उपकार लघुवित्तको सीईओमा विमल खनाल नियुक्त

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विमल खनाल नियुक्त भएका छन् ।

संस्थाको मंसिर १० गते बसेको सञ्चालक समितिको ११८औँ बैठकले कामु प्रमुख कार्यकारी अधिकृत खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

खनालको नियुक्ति मंसिर १४ गतेदेखि लागू हुने संस्थाले जनाएको छ ।  

Share News