेछ। मर्जपछि बन्ने कम्पनीमा अध्यक्ष प्रभु लाइफका सुभाव अमात्य रहेन छन् भने सीईओमा महालक्ष्मी लाइफका सीईओ रमेश कुमार भट्टराईले निरन्तरता पाउने भएका छन् । मर्जकाे क्रममा स्वाप रेसियाे १ः१ हुने छ । स्वाप रेसियाे, कम्पनीकाे नाम, सञ्चालक समिति, व्यवस्थापन, कर्मचारी सबैमा बराबरीकाे हैसियतमा मर्ज हुन लागेकाे सीईओ रमेश भट्टराईले जानकारी दिए । हाल प्रभु लाइफको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्सको पुँजी २ अर्ब १० करोड (संस्थागत लगानीकर्ता र लिलामी प्रक्रियाबाट उठेको रकमसमेत) रुपैयाँ छ । मर्जर पछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।
पोखराको अन्नपूर्ण केबलकार सेवा १ हप्ता बन्द हुने
काठमाडौं । पोखरास्थित अन्नपूर्ण केबलकार १ हप्ता बन्द हुने भएको छ । लेकसाईडदेखि सराङकोटसम्म जाने केबलकार नियमित मर्मत सम्भारको लागि असार ३१ गते देखि साउन ६ गतेसम्म बन्द रहने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार केबलकारको सेवा साउन ७ गते शनिबार बिहान ९ बजे देखि साँझ ६ बजेसम्म यथावत रुपमा सञ्चालन हुने छ ।
गभर्नरविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिएल नेपालले आफ्नो शैक्षिक योग्यता ढाँटेर नेपाल राष्ट्र बैंकको गर्भनरमा नियुक्त भई भ्रष्टाचारजन्य कसुर गरेको अभियोगमा महाप्रसाद अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । वाइसिएलका संयोजक सुमन देवकोटालगायतले आज आयोगको कार्यालय टङ्गालमा पुगेर अधिकारीविरुद्ध उजुरी दर्ता गरेको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ को क बमोजिम गभर्नर कुनै राजनीतिक दलको सदस्य वा पदाधिकारी हुन नहुने व्यवस्था छ तर अधिकारी नेकपा(एमाले)को अर्थ तथा योजना विभागको सदस्यका रुपमा एक अधिकारीका रुपमा रहको पाइएको वाइसिएलको उजुरीमा उल्लेख छ । गभर्नर हुनका लागि कम्तीमा स्नातकोत्तर तह बराबरको शैक्षिक योग्यता हुनुपर्नेमा अधिकारीले स्नातक मात्रै उत्तीर्ण गरेको पाइएको वाइसियलको आरोप छ । कुनै पनि दलमा संलग्न व्यक्ति गभर्नर हुन नपाउने व्यवस्था भए पनि उहाँ एम अधिकारीका रुपमा एमालेको अर्थ तथा योजना विभागमा रहेको पाइएकाले कारबाहीको माग गर्दै उजुरी दर्ता गराइएको वाइसिएलका संयोजक देवकोटाले जानकारी दिए । बुधबार मात्रै वाइसिएल र अखिल (क्रान्तिकारी)ले गभर्नर अधिकारीलाई बर्खास्त गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । सङ्घीय संसद्मा समेत यो विषयले प्रवेश पाएको छ । आज मात्रै राष्ट्रियसभाको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले गभर्नर अधिकारीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरे । रासस
नेपाल एसबिआई बैंकको एक्सटेन्सन काउन्टर लुम्बिनी विकास कोषमा
काठमाडौं । नेपाल एसबिआई बैंकले लुम्बिनीस्थित लुम्बिनी विकास कोष परिसरमा एक्सटेन्सन काउन्टर खोलेर आफ्नो सञ्जाल विस्तार गरेको छ । सो काउन्टरको उद्घाटन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका महासचिव इसाला रुवान विराकूनले गरेका थिए । सो उद्घाटन कार्यक्रममा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी विकास कोषलाई १०० वटा डस्टबिन हस्तान्तरण गरेको थियो । सोही कार्यक्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका महासचिव इसाला रुवान विराकुनले पीओएस मेसिन मार्फत डिजिटल डोनेशनको पनि उद्घाटन गरे । बैंकले देशका विभिन्न स्थानमा ९१ शाखा, २१ एक्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२९ एटिएमबाट सेवा प्रदान गर्दै आएको छ ।
अध्यक्षले आफूखुशी मर्जर सम्झौता गरेपछि जीआईसीका संस्थापकहरु रुष्ट, अदालत जाने तयारी
