मोरङको पेट्रोल खानी गौचरणमा परिणत, सरकारलाई छैन वास्ता
काठमाडाैं । नेपालमा पेट्रोलियम खानीको प्रचुर सम्भावना रहेपनि यकिन गर्न नसक्दा खानीहरु बेवारिसे बनेका छन् पेट्रोलियम पदार्थमा परनिर्भर रहनुपरेको नेपालमा १० वटा खानी छन् । सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको छ । तर कुनैपनि ठाउँमा सरकारले गहन अनुसन्धान र अध्ययन गर्न नसक्दा सञ्चालन र सदुपयोग हुन सकेका छैनन् । सरकारले सञ्चालनको लागि चासो र उत्सुकता नदेखाउँदा आफ्नै देशमा भएको पेट्रोल खेर गइरहेको छ । मोरङको बेलबारी नगरपालीका वडा नम्बर ८ बाहुनीमा रहेको खानीको अवस्था पनि त्यस्तै छ । सरकारले चासो नदिँदा पेट्रोल खानी जिर्ण बन्दै गएको छ । अन्वेषण गर्न बनेका भवन भग्नावशेष भइसकेको छ भने अन्वेषण गर्न ल्याएको कच्चा पदार्थहरु नष्ट भएका छन् । सरकारले बेलाबेला आएर हेर्ने बाहेक अन्य काम गर्न नसकेको बताउँछन् स्थानीय कुलबहादर भण्डारी । उनले सरकारले पूर्ण चासो दिएर काम गर्ने हो भने पेट्रोलका लागि अहिलेको अवस्थाको सामना गर्नु नपर्ने बताए । वि.सं. २०४५ सालमा सरकारको सहयोगमा निजी विदेशी कम्पनीले मोरङको बाहुनीमा पेट्रोल खानीको अन्वेषण गरेपनि सरकारले उक्त कार्यलाई निरन्तरता दिन नसकेको गुनासो गर्छन् स्थानीय यामप्रसाद तिम्सिना । उक्त कम्पनीले ६ महिना लगाएर साढे तीन किलोमिटरसम्म जमिन छेडेर अध्ययन गरेको बताए । ३४/३५ वर्ष बितिसक्दा पनि उक्त स्थानमा सरकारले कुनै काम नगरेको उनको भनाइ छ । उक्त स्थानको खानी सञ्चालनमा नल्याउन भारतको दबाब दिएको गुनासो रहेको बताए । उनले नेपालको उक्त खानी सञ्चालन गरे भारतको खानी सुक्ने भएकोले भारतले नदिएको गुनासो आउनेगरेको बताए । २०४५ सालमा चाइना कम्पनिले आएर अनुसन्धान पूरा गरी नेपाल सरकारलाई जिम्मा लगाएको खानीका पाले कपिलमणी रेग्मीले बताए । अहिले खानी आसपासको क्षेत्र गौचरणमा सिमित भएको उनको भनाइ छ । सरकारको बेवास्थाका कारण हाल उक्त स्थान जंगलमा परिणत तएको छ । सरकारको मुख्य समस्या पेट्रोलियम पदार्थको खानी स्वदेशमा नै रहेपनि आफूसंग भएका खानी सञ्चालन गर्न सकेको छैन । बेलबारी ८ बाहुनीमा रहेको व्यक्तिको ४.९६९ वर्गमिटर जमिन खानी तथा भूगर्भ विभागले किनेको छ । अहिले खानी सञ्चालनका लागि विदेशबाट मगाइएका सामानहरु बेवारिसे भइ खेर गएको स्थानीहरुको भनाइ छ ।
संघीयता कार्यान्वयनमा महालेखाको प्रश्न-संघले साझा सूचीका कार्यक्रम समेत हस्तान्तरण गरेन
काठमाडौं । संघीयता सफल हुन नसकेको विषय राजनीतिक वृत्तमा चर्चा भइरहेको बेलामा महालेखापरीक्षकको कार्यालयले पनि संघीयताको कार्यान्वयन सन्तोषजनक नभएको बताएको छ । मुलुकमा संघीयता कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको महालेखाको प्रतिवेदनले औंल्याएको छ । अधिकारक्षेत्र अनुरुप कानून निर्माण नभएको र वित्तीय संघीयताले मुर्त रुप लिन नसकेको भन्दै सबै तहले समन्वय गरेर कानून निर्माण गर्न सुझाव दिएको छ । महालेखाको ५९औं वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘संघीयता कार्यान्वयनको समग्र अवस्था सन्तोषजनक छैन । अधिकारक्षेत्र अनुरूप कानून निर्माण नभएको एवं वित्तीय संघीयताले मूर्तरूप लिन सकेको छैन । अधिकारक्षेत्र अनुरूप संघ, प्रदेश र स्थानीय तहले समन्वयात्मक ढंगले कानून निर्माण गर्न ध्यान दिनुपर्दछ ।’ स्थानीय तहलाई संघ र प्रदेशले अनुदान उपलब्ध गराउँदा कार्यक्रम नै तोकेर उपलब्ध गराउने परिपाटीको भएकोले त्यसको अन्त्य हुनुपर्ने महालेखाले आँफ्नो प्रतिवेदनमा औंल्याएको छ । अनुदान उपलब्ध गराउँदा क्रियाकलाप होइन, क्षेत्रगत र लक्ष्य तोकेर उपलब्ध गराउन भन्दै महालेखाले भनेको छ, ‘संघले प्रदेशले सशर्त अनुदान उपलब्ध गराउँदा क्रियाकलाप नै तोकेर सशर्त अनुदान उपलब्ध गराउने परिपाटी अन्त्य गरी क्षेत्रगत शर्त र लक्ष्य तोकेर उपलब्ध गराउने व्यवस्था हुनुपर्दछ ।’ प्रदेशका लोकसेवा आयोगहरुको प्रभावकारिता नभएको तर्फ संकेत गर्दै महालेखाले प्रदेशका लोकसेवा आयोगहरुको प्रभावकारिता अभिवृद्धि गरी प्रदेश र स्थानीय तहमा आवश्यक जनशक्ति व्यवस्थापन गर्नुपर्ने कुरालाई औंल्याएको छ । त्यस्तै प्रतिवेदनमा विवाद निरुपण गर्ने र प्राकृतिक स्रोतको प्रयोग गर्दा लाभको वितरणमासमन्यायिक, सन्तुलित र पारदर्शी रुपमा गर्नुपर्ने भनिएको छ । साथै प्रदेश र स्थानीयत तहको आय र खर्च बीचको खाडल पुरा गर्न राजस्वको दायरा बढाउन सुझाव दिँदै भनिएको छ, ‘प्रदेश र स्थानीय तहको आन्तरिक आय र खर्च आवश्यकता बीचको खाडल पुरा गर्न स्थानीय सरकारलाई राजस्वको दायरा बढाउन प्रोत्साहित गर्नुको साथै साझा अधिकार अन्तर्गत संकलित राजस्व सम्बन्धित विभाज्य कोषमा जम्मा गरी समयमै बाँडफाँट गर्नुपर्दछ ।’ संविधानमा व्यवस्था गरिएका साझा अधिकारका विषयहरुलाई संघीय सरकारले प्रदेश र स्थानीय तहमा हस्तान्तरण नगरेको कुरालाई महालेखाको प्रतिवेदनमा औंल्याइएको छ । प्रतिवेदनमा भनिएको छ, ‘संविधानमा उल्लिखित साझा अधिकारका विषयहरूमध्ये प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने कार्यक्रमहरूसमेत संघ र प्रदेशले राख्ने गर्दा सडक, सिँचाइ ,कृषि, पशु ,वन स्वास्थ्यलगायतका विषयगत क्षेत्रहरूको कार्यक्रम कार्यान्वयनमा देखिएको दोहोरोपनलाई नियन्त्रण गर्नुपर्दछ ।’
विद्युत् आपूर्ति नहुँदा उदयपुर सिमेन्ट उद्योग बन्द, दुई हप्तामा १६ कराेड घाटा
उदयपुर । देशकै सबैभन्दा ठूलो र सरकारी स्वामित्वमा रहेको उदपुर जिल्लाको जलजलेमा स्थापित उदयपुर सिमेन्ट उद्योग दुई हप्तादेखि विद्युत् आपूर्तिमा समस्या भएपछि बन्द हुन पुगेको छ । उद्योग प्रशासनका अनुसार सिरहाको लाहानबाट उद्योगमा आपूर्ति हुँदै आएको विद्युत् असार ९ गतेदेखि ट्रान्सफर्मरमा चट्याङ लागेर सिरहा गाईघाट प्रसारण सेवा बन्द भएकाले सिमेन्ट उद्योग पनि बन्द हुन पुगेको हो । दैनिक ७३ लाखभन्दा भन्दाबढी घाटा बेहोर्दै आएको उक्त उद्योगले विद्युत् आपूर्ति बन्द भएपछि दुई हप्ताभित्र १६ करोड घाटा बेहोर्नु परेको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताए । उद्योग सञ्चालन गर्न दैनिक छ मेगावाट विद्युत् आपूर्ति हुनुपर्नेमा हाल दैनिक दुई मेगावाट मात्र विद्युत् आपूर्ति हुने गरेका कारण उद्योगमा सिमेन्ट उत्पादन हुन नसकेको उद्योग प्रशासनले जनाएको छ । सिरहाको लाहानस्थित गाईघाट केन्द्रमा विद्युत् प्रसारण हुने ट्रान्सफर्मर नयाँ फेर्न पर्ने भए पनि अहिलेसम्म फेर्ने वा मर्मत गर्ने काम सम्पन्न भइनसकेका कारण विद्युत् प्रसारणमा समस्या आएको उदयपुरस्थित विद्युत् प्राधिकरणका प्रमुख पङ्कज गोइतले बताए । विद्युत् मर्मत गर्ने र व्यवस्थापन गर्ने कार्य भइरहेको भए पनि अझै समय लाग्नसक्ने हुनाले लाहान गाईघाट विद्युत् सेवा सिधा आपूर्तिमा समस्या आएको विद्युत् उनको भनाइ थियो ।विद्युत् आपूर्तिमा समस्याका कारण उद्योग बन्द हुन पुग्दा ठूलो घाटा बेहोर्नु परेको उद्योग प्रशासनले बताएको छ । रासस
चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दो
चितवन । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ । पिसिआर र एन्टिजेन परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि हुन थालेको हो । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार बिहीबार साँझसम्म जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या नौ रहेको छ । असार अन्तिम सातादेखि जिल्लामा कोरोना सङ्क्रमण देखिन थालेको उहाँले जानकारी दिनुभयो । फागुन अन्तिम सातादेखि शून्यमा झरेको कोरोना सङ्क्रमण असार अन्तिममा आएर फेरी देखापर्न थालेको हो । कोरोना सङ्क्रमण देखिएसँगै स्वास्थ्य कार्यालयले सावधानीका उपाय अवलम्बन गर्दै कार्यक्रममा सहभागी हुन अनुरोध गरेको अधिकृत ढकालले जानकारी दिए । कार्यालयका निमित्त प्रमुख राम केसीका अनुसार जिल्लामा अहिले देखिएका कोरोना सङ्क्रमितमध्ये आठजना होम आइसोलेसनमा छन् भने एकजना अस्पतालमा उपचाररत छन् । सामाजिक दूरी कायम राख्ने, मास्क नियमित प्रयोग गर्ने, नियमित साबुनपानीले हात धुने, कोभिडविरुद्धको खोप लगाउनेजस्ता कार्य गर्न उनले अनुरोध गरे । जिल्लामा हालसम्म ३३ हजार ५६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोभिड–१९ विरुद्धको खोपको पहिलो मात्रा पाँच लाख ३९ हजार ५१४ जनाले लगाएका छन् भने दोस्रो मात्रा खोप चार लाख ५८ हजार ११८ जनाले र बुष्टर डोज एक लाख ९१ हजार ६८५ जनाले लगाएको कार्यालयले जनाएको छ । रासस
सनराइज बैंकले भित्र्यायो दुई अर्ब ३७ करोड वैदेशिक ऋण
काठमाडौं । सनराइज बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृतीसँगै जेनेभाको सिम्बायोटिक्स एसएबाट ३ वर्षको लागि दुई अर्ब ३७ करोड (अमेरिकी डलर १ करोड ८६ लाख) को वैदेशिक ऋण भित्राएको छ । भित्राएको उक्त रकम बैंकले आफ्नो लघु र साना तथा मझौला उद्योगीहरुलाई ऋण विस्तार गर्नेका लागि प्रयोग गर्ने जनाएको छ । उक्त ऋण रकमले बैंकको तरलता केहि हदसम्म मजबुद पार्न मद्दत गर्ने बैंकको जनाएको छ । सिम्बायोटिक्स एसएले सनराइज बैंकको वित्तीय सूचांक, बैंकमा विद्यमान व्यापार गर्ने शैली तथा तरिका, पारदर्शिताका साथै देशको विद्यमान आर्थिक सूचांकलाई समेत मध्यनजर गरी सो ऋण प्रदान गरेको बैंकले जनाएकाे छ ।
साढे ९२ अर्बमा बन्ने फुकोट कर्णाली हाइड्रोपावरमा लगानी जुटाइँदै, सर्वसाधारणले पनि सेयर पाउने
