नेरुडे मिर्मिरे लघुवित्तको सञ्चालकमा शिलू कार्की र सम्झना घिमिरे नियुक्त

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा शिलू कार्की र सम्झना घिमिरे नियुक्त भएका छन् ।

संस्थाको मंसिर १० गते बसेको सञ्चालक समितिको ४११औँ बैठकले रिक्त रहेका सञ्चालक पदमा उनीहरूलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कार्की संस्थापक समूहबाट र घिमिरे सर्वसाधारण समूहबाट सञ्चालक नियुक्त भएका हुन् ।

संस्थाले मंसिर ११ गते नेपाल स्टक एक्सचेन्जलाई पत्र पठाउँदै नियुक्तिबारे जानकारी गराएको छ । 

Share News