तनहुँ जलविद्युत् आयोजनाकाे भूमिगत विद्युत्गृहको सुरुङ खन्ने काम सकियो
काठमाडाैं । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत विद्युत्गृहको सुरुङ खन्ने काम सकिएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गतको ठेक्का पाएको सिनो हाइड्रोपावर लिमिटेडले आज विद्युत्गृहको सुरुङ खन्ने काम सम्पन्न गरेको हो । ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्यृत्गृहको सुरुङ खन्ने काम सकिएको तनहुँ हाइड्रोपावर लिमिटेडका इन्जिनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । ‘मुख्य चुनौतीपूर्ण रहेको भूमिगत विद्युत्गृहको सुरुङ खन्ने काम सफलतापूर्वक सम्पन्न भएको छ’, भण्डारीले भने, ‘अब विद्युत्गृहभित्र पूर्वाधार निर्माणको काम सुरु हुन्छ ।’ विद्युत्गृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टबाट सुरु भएको थियो । ‘यहाँको ढुङ्गा कमजोर रहेकाले यो चुनौतीपूर्ण काम थियो, अब भूमिगत सुरुङभित्र पूर्वाधारको काम पनि छिट्टै सुरु गर्ने तयारी छ’, भण्डारीले भने । आयोजनाअन्तर्गत पानी ल्याउने सुरुङमा भने काम भइरहेको छ । एक हजार ४५० मिटर सुरुङ खन्नुपर्नेमा अहिलेसम्म ३५० मिटर खनिसकिएको छ । इन्टेकको काम भने गर्न बाँकी रहेको भण्डारीले जानकारी दिए । प्याकेज एकअन्तर्गत डाइभर्सन टनेलको काम भइरहेको छ । पहुँच सुरुङ १०० मिटर खनिसकिएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत सर्च ट्याङ जाने पहुँच सुरुङ खन्ने काम पनि सम्पन्न भइसकेको छ । सिनो हाइड्रो कम्पनीले ४३७.१ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरेको थियो । त्यस्तै २८०.८५ मिटर लामो मुख्य पहुँच सुरुङ र बाँधस्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ पनि सम्पन्न भइसकेको छ । प्याकेज तीनअन्तर्गत प्रसारण लाइनमा हालसम्म ४८ ‘फाउण्डेशन’को कार्यसम्पन्न भएको छ । प्रसारण लाइन निर्माणका लागि २५ टावर जडान भइसकेको आयोजनाले जनाएको छ । चितवनतर्फको जग्गा अधिग्रहण गर्ने प्रक्रिया चलिरहेको छ । जग्गा अधिग्रहणका लागि समिति गठन गरी प्रतिवेदन तयार गर्ने काम भइरहेको बताइएको छ । दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण हुनेछ । प्रसारण लाइन निर्माणका लागि कूल ९४ टावर निर्माण गरिनेछ । प्रसारण लाइन निर्माणको काम भारतीय कम्पनी केइसीले पाएको छ । प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गरिनेछ । त्यसका लागि जग्गाको मुआब्जा पनि वितरण भइरहेको छ । प्रसारण लाइन निर्माणका क्रममा व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका ४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिनेछ । तनहुँ जलविद्युत्् आयोजनाको मुख्य कार्यलाई तीन चरणमा विभाजन गरी निर्माण कार्य अगाडि बढाइएको छ । आयोजनाको पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो ड्याम निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ बाट कार्यान्वयनमा आएको छ । सोङ दा–कालिका जेभीले अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउने कार्य गरिरहेको छ । आयोजनाको दोस्रो चरणअन्तर्गत सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ । आयोजनाको तेस्रो चरणअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस
बीमाका शक्तिशाली सीईओ
