विकासन्युज

यस कारण शिवम् सिमेन्टको सेयर मूल्यमा उछाल

काठमाडौं । शिवम् सिमेन्टले ११ करोड बोरा सिमेन्ट बिक्री गरेको भन्दै व्यवसाय प्रवर्द्धनात्मक प्रचार अभियान थालेपछि यस कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । ठिक महिनाअघि प्रतिकित्ता ६६० रुपैयाँसम्ममा कारोबार भएको शिवम् सिमेन्टकाे सेयर बुधबार प्रतिकित्ता ८४७ रुपैयाँसम्ममा किनबेच भयो । बुधबार मध्यान्य सम्ममा प्रतिकित्ता ६१ रुपैयाँ अर्थात ७.७८ प्रतिशतसम्मले मूल्यवृद्धि भएको छ । सेयर कारोबार रकम, सेयर कारोबार संख्या, कारोबार भएको सेयर कित्ता सबै आधारमा बुधबार शिवम् सिमेन्ट एक नम्बरमा रहेको नेप्सेले जनाएको छ । पछिल्लो एक महिनामा बढी सेयर कारोबार हुने कम्पनीमा पनि शिवम् सिमेन्ट रहेको छ । ‘नेपालमै सर्वाधिक ओपीसी सिमेन्ट बिक्री गर्न सफल’ भनेर व्यवसाय प्रवर्द्धनात्मक प्रचार गरिरहेको छ । त्यसमा कम्पनीले ११ करोड बोरा सिमेन्ट बिक्री गरेको उल्लेख गरेको छ । कम्पनीको अनुसार ११ वर्षमा ११ करोड बोरा सिमेन्ट बिक्री गरेको हो । तर बजारमा एक वर्षमा नै ११ करोड सिमेन्ट बिक्री गरेको भन्ने सन्देश गएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/८९ मा नै यति धेरै सिमेन्ट बेचेको हो कि भन्ने सन्देशले पनि सेयर मूल्यमा सकारात्मक प्रभाव परेको हुन सक्ने बताइएको छ । आर्थिक वर्षको अन्त्यपछिको उक्त प्रचारले पनि एक वर्ष नै यति धेरै सिमेन्ट बिक्री भएको हो कि भन्ने सन्देश प्रवाह भएको देखिन्छ । ‘सेयर मूल्यलाई प्रभाव पार्ने गरी कम्पनी भित्र कुनै परिवर्तन आएको छैन’ कम्पनी सम्बद्ध स्रोतले भन्यो–‘एक वर्षमा नै ११ करोड बोरा सिमेन्ट बिक्री भएको बुझाई कसैलाई परेको छ भने त्यो गलत हो । ११ वर्षमा ११ करोड बोरा सिमेन्ट बिक्री गर्न सफल भएका हौं’ स्रोतले भन्यो ।

