छिमेक लघुवित्तको साधारण सभा पुस ६ गते, मंसिर २२ मा बुक क्लोज

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २५औँ वार्षिक साधारण सभा पुस ६ गते गर्ने भएको छ ।

संस्थाको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा हेटौंडा–४, मकवानपुरस्थित होटल सामनामा बिहान ११ बजे गर्ने निर्णय गरेको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले मंसिर २२ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ ।

मंसिर २१ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार गरी तोकिएको समयभित्र सेयर रजिस्ट्रार एनएमबी क्यापिटलमा नामसारी गराएका सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।  

Share News