काठमाडौं । दिनमै तीन जोडी बीमा कम्पनीहरुले मर्जरमा जाने सम्झौता गरे । यो साता मात्र सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स, सानिमा लाइफ र रिलाइन्स लाइफ इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्स, सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्झौता भयो । यसअघि प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरको सम्झौता भइसकेको छ । त्यस्तै, हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जरको सम्झौता भएको थियो । यी दुई कम्पनीबीच मर्जर प्रक्रिया सकिएको छ । असार मसान्त सकिन एक दिन र दुई रात पुरै बाँकी छ । यस अवधिमा कुन कुन बीमा कम्पनीबीच मर्जरको सम्झौता हुने हो ? त्यो अनुमान गर्न कठिन छ । नियामक बीमा समितिले मर्जरको सुविधा पाउनको लागि असार मसान्तसम्म सैद्धान्तिक सहमतिको सम्झौता गर्नु पर्ने निर्देशन दिएको थियो । मर्जरमा जाने केही कम्पनीको मोडालिटी प्रष्ट छ भने केहीको अस्पष्ट छ । विविध असहमतिलाई पछि सहमति गरौंला भनेर सैद्धान्तिक सहमति मात्र गर्ने कम्पनीहरुको मर्ज भाँडिन पनि सक्छ । एनसीसी बैंकमा मर्ज नहुने भनेर कुमारी बैंकको विशेष साधारणसभाले गरेको निर्णय, इन्भेष्टमेन्ट बैंकसँग मर्ज नहुने भनेर हिमालयन बैंकको विशेष साधारणसभाले गरेको निर्णय झै कुनै पनि बीमा कम्पनीले मर्जमा नजाने भनेर निर्णय गरे भने नियामकको पनि केही लाग्दैन, अदालतले पनि केही गर्न सक्दैन । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीचको एकिकृत कारोबार साउन १ गतेदेखि हुँदैछ । मर्जपछि कम्पनीको नाम हिमालयन एभेरेष्ट जनरल इन्स्योरेन्स राखिएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय बहादुर शाह बन्दै छन् । एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमलाई मर्जसँगै विदा गरिदैछ । ८ वर्ष एजएलजी इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत भएको शाह नेपाल इन्स्योरेन्स कम्पनीमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृत भएर काम गरे । हिमालयन जनरल इन्स्योरेन्समा गत फागुनदेखि उनी प्रमुख कार्यकारी अधिकृत छन् । नेपाल बिमक संघको अध्यक्ष भइसकेका शाहले विकासशील देशहरुको बीमा कम्पनी तथा नियामकहरुको संस्था एआईआरडीसीको समेत अध्यक्षको भूमिका समेत निर्वाह गरिसकेका छन् । बीमा क्षेत्रमा अबको ८ वर्ष उनी प्रभावशाली सीईओको रुपमा रहि रहनेछन् । बीमा क्षेत्रमा बलियो उपस्थिति जनाउँदै हाइट गेन गरिरहेका प्रमुख कार्यकारी अधिकृतमध्ये एक हुन् चंकी कुँवर क्षेत्री । सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा दोस्रो कार्यकालको जिम्मेवारी समालिरहेका क्षेत्री नेपाल बीमक संघको अध्यक्ष पनि हुन् । मनमा लागेको कुरा समकक्षी, कम्पनीको सञ्चालक, नियामक जो कोहीसँग पनि खुलेर राख्ने सीईओ छवि बनेको छ उनको । मर्जपछि बन्ने सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा अब ८ वर्ष प्रमुख कार्यकारी अधिकृत बन्न उनलाई मार्ग प्रशस्त भएको छ । मर्ज भएको थिएन भने उनी चालु कार्यकाल सकिएपछि सगरमाथाबाट विदा हुने थिए । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्ज भई बन्न लागेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिृकत रमेश कुमार भट्टराई रहने छन् । हाल महालक्ष्मी लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत रहेका भट्टराई विगत २७ वर्षदेखि विभिन्न कम्पनीको सीईओ रहँदै आएका छन् । महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक हुँदै महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओ बनेको भट्टराई मर्जपछि बन्ने नयाँ कम्पनीमा पनि आफ्नो निरन्तरता जारी राख्न सफल भएका छन् । सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच मर्जपछि बन्ने सानिमा जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुद्युम्न उपाध्याय बन्दैछन् । सानिमा जनरल इन्स्योरेन्स संस्थापनको मस्यौदाकार नै हुन् उनी । प्रिमियर इन्स्योरेन्समा ८ वर्ष प्रमुख कार्यकारी अधिकृत भई अवकाश पाएका उपाध्यायले विगत दुई वर्षदेखि सानिमाको नेतृत्व गर्दै आएका छन् । लो प्रोफाइलमा बसेर