सर्वोत्तम पेन्ट्सको ४२ हजार ५०० कित्ता सेयरको लकइन अवधि पुसमा सकिँदै

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको ४२ हजार ५०० कित्ता साधारण सेयरको लकइन अवधि पुस १० गते सकिने भएको छ ।

कम्पनीले मंसिर १० गते सूचना जारी गर्दै सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको सेयरको लकइन अवधि २०८३ पुस १० गते समाप्त हुने जनाएको हो ।

कम्पनीको जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको थियो ।

उक्त सेयर सर्वसाधारणमा बाँडफाँट भएको मितिले ६ महिनासम्म लकइनमा राखिएको थियो । लकइन अवधि समाप्त भएपछि सम्बन्धित सेयर कारोबारका लागि योग्य हुनेछन् । 

Share News