ललितपुरको ग्वार्कोमा खुल्यो मल्टीब्राण्ड सपिङ्ग स्टोर ‘बिग डिजिटल’

<p>काठमाडौं । ललितपुरको ग्वार्कोमा मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटल खुलेको छ । बुधबार नायिक तथा स्टोरकी ब्राण्ड एम्बेसडर स्वस्तिमा खड्काले स्टोरको उद्घाटन गरेकी छिन् । बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले अन्तर्राष्ट्रियस्तरका विविध ब्राण्डहरु सहज र सरल ढंगले नेपाली ग्राहकहरुलाई उपलब्ध गराउने उदेश्यले स्टोरको स्थापना गरेको बताए । &#8216;नेपाली ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षालाई परिपूर्ति [&hellip;]</p>

काठमाडौं । ललितपुरको ग्वार्कोमा मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटल खुलेको छ । बुधबार नायिक तथा स्टोरकी ब्राण्ड एम्बेसडर स्वस्तिमा खड्काले स्टोरको उद्घाटन गरेकी छिन् ।

बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले अन्तर्राष्ट्रियस्तरका विविध ब्राण्डहरु सहज र सरल ढंगले नेपाली ग्राहकहरुलाई उपलब्ध गराउने उदेश्यले स्टोरको स्थापना गरेको बताए ।

‘नेपाली ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षालाई परिपूर्ति गर्दै बिग डिजिटलले नेपालको सपिङ्ग क्षेत्रमा नै नँया मापदण्ड सिर्जना गर्नेमा हामी विश्वस्त छौ,’ उनले भने ।

ओझाको अनुसार यस सपिङ्ग स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, टिभी र वाट्यवादन लगायतका उत्पादनहरु उपलब्ध छन् ।

उद्घाटनको अवसरमा ग्राहकहरुले खरिद गर्दा लक्की ड्र मार्फत विभिन्न आकर्षक उपहारहरुका साथै १०० प्रतिशत नगद फिर्ता पनि प्राप्त गर्न सक्ने उनले बताए । त्यसैगरी उनीहरुले खरिद गरेको समानको घरमा निस्शुल्क डेलिभरी र जडानको सुविधा पनि पाउने उनले जानकारी दिए ।

बिग डिजिटलको काठमाडौं उपत्यकामा ४ ठाउँमा र सातै प्रदेशमा स्टोर विस्तार गर्ने योजना रहेको ओझाले बताएका छन् । 

Share News