प्रुडेन्ट विजनेश अभ्यास गर्ने छवि बनाएको उपाध्याय बीमा क्षेत्रमा अब ८ वर्ष निरन्तर रहने निश्चित भएको छ । पेशाकर्मीहरुको लागि कुनै पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनु पैसा, पावर, प्रख्याती सबै हिसावले उच्चतम विन्दु हो । दुई कम्पनी मर्ज हुँदा अरु कर्मचारीले त्याग गर्नुपर्ने बाध्यता हुँदैन । तर प्रमुख कार्यकारी अधिकृतमा एक जनाले छोड्नै पर्छ । यस्तो बाध्यात्मक अवस्थामा मर्जपछिको कम्पनीमा प्रमुख कार्यकारी अधिकृत हुनु जो कोहीको शक्ति परिक्षण हुनु पनि हो । सिद्धार्थ इन्स्योरेन्समा दोस्रो कार्यकाल प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका विरेन्द्र बैद्यवार सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्जपछि बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्दैछन् । छोटो अवधिमा कम्पनीलाई माथि पुर्याउने सीईओको रुपमा उनलाई बजारले लिने गरेको छ । व्यापार विस्तार, जोखिम विश्लेषण र सुशासनलाई सन्तुलित बनाएर अगाडि बढेकाले उनलाई प्रवद्र्धकले रुचाएका छन् । सानिमा लाइफ र रिलाइन्स लाइफ इन्स्योरेन्स मर्ज भएर बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृतको भूमिका राकेश पोखरेलले पाउँदैछन् । उनी हाल रिलाइन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा डीजीएम, आईएमई लाइफ इन्स्योरेन्समा जीएमको भूमिका निर्वाह गरेको पोखरेल चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । रिलाइन्समा करिव ७ महिना मात्र सीईओको भूमिका निभाएका युवा सीईओ पोखरेल छोटो समयमा नै प्रभावशाली सीईओको रुपमा उदाएका छन् । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जपछि को प्रमुख कार्यकारी अधिकृत बन्ने भन्ने स्पष्ट भएको छैन । तर प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको कार्यकाल यहि असार मसान्तमा सकिएको छ । तसर्थ गुराँस लाइफ र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मध्ये सिनियर भएकाेले मनोज कुमार लाल कर्ण नै नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुने सम्भावना छ । पेशाकर्मीहरुको लागि कुनै पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनु पैसा, पावर, प्रख्याती सबै हिसावले उच्चतम विन्दु हो । दुई कम्पनी मर्ज हुँदा अरु कर्मचारीले त्याग गर्नुपर्ने बाध्यता हुँदैन । तर प्रमुख कार्यकारी अधिकृतमा एक जनाले छोड्नै पर्छ । यस्तो बाध्यात्मक अवस्थामा मर्जपछिको कम्पनीमा प्रमुख कार्यकारी अधिकृत हुनु जो कोहीको शक्ति परिक्षण हुनु पनि हो ।
१६ पटक उडेको भन्दै गलत बिल बनाइयो, छानबिन गरौं : पूर्वमुख्यमन्त्री पौडेल
वाग्मती । वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकको पहिरो निरीक्षणका क्रममा आफू जोडिएर आएको खबरले स्तब्ध भएको बताएका छन् । पत्रकारसँग कुरा गर्दै उनले हेलिकप्टर उद्धार टोली लिएर जानैपर्ने भएकाले आफूहरु गएको बताए । उनले पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार गर्नका लागि उद्धार टोली र पु¥याउन सकिने राहत सामग्रीसहित आफू एक पटक मात्र हेलिकप्टरमा सिन्धुपाल्चोक पुगेको बाहेक १४ उडान थपिएर आएको खबरमा सत्यता नरहेको जिकिर गरे । ‘म मन्त्रीहरु र सेनाप्रहरी सहितको उद्धार टोलीसँग एकपटक सिन्धुपाल्चोक गएको हुँ, १५ वटा उडानको चर्चा कसरी आयो ?’, उनले भने । यदि त्यही एकपटक हेलिकप्टर प्रयोग भएको कुरालाई १५ पटक बढाएर बिल बनाउने काम भएको रहेछ भने त्यो गम्भीर र अक्षम्य अपराध भएकाले त्यसको स्वतन्त्र रुपमा छानबिन गरिनुपर्ने उनको भनाइ छ । स्थानीय जनप्रतिनिधि भएको हिसाबले तत्कालीन सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल सङ्घीय पूर्वमन्त्री शेरबहादुर