काठमाडौं । सरकारले आफै निर्माण गर्ने भनिएको फुकोट–कर्णाली जलविद्युत आयोजनाको लागि लगानी जुटाउने गृहकार्यमा लागेको छ । कुल ४ सय ८० मेगावाट जलविद्युत उत्पादन क्षमताको सो आयोजनामा सरकारले अहिले लगानी जुटाउने प्रयास गरिरहेको हो । आगामी वर्षदेखि निर्माण कार्य सुरू गर्ने योजनाका साथ प्रक्रिया अगाडि बढिरहेको छ । सो जलविद्युत आयोजना कालिकोट जिल्लामा सान्नील त्रिवेणी गाउँपालिका निर्माण हुनेछ । फुकोट–कर्णाली जलविद्युत आयोजनाका प्रमुख हिरामन वाइबाका अनुसार आयोजनाको सम्पूर्ण संरचनाहरू सो गाउँपालिकाको वडा नं. १, २ र ३ मा बन्नेछन् । आयोजना प्रमुख वाइबाका अनुसार उक्त कम्पनीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि तयार भइसकेको छ । आयोजनाको डीपीआरका अनुसार सो जलविद्युत् आयोजनाको अनुमानित लागत ९२ अर्ब ३० करोड रुपैयाँ छ । तर, आयोजना निर्माणका लागि आवश्यक पुँजी संरचनाको विषयमा पनि छलफल भइरहेको छ । सरकारले एक्लै निर्माण गर्ने भन्दा पनि विदेशी लगानीकर्ता वा स्वदेशी लगानीकर्तासँग पनि छलफल भइरहेको वाइबाले बताए । ‘अर्को वर्षदेखि आयोजनाको निर्माण सुरू गर्न खोजेका छौं, अहिलेसम्म लगानी सुनिश्चित भएको छैन, सरकारले मात्रै लगानी गर्न नसक्ने अवस्था देखियो, वाह्य लगानी भित्र्याउनु पर्ने आवश्यक भएकाले लगानीको सुनिश्चित कसरी गर्ने भन्ने विषयमा सम्बन्धित निकायहरूसँग छलफल भइरहेको छ, हामी अहिले लगानीकर्ता खोजिरहेका छौं,’ उनले भने । विद्युत उत्पादन कम्पनी नेपाल सरकारको स्वामित्व भएको कम्पनी हो । कम्पनीले विदेशी लगानी कसरी भित्र्याउने भन्ने विषयमा टुङ्गो लगाउन सकेको छैन । ‘अब लगानी जुटाउनको तयारीमा जुटेका छौं, निजी कम्पनीलहरूले पनि यसमा लगानी गर्न सक्छन् तर, विकासकर्ता नै ठुलो कम्पनी भएकाले लगानी गर्ने सम्भावना पनि छैन, त्यसैले बैंकबाट ऋण लिएर काम गर्ने भन्ने पनि कुरा आएको छ,’ उनले भने । निर्माण सुरु भएको ५ वर्ष भित्रमा आयोजनाको काम सम्पन्न गर्ने योजना निर्माणकर्ता कम्पनीको रहेको छ । कम्पनीका अनुसार हाल जग्गा अधिग्रहण, क्याम्प, ट्रान्समिसन लाइन लगायतका कामहरू भइरहेको छ । आगामी ५ वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको यो परियोजना तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका ऊर्जामन्त्री जनार्दन शर्माले सुरु गरेको नेपालको पानी जनताको लगानी कार्यक्रम अन्तर्गत सुरु गरिएको हो । आयोजनाले कर्णाली नदीको प्रवाहलाई विद्युत् उत्पादनका लागि प्रयोग गर्नेछ र उत्पादित विद्युत् रेजिलमा प्रस्तावित निकटतम् ग्रिड सबस्टेसनमा नेपालको एकीकृत विद्युत प्रणालीमा जोडिनेछ । फुकोट–कर्णाली जलविद्युत् आयोजनाबाट कालिकोटको पचाल झरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाँडाचक्र नगर प्रभावित हुनेछन् । मूल्यांकन प्रतिवेदन अन्तिम चरणमा फुकोट–कर्णाली जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआइए) अन्तिम चरणमा पुगेको छ । विद्युत् उत्पादन कम्पनीले तयार पारेको अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको ईआइए प्रतिवेदन ऊर्जा मन्त्रालयले स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पठाएको हो । सम्भाव्यता, डिटेल डिजाइन तथा बिडिङ डकुमेन्टलगायतका काम सकिसकेको र ईआइए रिपोर्ट स्वीकृति हुने क्रममा रहेको उनले जानकारी दिए । आयोजनाले सर्वेक्षण अनुमति पाएको भए पनि उत्पादनका लागि लाइसेन्स लिन बाँकी रहेको छ । स्थानीयलाई १० प्रतिशत सेयर दिने फुकोट कर्णाली अर्ध जलविद्युत् आयोजनाले प्राविधिक स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको पनि छ । केही समय अगाडि स्थानीयलाई १० प्रतिशत सेयर दिने घोषणा गरेको थियो । आयोजना निर्माणबाट १ हजार १४९ परिवार प्रभावित भएका छन् । आयोजनास्थलमा पुरै जग्गा परेका जग्गाधनीले ७५ र आंशिक परेकाले ६६ प्रतिशत मुआब्जा पाएको आयोजना प्रमुख वाइबाले जानकारी दिए । वाइबाका अनुसार कम्पनीले ५० करोड रुपैयाँ भन्दा बढी रकम मुआब्जा वितरण गरिसकेको छ । सो कम्पनीसँग परियोजना विकास सम्झौता (पीडीए) हुन बाँकी छ । कम्पनीले परियोजनाको डीपीआर तयार गरी मूयाङकनको क्रममा रहेको पनि वाइबाले बताए । परियोजनाको काम अगाडि बढाउने बारेमा फाइनल भइसको छैन ।
लुम्बिनी प्रदेश विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया सुरू, ११० बिघा जग्गा छुट्याइने
राँझा । बाँकेको खजुरामा लुम्बिनी प्रदेश विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया सुरु भएको छ । विश्वविद्यालयका लागि खजुरा गाउँपालिकाले वडानं ८ रनियापुरमा छुट्याएको ११०बिघा जमिन बिहीबार प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीसहितको टोलीले अवलोकन गरेको थियो उपाध्यक्ष क्षेत्रीले विश्वविद्यालयका लागि खजुराको जग्गा उपयुक्त भएको प्रतिक्रिया दिनुभएको गाउँपालिकाका अध्यक्ष डम्बर विकले जानकारी दिए । उनका अनुसार उक्त टोलीले विश्वविद्यालयका लागि आवश्यक पर्ने ब्लक निर्माण गर्ने सम्भाव्यस्थल समेत अवलोकन गरेको थियो । तत्कालै विश्वविद्यालयको दैनिक कार्य सञ्चालनका लागि जनक शिक्षा केन्द्रको छापाखाना राख्नका लागि निर्माण भएको भवनमा विश्व विद्यालयको प्रशासनिक कार्यालय स्थापना गर्ने प्रस्तावसमेत टोलीले गरेको छ । सो भवनमा तत्कालका लागि गाउँपालिकाले आवश्यक पूर्वाधार बनाइदिने र जनक शिक्षासँग अस्थायी कार्यालय राख्न सहमतिका लागि पत्राचार गर्ने निर्णय भएको अध्यक्ष विकले बताए । विश्वविद्यालयका लागि प्रदेश सरकारले १०० बिघा जग्गा आवश्यक पर्ने बताए पनि उक्त गाउँपालिकाले ११० बिघा जग्गा छुट्याएर हक हस्तान्तरण गर्न सिफारिस गरिसकेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७९/८० मा प्रदेश विश्वविद्यालयको काम थाल्ने घोषणा गरेको थियो भने यसअघिको सरकारले पनि नीति तथा कार्यक्रममा पार्नाका साथै विश्व विद्यालयका लागि बजेट विनियोजन गरे पनि कार्यविधि नबनेका कारण फ्रिज भएको थियो । रासस
प्रिमियम मूल्यमा आईपीओ जारी गर्दै कान्तिपुर टेलिभिजन, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल
काठमाडौं । कान्तिपुर टेलिभिजन नेटवर्कले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले एक सय अंकित दरमा प्रिमियम मूल्य थपेर कूल ७ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो । सो प्रयोजनको लागि कम्पनीले सानिमा क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा बिहीबार कान्तिपुर टेलिभिजनका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाशप्रसाद सिरोहिया र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका हुन् । कान्तिपुर टेलिभिजनले २०६० असार २९ गतेबाट विधिवत रुपमा प्रसारण आरम्भ गरेको थियो । पछिल्लो समय टेलिभिजनले हाई डेफिनेसन प्रविधि (एचडी) लाई अवलम्बन गर्दै आएको छ ।