सबैको लघुवित्तद्वारा वार्षिकोत्सवको अवसरमा शैक्षिक सामाग्री वितरण

<p>काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले छैंठौं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । लघुवित्तले यस अवसरमा स्वास्थ्य शिविर, शैक्षिक सामग्री वितरण, सरसफाई,  खाद्यान्न तथा फलफुल वितरण र फलफुलको बिरुवा वितरण कार्यक्रम सम्पन्न हो । लघुवित्तले बाँकेमा सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविर कार्यक्रममा १०३ जनाले स्वास्थ्य परीक्षण गराएको लघुवित्तले जानकारी दिएको छ । यस्तै [&hellip;]</p>

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले छैंठौं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । लघुवित्तले यस अवसरमा स्वास्थ्य शिविर, शैक्षिक सामग्री वितरण, सरसफाई,  खाद्यान्न तथा फलफुल वितरण र फलफुलको बिरुवा वितरण कार्यक्रम सम्पन्न हो ।

लघुवित्तले बाँकेमा सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविर कार्यक्रममा १०३ जनाले स्वास्थ्य परीक्षण गराएको लघुवित्तले जानकारी दिएको छ ।

यस्तै लघुवित्तले सिद्दनाथ बाल ज्योति आधारभुत विद्यालयका ३० जना विद्यार्थी, मल्लिका विद्यापिठ गुरुकुल विद्यालयमा अध्यनरत निम्न आयश्रोत भएका तथा अनाथ विद्यार्थी र कालिका प्राथमिक विद्यालयमाका १० जना विद्यार्थी शैक्षिक सामग्री वितरण गरेको छ । 

लघुवित्तले बाँके जिल्लाको खजुरा गाउँपालिका २ रिमझिम बजारमा सरसफाई कार्यक्रम पनि सम्पन्न गरेको छ । रिमझिमचौक शाखाका शाखा प्रमुख सरिता तामाङले फोहोर व्यवस्थापनका लागि ६ वटा ठूला डष्टबिन बजारको मुख्य मुख्य चोकमा राखेकी छिन् ।

यस्तै, लघुवित्तले बर्दियास्थित बाल स्नेह नेपालका अनाथ बालबालिका र दाङस्थित मानव सेवा आश्रममा लाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ । फलफूल तथा खाद्यान्न वितरण गरेको छ ।

लघुवित्तले लमही नगरपालिका सुन्डबरी वडा कार्यालय परिसरमा शाखाका लिच्चि तथा कागतीका बोट विरुवाहरु वितरण तथा वृक्षारोपण गरेको छ ।

Share News