तामाङ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल, नेपाली सेनाका मध्यपृतना प्रमुख, नेपाल प्रहरीका प्रदेश प्रमुखसहितको टोली पहिरो निरीक्षणका लागि एक पटक सिन्धुपाल्चोक गएको उनले बताए । महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सिन्धुपाल्चोकको लिदीमा २०७७ साउन २६ गते गएको पहिराबाट प्रभावित परिवारलाई रु एक लाखको राहत बाँड्दा रु २८ लाखभन्दा बढी हवाई भाडा तिरेको उल्लेख छ । पहिराबाट प्रभावित परिवारलाई रु एक लाख ११ हजार मूल्यका दाल, चामल, स्वास्थ्य सामग्री वितरण गर्न मुख्यमन्त्रीसहित टोलीले १२ पटक सेनाको हेलिकप्टर र एक निजी सेवाको हेलिकप्टर तीनपटक गरेर क्रमशः २५ लाख ६८ हजार र तीन लाख गरी २८ लाख ६८ हजार खर्च गरेको भन्दै यस्तो अनुत्पादक खर्चमा नियन्त्रण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । रासस
सबैको लघुवित्तद्वारा वार्षिकोत्सवको अवसरमा शैक्षिक सामाग्री वितरण
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले छैंठौं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । लघुवित्तले यस अवसरमा स्वास्थ्य शिविर, शैक्षिक सामग्री वितरण, सरसफाई, खाद्यान्न तथा फलफुल वितरण र फलफुलको बिरुवा वितरण कार्यक्रम सम्पन्न हो । लघुवित्तले बाँकेमा सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविर कार्यक्रममा १०३ जनाले स्वास्थ्य परीक्षण गराएको लघुवित्तले जानकारी दिएको छ । यस्तै लघुवित्तले सिद्दनाथ बाल ज्योति आधारभुत विद्यालयका ३० जना विद्यार्थी, मल्लिका विद्यापिठ गुरुकुल विद्यालयमा अध्यनरत निम्न आयश्रोत भएका तथा अनाथ विद्यार्थी र कालिका प्राथमिक विद्यालयमाका १० जना विद्यार्थी शैक्षिक सामग्री वितरण गरेको छ । लघुवित्तले बाँके जिल्लाको खजुरा गाउँपालिका २ रिमझिम बजारमा सरसफाई कार्यक्रम पनि सम्पन्न गरेको छ । रिमझिमचौक शाखाका शाखा प्रमुख सरिता तामाङले फोहोर व्यवस्थापनका लागि ६ वटा ठूला डष्टबिन बजारको मुख्य मुख्य चोकमा राखेकी छिन् । यस्तै, लघुवित्तले बर्दियास्थित बाल स्नेह नेपालका अनाथ बालबालिका र दाङस्थित मानव सेवा आश्रममा लाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ । फलफूल तथा खाद्यान्न वितरण गरेको छ । लघुवित्तले लमही नगरपालिका सुन्डबरी वडा कार्यालय परिसरमा शाखाका लिच्चि तथा कागतीका बोट विरुवाहरु वितरण तथा वृक्षारोपण गरेको छ ।
मौद्रिक नीति ल्याएर विदामा बस्ने ‘मुड’मा गभर्नर
काठमाडौं । अहिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विवादमा छन् । नेकपा एमालेको अर्थत तथा योजना समितिमा रहेको एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै भएको भन्दै अहिले सडकदेखि सदनसम्म उनको राजीनामा माग भइरहेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा रहेका गभर्नर अधिकारीको चौतर्फी रूपमा राजीनामा माग भइरहँदा उनी समस्यामा परेका हुन् । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर अधिकारीलाई बालुवाटारमै बोलाएर राजीनमा माग गरेको विषय पनि सार्वजनिक भएको छ । सडकदेखि सदनसम्म सरकारमा रहेको दल माओवादी केन्द्रले उनको राजीनामा र छानबिनको माग गरिरहेको छ । प्रधानमन्त्री देउवाले बिहीबारको बैठकमा गभर्नरसँग छलफल गर्दै राजीनामा मागेको बालुवाटार स्रोतको भनाइ छ । ‘प्रधानमन्त्रीले गभर्नरलाई विवादमा आएपनि मार्ग प्रशस्त पार्नुस् भन्नु भएको थियो, अहिले मौद्रिक नीतिको तयारीमा छौं, बिचमै राजीनामा दिँदा वा विदामा बस्दा मौद्रिक नीतिलाई प्रभाव पर्छ, मौद्रिक नीति सार्वजनिक लगत्तै विदामा बस्छु, छानविनका लागि सघाउँछु भन्ने जवाफ गभर्नरले प्रधानमन्त्री समक्ष दिनु भएको छ,’ बालुवाटार स्रोतले भन्यो । प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई