मुक्तिनाथ विकास बैंकले ८ अर्ब चुक्ता पुँजीबाट लाभांश बाँड्ने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई ७.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको मंसिर १० गते बसेको सञ्चालक समितिको ३९२औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको हाल कायम चुक्ता पुँजी ८ अर्ब ३ करोड ८८ हजार ७६७ रुपैयाँको आधारमा नगद लाभांश वितरण गर्न लागिएको हो । प्रस्तावित ७.२५ प्रतिशत नगद लाभांशमा करसमेत समावेश छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी २०औँ वार्षिक साधारणसभाबाट पारित गरिनेछ । साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ । 

Share News