डोटीको सायल गाउँपालिकाका ५८४ घरधुरी पहिराको जोखिममा

फाइल फाेटाे डाेटी । डोटीको सायल गाउँपालिकामा बाढी पहिराका कारण सयौँ घर उच्च जोखिम रहेका छन् । उक्त गाउँपालिका–१, २, ४, ५ र ६ मा रहेका करिब ५८४ घरधुरी पहिराको जोखिममा परेका छन् । गत वर्ष असोज, कात्तिक महिनामा परेको अविरल वर्षाले गाउँमाथिबाट पहिरो आएको र ती बस्ती हालसम्म स्थानान्तरण नगरिँदा अहिले जोखिममा परेका स्थानीयवासी तेजबहादुर डुम्रेले बताए । उनले भने, ‘पोहर सालको बाढी पहिराले बस्ती नै सार्नु पर्ने थियो, अहिलेसम्म बस्ती स्थानान्तरण गरिएन अब ठूलो पानी परे कतिबेला पहिराले बस्ती च्यापिन्छ, साह्रै जोखिम भयो ।” विगतमा डोजर प्रयोग गरी धमाधम ग्रामीण सडक निर्माण गरिएका क्षेत्रका सडक किनारका बस्ती पनि अहिले पहिराको जोखिममा रहेको सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँगाउँमा सडक पु¥याउने नाममा जथाभावी सडक खनिँदा अहिले पहिराले बस्ती नै जोखिममा परेका छन्, बस्ती कहाँ सार्ने गाह्रो भयो ।’ गाउँपालिकाको तथ्याङ्कअनुसार वडा नं ४ मा रहेका भल्मा, कुनाकाट्टे, घङारे, बाबनसैन र डौड लगायतका बस्तीका २५० घरधुरी जोखिममा परेका छन् । त्यस्तै वडा नं ५ का ढिपु र सुनिबाटा गरी ६० घरधुरी, वडा नं ६ को रौकल्लाका ७० घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् । त्यस्तै वडा नं २ को सिर्मा गाउँका १२० र घुर्केला गाउँका ३४ घरधुरी उच्च जोखिममा परेका छन् । वडा नं १ कुसिनाऔल र छपालीका ५० भन्दा बढी घरधुरी जोखिममा परेका छन् । यति मात्र नभई यहाँका पहिराको जोखिममा रहेका बस्तीमा सञ्चारका साधनले समेत काम नगर्ने गरेका कारण रातिको समयमा समस्या पर्दा तत्काल कहीँ कतै खबर गर्नसमेत नसकिने अवस्था रहेको वडा नं ४ का वडाध्यक्ष जगतबहादुर साउँदले बताए । पहिराको जोगिममा रहेका सायलका बस्तीहरुमा सञ्चार सम्पर्क सहजताका लागि फोनका टावरहरु निर्माण गर्न पहल भइरहेको गाउँपालिकाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार गत वर्षको असोज ३० गतेदेखि कात्तिक २ गतेसम्म आएको अविरल वर्षा र बाढीपहिरामा परी उक्त पालिकामा ६ जनाले ज्यान गुमाएका थिए । बाढी र पहिराका कारण २०० भन्दा बढी घरपरिवार विस्थापित भएका थिए भने ४१ घरहरुमा पूर्ण रुपमा क्षति भएको थियो । खेतीयोग्य जमिनसहित खेतीबाली बाढी पहिराले पुरेको थियो ।

ललितपुरको ग्वार्कोमा खुल्यो मल्टीब्राण्ड सपिङ्ग स्टोर ‘बिग डिजिटल’

काठमाडौं । ललितपुरको ग्वार्कोमा मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटल खुलेको छ । बुधबार नायिक तथा स्टोरकी ब्राण्ड एम्बेसडर स्वस्तिमा खड्काले स्टोरको उद्घाटन गरेकी छिन् । बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले अन्तर्राष्ट्रियस्तरका विविध ब्राण्डहरु सहज र सरल ढंगले नेपाली ग्राहकहरुलाई उपलब्ध गराउने उदेश्यले स्टोरको स्थापना गरेको बताए । ‘नेपाली ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षालाई परिपूर्ति गर्दै बिग डिजिटलले नेपालको सपिङ्ग क्षेत्रमा नै नँया मापदण्ड सिर्जना गर्नेमा हामी विश्वस्त छौ,’ उनले भने । ओझाको अनुसार यस सपिङ्ग स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, टिभी र वाट्यवादन लगायतका उत्पादनहरु उपलब्ध छन् । उद्घाटनको अवसरमा ग्राहकहरुले खरिद गर्दा लक्की ड्र मार्फत विभिन्न आकर्षक उपहारहरुका साथै १०० प्रतिशत नगद फिर्ता पनि प्राप्त गर्न सक्ने उनले बताए । त्यसैगरी उनीहरुले खरिद गरेको समानको घरमा निस्शुल्क डेलिभरी र जडानको सुविधा पनि पाउने उनले जानकारी दिए । बिग डिजिटलको काठमाडौं उपत्यकामा ४ ठाउँमा र सातै प्रदेशमा स्टोर विस्तार गर्ने योजना रहेको ओझाले बताएका छन् । 

