काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
संस्थाको मंसिर १० गते बसेको सञ्चालक समितिको २९६औँ बैठकले ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
संस्थाको असार मसान्तमा कायम चुक्ता पुँजी २५ करोड ५८ लाख ४३ हजार ६२१ रुपैयाँ ८५ पैसाको आधारमा उक्त लाभांश वितरण गर्न लागिएको हो ।
प्रस्तावित लाभांशमध्ये २ करोड ४३ लाख ५ हजार १४४ रुपैयाँ ८ पैसा बराबरको बोनस सेयर र १२ लाख ७९ हजार २१८ रुपैयाँ ११ पैसा नगद लाभांश वितरण गरिनेछ । नगद लाभांश बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत प्रस्ताव गरिएको संस्थाले जनाएको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरिनेछ । त्यसपछि मात्रै सेयरधनीलाई वितरण गरिने संस्थाले जनाएको छ ।