काठमाडौं । सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी) बीचको मर्जर सम्झौतामा मुख्य संस्थापकहरु नै रुष्ट देखिएका छन् । जरनल इन्स्योरेन्सका अध्यक्षले आफूखुशी मर्जर सम्झौता गरेको भन्दै ती कम्पनीका संस्थापकहरुले आपत्ति जनाएका हुन् । मूख्य प्रवर्द्धकहरुसँग सर सल्लाह नै नगरी सम्झौता गरेको भन्दै ती सेयरधनीहरुले उक्त मर्जर सम्झौतामा असन्तुष्ट जनाएका हुन् । श्रोतका अनुसार जनरल इन्स्योरेन्सका कुनल कायलले आफ्ना कम्पनीका प्रमुख संस्थापकहरुसँग सल्लाह नै नगरी सानिमा जनरलसँग मर्जरको सम्झौता गरेको भन्दै संस्थापकहरुले असन्तुष्ट जनाएका छन् । यो सम्बन्धमा असन्तुष्टि जनाउँदै उनीहरुले अध्यक्ष कायलमाथि मुद्दा हाल्ने तयारीमा छन् । ‘सानिमासँग मर्ज गर्दै छौं भनेर संस्थापकहरुसँग सरसल्लाह केही पनि नलिई मर्ज गरेको हुनाले संस्थापकहरुले अदालतमा मुद्धा दायर गर्न लागेका हुन्,’ श्रोतले विकासन्युजसँग भन्यो । जनरल इन्स्योरेन्सका अध्यक्षले अपरिपक्व व्यवहार देखाएकोमा कम्पनीमा मुख्य सेयरधनीहरुको आपत्ति छ । श्रोतका अनुसार उनीहरु भोलि अर्थात असार ३१ गते अध्यक्ष कायलविरुद्ध अदालतमा मुद्दा दिने तयारीमा छन् । असार २९ गते मात्रै सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच मर्जर सम्झौता भएको थियो । यी दुईले बराबरी हैसियतमा मर्जरमा जान प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार मर्जरपछि बन्ने कम्पनीको अध्यक्षमा जनरल इन्स्योरेन्सका अध्यक्ष कायल नै हुने सहमति भएको छ । तर, अब अपरिपक्व अध्यक्षलाई मर्जरपछि बन्ने सानिमा जनरल इन्स्योरेन्स कम्पनीको अध्यक्ष बनाउँदा नयाँ कम्पनीको भविष्य के होला ? हाल जनरल इन्स्योरेन्सको सञ्चालक समितिमा अध्यक्ष कुनल कायलसहित भोलानाथ ढुंगाना, ज्ञानेश्वर आचार्य, कृष्ण बोहोरा, मिता मुरारका, सरस्वती ज्ञवाली र अमृति बन्जाडे रहेका छन् । जसमध्ये सरस्वती ज्ञवाली र अमृति बन्जाडे सर्वसाधारण सेयरधनीको तर्फबाट र अन्यले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गरिरहेका छन् ।
त्रिविमा हुबहु प्रश्नपत्र बनाउने शिक्षकहरुले ३ वर्षसम्म कुनै क्याम्पसमा पढाउन नपाउने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्रमा लापर्बाही गर्ने चार शिक्षकलाई कारबाही गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले प्रश्नपत्र हुबहु बनाउने शिक्षकलाई तीन वर्षसम्म त्रिविअन्तर्गतका कुनै पनि क्याम्पसमा पढाउन नपाउने र तीन वर्षसम्म कुनै पनि परीक्षामा संलग्न नगराउने गरी कारबाही गरिएको त्रिविद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । त्रिविले बीबीए छैटौँ सेमेष्टरअन्तर्गत असार २२ गते भएको ‘एमजीटी २०३ः अर्गनाइजेशनल बिहेभियर’ विषयको हुबहु प्रश्नपत्र निर्माण गर्ने शिक्षक र असार २५ गते बीबीए छैटौँ सेमेष्टरअन्तर्गत ‘एसओसी २०२ः नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स’ विषयको प्रश्नपत्रमा ‘एसओसी २०१ः सोसियोलोजी फर बिजनेस’ विषयको प्रश्नपत्र सोध्नेलाई तीन वर्षसम्म त्रिविअन्तर्गतका कुनै पनि क्याम्पसमा पढाउन नपाउने र तीन वर्षसम्म कुनै पनि परीक्षामा संलग्न नगराउने निर्णय गरेको छ । अर्गनाइजेशनल बिहेभियर विषयको प्रश्नपत्र ‘मोडर्न नेपाल कलेज’ सोह्रखुट्टेमा प्रिबोर्डमा तीन महिना अगाडि सोधिएको थियो । सोही प्रश्नपत्र पुनः ती शिक्षकले त्रिविलाई उपलब्ध गराएको पाइएको छ । ‘मोर्डन नेपाल कलेजको प्रिबोर्डमा सोधेको प्रश्नपत्र हुबहु डीन कार्यालयमा बुझाएको पाइएको छ’, त्रिविले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निज शिक्षकले प्राज्ञिक मूल्य र मान्यताविपरीत विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको देखिएको छ ।’ यस्तै ‘एसओसी २०२ः नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स’ को प्रश्नपत्रमा पनि पहिलेको प्रश्नपत्र बैंकबाट सारेर हुबहु बनाएर दिने शिक्षकलाई पनि कारबाही गरिएको छ । मौलिकरुपमा प्रश्नपत्र तयार गरी विद्यार्थीको परीक्षा लिनुपर्नेमा शङ्करदेव क्याम्पसमा अध्यापनरत आंशिक शिक्षकले पनि क्याम्पसको यसै शैक्षिकसत्रको प्रिबोर्डमा बजारमा प्राप्त पाठ्यपुस्तकबाट हुबहु प्रश्नपत्र सोधेकाले उनीहरूलाई कारबाही गरिएको छ । त्रिविमा मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्र पहिलो सेमेस्टर ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षसँग हुबहु मिलेको सम्बन्धमा प्रश्नपत्र निर्माण कार्यमा संलग्न विज्ञलाई सचेत गराउने निर्णय त्रिवि परिषद्ले गरेको छ । त्रिविले परीक्षा सञ्चालन तथा व्यवस्थापनमा देखिएका समस्या तथा कमीकमजोरीको विस्तृत अध्ययन तथा छानबिन गरी परीक्षालाई थप व्यवस्थित र मर्यादित गर्न सुझाव दिन प्रा डा भोजराज अर्यालको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरेको छ ।