मान्छे पाउँदैनन् मर्चेण्ट बैंकर्सले, धेरै कम्पनीमा सीईओ खाली

काठमाडौं । मर्चेण्ट बैंकिङ्ग कम्पनीहरुमा पछिल्लो समय दक्ष कर्मचारीहरुको अभाव देखिएको छ । उच्च तहमा दक्ष कर्मचारीको अभाव भएपछि नियमित काम सञ्चालनमा पनि कठिनाई हुन थालेको मर्चेण्ट बैंकर्सहरुले बताएका छन् । नेपाल धितोपत्र बोर्ड (सेवोन) मा हालसम्म विभिन्न ३० मर्चेण्ट कम्पनीहरु सञ्चालनमा रहेका छन् । यी मध्ये ६ वटा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत पद खाली रहेको छ । हाल सीबीआईएल क्यापिटल, सिभिल क्यापिटल मार्केट, गरिमा क्यापिटल, माछापुच्छ्रे क्यापिटल, नेपाल बङ्गलादेश क्यापिटल, सिद्धार्थ क्यापिटल लगायतका कम्पनी प्रमुख कार्यकारी अधिकृत (सीईओ) विहीन छन् । यी क्यापिटलमा कार्यवाहकले नै कम्पनी चलाइ रहेका छन् । सीबीआइएल क्यापिटलमा उज्वल चन्द, सिभिल क्यापिटलमा सोभाना घिमिरे, गरिमा क्यापिटलमा निर्मल भट्टराई, माछापुच्छ्रे क्यापिटलमा निरजमान सैँजु, नेपाल बङ्गलादेश क्यापिटलमा राम कुमार महत, सिद्धार्थ क्यापिटलमा सन्दिप कार्कीले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन् । यी कम्पनीमा रहेका केहीको कार्यवाहकको क्षमता समेत पुग्दैन । जसका कारण केही कम्पनीले म्युचुअल फण्ड समेत जारी गर्न सकिरहेका छैनन् । सामूहिक लगानी कोष नियमावली, २०६७ अनुसार प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानून विषयमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरी उद्योग, वाणिज्य, धितोपत्र बजार वा वित्तीय क्षेत्रमा लेखा वा वित्त वा वाणिज्य कानून वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा ७ वर्ष कार्य अनुभव भएको हुनुपर्नेछ । भविष्यमा स्कोप थोरै देखेर, अहिले जोखिम बढी भएर, प्रतिफलक कम भएर पनि मर्चेन्छ बैकिङमा कम आकर्षण भएको जानकारहरु बताउँछन् । अधिकांश मर्चेण्ट कम्पनीहरु बैंका सहायक कम्पनी रुपमा सञ्चालित भएका र बैंकका कर्मचारीलाई मर्चेन्ट बैकिङमा खटाउने परिपाटीले पनि समस्या भएको उनीहरु बताउँछन् । कोर मर्चेण्ट बैंकिङ्गमा काम गर्ने कर्मचारीको अभाव रहेको एनआईसी एशिया क्यापिटलका मर्चेण्ट बैंकिङ्ग प्रमुख दामोदर रायमाझी बताउँछन् । बजारमा मर्चेण्ट बैंकिङ्ग कम्पनीहरु धेरै भएकाले प्रतिस्पर्धा बढेको र त्यो प्रतिस्पर्धा बढेपछि कर्मचारी अभाव हुन थालेको उनको बुझाई छ । उनले भने, ‘यो इण्डस्ट्रि ग्रोइङ्ग भइरहेको छ, मर्चेण्ट बैंकिङ्गलाई राम्रोसँग बुझेका छैनन्, यो क्षेत्रमा भविष्य राम्रो छ तर अहिले सामान्य रुपमा लिइएको छ ।’ मर्चेण्ट बैंकिङ्ग कम्पनीमा कर्मचारी टिकाइ राख्नका लागि नियामक निकायले दाया फराकिलो गर्नुपर्ने उनको भनाई छ । ब्रोकरको काम, प्राइभेट इक्वीटीहरु लगायत नियामक निकायले मर्चेण्ट बैंकिङ्गको स्कोप बढाउनु पर्नेमा उनको जोड छ । बैंकका केही सीमित कर्मचारीले मर्चेन्ट कम्पनी चलाउन सकिन्छ भन्ने भान संचालकहरुमा रहेकाले पनि यो क्षेत्रमा समस्या देखिएको ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल बताउँछन् । मर्चेण्ट बैंकमा काम गर्न इच्छुक जनशक्ति नै बजारमा बजारमा नभएको जस्तो आफूलाई नलागेको उनले बताए । मर्चेन्ट बैंकर्सको संख्या धेरै भएको, प्रतिस्पर्धा बढेको, आम्दानी वृद्धि नभएको, जोखिम बढेकोले पनि केही समस्या देखिएको उनले स्वीकार गरे । मर्चेन्ट बैंकर एसोसिएशन अध्यक्ष मेख बहादुर थापाले भर्खरै क्यारियर शुरु गरेको लागि यो क्षेत्रको भविष्य राम्रो भएको बताए । मर्चेण्ट बैंकमा ५ बर्ष अघिको भन्दा धेरै दायरा बढेको बताउँदै थापाले नियामक निकायले कामका आधारमा पनि कम्पनीलाई न्योचित वर्गीकरण गर्नुपर्ने बताए ।