राजीनामा नदिए सरकारले अन्य विकल्प अपनाउने चेतावनी दिएको पनि बुझिएको छ । स्रोतका अनुसार मौद्रिक नीति साउन १ गते ल्याउने तयारी छ । साउन एक गतेपछि गभर्नर अधिकारी विदामा बस्न सक्ने स्रोतको दाबी छ । प्रधानमन्त्री देउवाले शुक्रबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा गभर्नरले राजीनामा दिनु पर्ने धारणा राखेको पनि बुझिएको छ । गभर्नर अधिकारीले नैतिक रुपमा पनि राजीनामा दिनुपर्ने धारणा बैठकमा राखेका थिए । उसो त गभर्नर अधिकारीले आफु एमालेको सो समितिमा नरहेको विषय प्रष्ट पारिसकेका छन् । एमालेले पनि गभर्नर अधिकारी एम अधिकारी भन्ने व्यक्ति नभएको जानकारी गराइसकेको छ ।
सरकारको वर्ष दिन : पूरा हुँदै ‘डिजिटल नेपाल’ को योजना
काठमाडौं । वर्तमान सरकार गठन भएको वर्षदिनमा देशको सूचना, सञ्चार र प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । विशेष गरी एक वर्षको अवधिमा सरकारले अघि सारेको ‘डिजिटल नेपाल’ को योजना पूरा गर्ने गरी आइसिटीको क्षेत्रमा महत्वपूर्ण सफलता हासिल गरेको छ । यही असार १९ गतेदेखि सूचना तथा प्रसारण विभागका सम्पूर्ण सेवा अनलाइनबाटै प्रदान गरिएको छ । विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र क्यास एसएमएस अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो । विभागले अनलाइन सेवाअन्तर्गत सूचना व्यवस्थापन प्रणाली गत वर्षदेखि नै सुरु गरेको थियो । विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र, परिचयपत्र जारी तथा नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण, पत्रपत्रिका तथा पत्रकारको अभिलेख व्यवस्थापन र सार्वजनिक सूचना व्यवस्थापन र वितरणलगायत सम्पूर्ण काम अनलाइन प्रणालीबाट गर्दै आएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । विभागले चालु आर्थिक वर्षमा अनलाइनबाटै दुई हजार ९२ प्रेस पास वितरण गर्नुका साथै दुई हजार ५५७ प्रेस पास नवीकरण गरेको छ । त्यसैगरी चालु आवमा दर्ता ६६२, नवीकरण ६७७ गरी हालसम्म तीन हजार ४६३ अनलाइन दर्ता भइसकेको महानिर्देशक हमालको भनाइ छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले डिजिटल नेपालको योजना पूरा गर्ने उद्देश्यले सञ्चार मन्त्रालयका ९० प्रतिशत सेवा अनलाइनबाटै प्रदान गर्दै आएको जानकारी दिए । विसं २०२८ को राष्ट्रिय जनगणनामा कम्प्युटरको प्रयोगबाट डिजिटल यात्राको थालनी गरेको नेपालले अहिले मोबाइलको पहुँच शतप्रतिशत र इन्टरनेटको पहुँच करिब ६० प्रतिशत पु¥याएर डिजिटल माध्यमको क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको छ । सूचना तथा सञ्चार क्षेत्रको समग्र विकासको लागि नीतिगत, कानुनी र संरचनात्मक सुधारलाई सरकारले निरन्तरता दिएको छ । यो एक वर्षको अवधिमा राष्ट्रिय साइबर सुरक्षा रणनीति २०७८, राष्ट्रिय प्रसारण (एघारौँ संशोधन) नियमावली २०७८, रेडियो सञ्चार (लाइसेनस) (पाँचौँ संशोधन) नियमावली २०७८ र चलचित्र (निर्माण प्रदर्शन तथा वितरण) (सातौँ संशोधन) नियमावली २०७८, मन्त्रिपरिषद्बाट स्वीकृत भई कार्यान्वयनमा आएको छ । त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना प्रविधि विकास समिति (गठन) (तेस्रो संशोधन) आदेश २०७८, सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८ स्वीकृत तथा नागरिक एप्स (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७८ र फाइब जीलगायत नयाँ प्रविधिसम्बन्धी कार्यविधि २०७८ जारी गरेको छ । विज्ञापन (नियमन गर्ने) ऐन २०७६ बमोजिन विज्ञापन (नियमन गर्ने) नियमावली २०७७ स्वीकृत भई विदेशी टेलिभिजन च्यानलको प्रसारणमा २०७७ कात्तिक ८ गतेदेखि विज्ञापनरहित नीति कार्यान्वयनमा आएको छ । सञ्चार मन्त्रालयले ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ अनुसार यो एक वर्षको अवधिमा सूचना तथा सञ्चारको पहुँचमा वृद्धि गरेको छ । हालसम्म २५ स्थानीय तहका कार्यालय, २५० वडा कार्यालय, १२० सामुदायिक विद्यालय र २२२ स्वास्थ्य केन्द्र गरी ७३८ स्थानीय तहका कार्यालय, छ हजार १९० वडा कार्यालय, पाँच हजार २९९ सामुदायिक विद्यालय र चार हजार २३७ स्वास्थ्य केन्द्रमा इन्टरनेट जडान कार्य सम्पन्न भएको छ । पन्धौँ आवधिक योजनाले ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई रुपान्तरणकारी आयोजनाको रुपमा लिएको छ । सो रुपान्तरणकारी आयोजनाअन्तर्गत फ्रेमवर्कले यातायात, सञ्चार, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र कृषि गरी विभिन्न आठ क्षेत्र र ८० वटा क्रियाकलाप तय गरेको थियो । सञ्चार मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ कार्यान्वयनको चरणमा रहेको जानकारी दिए । प्रवक्ता खत्रीले भने, ‘फ्रेमवर्कअन्तर्गत अहिले अटोमेशन नामक सफ्टवेयर चलाएका छौँ, इन्टरनेट, इमेल थ्रु काम गरिरहेका छौँ, टिप्पणी पनि यहीँबाट हुन्छ, त्यति मात्रै होइन, अहिले विश्व बैँकको सहयोग पनि प्राप्त भएको छ ।’’ यो कामलाई पूर्णता दिनका लागि डिजिटल नेपाल एक्सप्रेसन प्रोजेक्ट सञ्चार मन्त्रालयले अवलम्बन गरेको र यसबाट डिजिटल फ्रेमवर्कलाई कार्यान्वयन गर्दै लैजान सहयोग पुग्ने बताइएको छ । एकीकृत कार्य व्यवस्थापन प्रणालीअन्तर्गत अहिले मन्त्रालयअन्तर्गतका निकायमा टिप्पणी, चिठ्ठी, पत्राचार, कर्मचारीको बिदा, हाजिरीलगायतका काम डिजिटल प्रणालीमै भइरहेको बताउँदै प्रवक्ता खत्रीले अब साउनदेखि सिंहदरबारभित्रका अन्य मन्त्रालय र कार्यालयमा पनि लागू हुने जानकारी समेत दिए । मन्त्रिपरिषद्बाट स्वीकृत सो फ्रेमवर्कको कार्यक्रम कार्यान्वयन योजनामा इन्टरनेटलाई आधारभूत÷अत्यावश्यक सेवाको रुपमा स्थापित गर्ने, फाइब जी नेटवर्क विस्तार गर्ने, अप्टिकल फाइबर नेटवर्क निर्माण गर्ने, सार्वजनिक सेवा प्रवाहको लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी पुर्याउने, कागजरहित सरकारको अवधारणालाई साकार रुप दिने र डिजिटल हस्ताक्षरको कार्यान्वयन गर्ने भनिएको छ । विद्युतीय सुशासनको कडीको रुपमा रहेको सरकारी विद्युतीय (अनलाइन) सेवालाई एकीकृत प्रणालीमार्फत सर्वसाधारण समक्ष पुर्याउन तथा सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउन नागरिक एप्सको अन्तिम संस्करण सञ्चालनमा आएको सञ्चार मन्त्रालयले जनाएको छ । नेपाल टेलिकममार्फत प्रारम्भ गरिएको फोरजी सेवाको पहुँच करिब ४७ स्थानीय तहमा विस्तार गरिएको छ । यो सेवा ७३२ स्थानीय तहमा विस्तार भई ४५.६ प्रतिशत पुगेको छ । अप्टिकल फाइबरमा आधारित फाइबर टु द होम सेवा विस्तार भई मुलुकका २०९ मुख्यमुख्य शहरमा विस्तार भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार मध्यपहाडी लोकमार्ग र आसपासका जिल्ला सदरमुकाम जोड्ने गरी अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्ने कार्य भइरहेको छ । कूल एक हजार ५५७ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य सम्पन्न भई हालसम्म १२ हजार १२९ किलोमिटर अप्टिकल फाइबर बिछ्याउनुका साथै मुक्तिनाथ मन्दिर र अन्नपूर्ण सर्किटअन्तर्गतका स्थानमा सार्वजनिक वाइफाइ हटस्पट सञ्चालनमा छ । सरकारले मोबाइल डिभाइस व्यवस्थापन प्रणाली राष्ट्रिय सूचना प्रविधि केन्द्रमा जडान गरी प्रारम्भिकरुपमा सञ्चालन गरिएको छ । त्यसबाट राजस्व चुहावट नियन्त्रण गर्न तथा मोबाइलको माध्यमबाट हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सघाउ पुग्ने सरकारको अपेक्षा छ । विद्यार्थी सङ्ख्याको आधारमा न्यूनतम १२ र अधिकतम ३० डेक्सटप कम्प्युटर तथा मल्टिमिडिया, ल्यापटप र स्क्रिनसहितको सूचना प्रविधि