काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा देउवाले यस्ताे बताएकाे श्राेतले जनाएकाे छ ।
‘प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीले नैतिक रुपमा पनि राजीनामा दिनुपर्ने बताउनुभएकाे छ,’ श्राेतले भने ।
नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्यमा खोटाङ घर भएका एम अधिकारी मनोनयन भएको समाचार सार्वजनिक भएपछि गभर्नर विवादमा तानिएका छन् । स्थायी घर खोटाङ भएका गभर्नर अधिकारीले भने आफु सो व्यक्ति नभएको बताएका छन् ।
राष्ट्र बैंक ऐनको दफा २१ (क) मा राजनैतिक दलको सदस्य वा पदाधिकारीका रुपमा नियुक्त हुन नहुने उल्लेख छ ।