रनिल विक्रमासिंघे बने श्रीलङ्काकाको नयाँ राष्ट्रपति

काठमाडाैं । श्रीलङ्काकाकाे नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे चयन भएका छन् । बुधबार संसद्‍बाट २१९ मा १३४ मत प्राप्त गरी रनिल विक्रमासिंघे नयाँ राष्ट्रपतिकाे रुपमा चयन भएका हुन् । निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि यहाँको संसद्‍ले नयाँ राष्ट्रपति चयन गरेकाे हाे । श्रीलङ्का पछिल्लो समयमा आर्थिक सङ्कटमा फसेको छ । देश आर्थिक सङ्कटमा फसेसँगै यहाँको राजनीतिक अस्थिरतामा पनि थप बढ्दै गएको बताइएको छ ।

विजय लघुवित्तले माग्यो कर्मचारी, साउन १८ गतेभित्र आवेदन दिनुपर्ने

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले अधिकृत छैठौं र सहायक तेस्रो तहका लागि कर्मचारी मागेको हो । लघुवित्तले बुधबार एक सूचना प्रकाशन गरी कनिष्ठ अधिकृत प्रशासन विभागका लागि १ जना र कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि केही कर्मचारी मागेको हो । अधिकृत छैठौं पदका लागि व्यवस्थापन विषयमा स्नातक तह वा सा सरहको परिक्षा उतिर्ण गरेको वा स्नातकोत्तर तह उतिर्ण गरेको वा बैंक तथा वित्तीय संस्था वा कुनै संगठित संस्थामा अधिकृत स्तरमा २ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । त्यस्तै, सहायक तेस्रो तहका लागि भने कम्तिमा एसईई वा एसएलसी तथा सो सरहको परिक्षा उतिर्ण गरेको गरेको हुनुपर्ने अथवा प्लस टु उतिर्ण गरेको हुनुपर्नेछ । इच्छुक आवेदकले आफ्नो बायोडाटा सहितको प्रमाणपत्र लघुवित्तको वेभसाइटमा गएर सूचना प्रकाशन भएको १५ दिन अर्थात् साउन १८ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

