नेष्डो समृद्ध लघुवित्तको बुक क्लोज मंसिर १८ गते

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौँ वार्षिक साधारण सभा पुस ३ गते गर्ने भएको छ ।

संस्थाको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले पर्वतको कुश्मामा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभा प्रयोजनका लागि संस्थाले मंसिर १८ गते सेयर दाखिल खारेजी तथा दर्ता किताब बन्द गर्ने भएको छ ।

मंसिर १७ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । संस्थाले यस वर्षको साधारण सभामा लाभांश वितरणको कुनै प्रस्ताव नरहेको जनाएको छ । 

Share News