काठमाडौं । यामाहा मोटरसाइकलका लागि आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले नयाँ वर्षलाई लक्षित गरेर ल्याएकाे अफरकाे विजेता घाेषणा गरेकाे छ । कम्पनीले काठमाडौं निवासी तेञ्जिङ लामालाई साे अफरकाे विजेता घाेषणा गरेकाे हाे ।
विजेता लामालाई कम्पनीले त्रिपुरेश्वरस्थित यामाह साेरुममा २० लाख ७९ हजारको चेक हस्तान्तरण गरेकाे छ । कम्पनीले प्रत्यक्ष प्रसारण गरी लक्की ड्रमार्फत विजेता छानेकाे थियाे ।
बम्पर बिजेता लामाले पोखरास्थित भिएडब्लू इण्टरप्राइजेजबाट यामाहा रेजेडआर १२५ सिसिको स्कुटर खरिद गरेका थिए । यामाहा रेजेडआर प्रति लिटर ५८ किलोमिटर (औसतमा) माइलेज प्रदान गर्ने बजारमा एक मात्र स्कुटर रहेको कम्पनीको दाबी छ ।
यामाहा नेपालका कार्यकारी निर्देशक राजु क्षेत्रीले आउँदै गरेको दसैँतिहारलाई लक्षित गरी थप आकर्षक अफरका लागि कम्पनीले तयारी गरिरहेको जानकारी दिएका छन् ।