१४५ कम्पनीको ६१ अर्ब रुपैयाँको बोनस सेयर दर्ता, कुनको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) मा एक वर्षको अवधिमा ६१ अर्ब रुपैयाँ बराबरको सेयर दर्ता भएको छ । बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा ६१ अर्ब ७९ करोड ४३ हजार १३१ रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएको हो । बोर्डका अनुसार २०७८ साल साउन ३ गतेदेखि २०७९ अषाढ ३१ गतेसम्ममा १४५ कम्पनीको ६१ करोड ७९ लाख ४३१ कित्ता शेयर बोर्डमा भएको हो । कम्पनीहरुले आर्थिक वर्ष २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ मा वितरण गरेको बोनस सेयर रहेको छ । यो अघिल्लो वर्षको तुलनामा ३३.८० प्रतिशत अर्थात् साढे १५ अर्ब रुपैयाँ बढी हो । यसअघि २०७७ साउन २ गतेदेखि २०७८ अषाढ २९ गतेसम्ममा १३४ कम्पनीको ४६ अर्ब १७ करोड ८१ लाख ३८ हजार ६६२ रुपैयाँ बराबरको ४६ करोड १७ लाख ८१ हजार ३८६ कित्ता बोसन सेयर दर्ता भएको थियो । गत वर्ष भने सबैभन्दा धेरै जीवन विकास लघुवित्तको बोनस सेयर दर्ता भएको छ । लघुवित्तले आर्थिक वर्ष २०७७/०७८ मा ७० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । त्यस्तै, मञ्जुश्री फाइनान्स र नेशनल माइक्रोफाइनान्सले समान ४० प्रतिशत बोनस सेयर वितरण गरेका थिए । महिला लघुवित्तले भने ४७ प्रतिशत बोनस सेयर बोर्डमा दर्ता भएको छ भने हिमालयन डिस्टिलरी कम्पनीले ७५ प्रतिशत बोनस दर्ता भएको हो । यसअघि आर्थिक वर्ष २०७६/०७७ मा भने जनउत्थान सामुदायिक लघुवित्तको ४९.४० प्रतिशत बोनस बोर्डमा दर्ता भएको देखिन्छ । गत वर्ष बोर्डमा ५० वटा माइक्रोफाइनान्स कम्पनी, २६ इन्स्योरेन्स कम्पनी, १२ वटा फाइनान्स कम्पनी, २५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ९ वटा हाइड्रोपावर कम्पनी गरी १४५ वटा कम्पनीको बोनस दर्ता भएको हो । [pdf id=340449]

मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित

काठमाडौं । मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’बाट सम्मानित भएको छ । यो अवार्ड वर्ल्ड कन्फेडेरेसन अफ बिजनेश वर्ल्डकबले आयोजना गर्ने सबैभन्दा महत्वपूर्ण बिजनेस अवार्ड हो । याे अवार्ड व्यापारमा उत्कृष्टता, व्यापारमा अब्बल नेतृत्व, सेवाको गुणस्तर, सेवामा श्रृजनात्मक अभ्यास लगायत विभिन्न ६ विधामा मुल्याङ्कन गरी प्रदान गरिन्छ । वर्ल्ड कन्फेडेरेसन अफ बिजनेश वर्ल्डकबले विश्वभरीका १३० वटा देशहरुका ३५ सयभन्दा बढि व्यापार सदस्यहरुको प्रतिनिधित्व गर्दै आएको छ । यस सम्मानले बैंकलाई भविष्यमा आफ्नो व्यापार प्रणालीमा अझ थप रणनीति बनाउन र ग्राहकहरुका लागि नविनतम सेवाहरु ल्याउन उत्साहित बनाएको बैंकले जनाएकाे छ । बैंकले यसअघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० समेत हासिल गरेको थियो भने ‘ग्लोबल एसएमई अवार्ड २०२१’ को एसएमइ फाइनान्सर अफ द इयर एसिया विधामा पनि बैंक सम्मानित भएको थियो ।