प्रयोगशाला १८५ सामुदायिक माध्यमिक विद्यालयमा स्थापना गरिएको छ । सूचना प्रविधि प्रयोगशाला स्थापना भएका सामुदायिक माध्यमिक विद्यालयको सङ्ख्या एक हजार पुगेको छ । “राष्ट्रिय फ्रिक्वेन्सी निर्माण योजना र रणनीति तयार गरी फ्रिक्वेन्सी वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित गर्न राष्ट्रिय स्पेक्टर्म रणनीति तयार गरिएको छ”, करिब ७५१ सरकारी निकायलाई विद्युतीय हाजिरी यन्त्र वितरण गरिएकामा हाल ५८७ निकायमा सञ्चालनमा रहेको आर्थिक सर्वेक्षण २०७८/७९ मा उल्लेख छ । त्यस्तै ४८२ स्थानीय तहमा सफ्टवेयर वितरण भएकामा ३५७ स्थानीय तहमा सञ्चालनमा रहेको उल्लेख छ । साझा पूर्वाधारमार्फत सरकारी निकायलाई कम लागतमा सर्भर, मेमोरी, स्टमेरेज र नेटवर्क उपलब्ध गराउँदै आएका सरकारी क्लाउडमा हालससम्म २९५ सरकारी निकायका लागि उक्त निकायका सूचना प्रविधि प्रणाली सञ्चालन गर्न स्रोत उपलब्ध गराइएको छ । विदेशमा दर्ता भएका वायुयानमा नेपालको आकाश (१० हजार फिटभन्दा माथि) मा दूरसञ्चार सेवा प्रदान गर्न इनफ्लाइट/एरोनटिकल दूरसञ्चार सेवा खुला गरिएको छ । त्यसका साथै विकासशील दशको लागि स्पेक्ट्रम व्यवस्थापन प्रणाली तथा नेपाल दूरसञ्चार प्राधिकरणको जिबिटिआइएमएसलगायतका उच्च गणना आवश्यकता भएका प्रणाली सञ्चालन गर्न कार्यस्टेशन प्रयोगमा आएको छ । राष्ट्रिय साइबर आपत्कालीन उद्धार टोली (एनसीइआरटी) सदस्य तथा साइबार सुरक्षा सम्पर्क व्यक्तिको क्षमता अभिवृद्धिअन्तर्गत आव २०७७/७८ मा एनसीइआरटी सदस्य तथा सूचना प्रविधिका ३० कर्मचारीलाई वेबीनारमार्फत साइबर ड्रिलको तालिम गरिएको छ । सरकारी निकायका सूचना प्रविधिलाई सुरक्षित, भरपर्दो बनाउन र साइबर सुरक्षाको चुनौती न्यूनीकरण गर्न ४४ सरकारी निकायका सूचना प्रविधि प्रणालीको सूचना प्रविधि सुरक्षण परीक्षण (आइटी सेकयुरिटी अडिट) गरिएको छ । त्यसैगरी सरकारी निकायका सूचना प्रविधि प्रणालीलाई थप भरपर्दो र एकापसमा अन्तरआबद्ध हुने गरी निर्माण र सञ्चालनको व्यवस्थापन गर्न सरकारी उद्यम परीक्षण (जीइए) को मापदण्ड, निर्देशिका र आर्टी फैक्टर रेस्पिरेटर तयार भई कार्यान्वयनमा आएको छ । विद्युतीय भुक्तानीलाई महालेखा नियन्त्रणको कार्यालयको विद्युतीय कोष हस्तान्तरण प्रणालीसँग आबद्ध गरिएको छ । त्यसका साथै एकीकृत एसएसएस गेटवे सञ्चालनमा आएको छ । हाल महान्यायाधिवक्ताको कार्यालय, यातायात व्यवस्था विभाग र भौतिक पूर्वाधार विकास मन्त्रालय र बागमती प्रदेशमा सो प्रणाली प्रयोग भइरहको छ । मोबाइल वित्त सेवा परीक्षणको रुपमा सञ्चालनमा आएको छ । डिजिटल टान्सफर्मेशनको आधारशीलाको रुपमा रहेको ‘फाइबर टु होम’ सेवम हालसम्म ८२ सहर÷सहरोन्मुख क्षेत्रमा विस्तार भई हालसम्म ६४ जिल्लाका २०९ सहर/सहरोन्मुख क्षेत्रमा विस्तार भएको छ । ‘स्थानीय तहका लागि कमन टेम्प्लेटमा निर्मित मोबाइल एप्स’ को स्तरोन्नति गरी स्थानीय तहले प्रयोग गरिरहेको वेबसाइटसँग अन्तरआबद्धता गरिएको छ । साथै सेवा प्रदायकको पेमेन्ट गेटवेसँग समेत अन्तर आबद्ध हुन गरी डिजिटल वालेटको स्तरोन्नति गरिएको छ । सो एप्स ६६४ स्थानीय तहमा प्रयोगमा आएको छ त्यसलाई हाल नागरिक एप्ससँग अन्तरआबद्धता गर्ने कार्यसमेत भइरहेको छ । नेपाल टेलिभिजनको प्रसारणलाई डिजिटल रुपान्तरण गर्न पाल्पा, हेटौँडा र बूढीतोलामा टावर निर्माण कार्य यसै वर्ष सम्पन्न भएको छ । त्यसैगरी पर्वत, रुकुम र डडेल्धुरामा टावर निर्माणको कार्य सुरु गरिएके छ । मन्त्रालयले हवाई डाँक ढुवानीतर्फ कर्णालीका चार जिल्ला (जुम्ला, हुम्ला, मुगु र डोल्पा) मा र सङ्खुवासभा जिल्लामा हवाईजहाजमार्फत ढुवानी सेवा पनि यसै वर्ष सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय हुलाक वस्तुको लागि नेपाल एयरलाइन्ससँग २०७८ असार १५ मा सम्झौता भई कतार, मलेसिया, युनाइटेड अरब इमिरेट्समा डाँक ढुवानी सुरु गरिएको थियो । एयर इण्डियामार्फत जाने डाँकको ढुवानी हुँदै आएको छ । हुलाक सेवा विभागमा दर्ता चलानीको कार्यलाई स्वचालन प्रणाली (अफिस अटोमेसन सिस्टम) नामक वेभ बेस्ट सफ्टवेयर मा सञ्चालन गरी डिजिटल दर्ता चलानीको सुरुआत गरिएको छ । सतही डाँकअन्तर्गत गोश्वारा हुलाक कार्यालयबाट ११, हुलाक निर्देशनालय विराटनगरबाट छ, हलाक निर्देशनालय पोखराबाट ११, हुलाक निर्देशनालय सुर्खेतबाट ११ र हुलाक निर्देशनालय दिपायलबाट १७ गरी जम्मा ५६ वटा सम्झौता भई डाँक ढुवानी कार्य भइरहेको छ । यसै वर्ष नेपालको पार्सलको हिसाबमा मूल्य निर्धारण गर्न युपियुले जारी गर्ने दररेटमा प्राप्त गर्न सकिने ४० प्रतिशत बोनसमध्ये पार्सल ढुवानी मापदण्डको भ्यालीडेशन युपियुलाई पेश गरिएको छ । त्यसमार्फत ढुवानी मापदण्डले पाँच प्रतिशत बोनस सुनिश्चित भएको छ । पछिल्लो समय इन्टरनेट ग्राहक घनत्व एक १६.९१ प्रतिशत पुगेको छ । सातवटै प्रदेशमा चलचित्र छायाङ्कनस्थल विकास गर्ने उद्देश्यले सबै प्रदेशमा छायाङ्कनस्थल विकास गर्न उपयुक्त हुने स्थान पहिचान भएको छ । चलचित्र विकास बोर्डका अनुसार उत्कृष्ट चलचित्र निर्माणका लागि स्टोरी बैंकको अवधारणा कार्यान्वयन गर्न मौलिक कथाहरुको सङ्कलन गरी स्टोरी बैंक तयार भएको छ । देशभित्र नै सुरक्षित मुद्रण कार्य आरम्भ गर्न सुरक्षित मुद्रणका लागि आवश्यक यन्त्र÷उपकरण तथा सफ्टवेयरसहितको सुरक्षण मुद्रण मेसिन खरिद गरी जडान प्रक्रिया अगाडि बढेको छ । साथै सुरक्षण मुद्रण छापाखानाको लागि आवश्यक पर्ने तीन लाख लिटर क्षमताको फियुल टैँकको आपूर्ति तथा जडान कार्य सम्पन्न भएको छ । अहिलेसम्म चार करोड १४ लाख ५४ हजार ७४८ मोबाइल फोन प्रयोगमा रहेका छन् । मोबाइल सेवाको विस्तारसँगै आधारभूत (फिक्स्ड) टेलिफोनको सङ्ख्या कम हुँदै गएको छ । सरकारले २०७८ फागुनसम्म टेलिफोन घनत्व १३९.८६ प्रतिशत र इन्टरनेट ग्राहक घनत्व ११६.९१ प्रतिशत पु¥याएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ वटा प्याकेजमार्फत ७४ जिल्लाका तोकिएबमोजिमका स्थानमा जडान कार्य सम्पन्न भई सेवा सञ्चालनमा रहेको जानकारी दिए । त्यसैगरी भूकम्पबाट अति प्रभावित आठ जिल्ला (काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा) को सबै स्थानीय तहको कार्यालय, वडा कार्यालय र विद्यालयमा दुई वर्षसम्मको लागि निःशुल्क इन्टरनेट पु¥याउन समझदारीपत्रमा हस्ताक्षर गरी कार्य अगाडि बढेको उनको भनाइ छ । रासस
गभर्नरले राजीनामा दिनुपर्छ : प्रधानमन्त्री
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा देउवाले यस्ताे बताएकाे श्राेतले जनाएकाे छ । ‘प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीले नैतिक रुपमा पनि राजीनामा दिनुपर्ने बताउनुभएकाे छ,’ श्राेतले भने । नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्यमा खोटाङ घर भएका एम अधिकारी मनोनयन भएको समाचार सार्वजनिक भएपछि गभर्नर विवादमा तानिएका छन् । स्थायी घर खोटाङ भएका गभर्नर अधिकारीले भने आफु सो व्यक्ति नभएको बताएका छन् । राष्ट्र बैंक ऐनको दफा २१ (क) मा राजनैतिक दलको सदस्य वा पदाधिकारीका रुपमा नियुक्त हुन नहुने उल्लेख छ ।
राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय काभ्रेमा
काठमाडाैं । राष्ट्रिय वाणिज्य बैकले धुलिखेल नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र संचालनमा ल्याएकाे छ । बैंकले उकत स्थानमा ५१ औं एक्सटेन्सन काउन्टर संचालनमा ल्याएकाे हाे । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गरेका थिए । बैंककाे अनुसार शाखा कार्यालय धुलिखेलमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।