नेपालमा कोरोनाको सक्रिय सङ्क्रमित २८ सय नाघ्यो
काठमाडौं । नेपालमा कोरोनाको सक्रिय सङ्क्रमित संख्या २८ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार शुक्रबार नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ८४१ पुगेको हो । शुक्रबार ३ हजार ८३८ जनामा पिसिआर र एन्टिजेन परिक्षण गर्दा ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, मन्त्रालयको अनुसार ८० जना संक्रमणमुक्त भएका छन् ।
राष्ट्र बैंकले उत्पादनशील र ब्यापारिक क्षेत्रको कर्जाको ब्याजदर फरक–फरक ताेक्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले निश्चित उत्पादनशील क्षेत्र र व्यापारिक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदरमा अन्तर कायम गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै गभर्नर महाप्रसाद अधिकारीले अब उत्पादनशील र ब्यापारिक क्षेत्रको कर्जाको ब्याजदर फरक–फरक हुने बताएका हुन् । यस्तै, उत्पादनशील र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदरमा भिन्नता ल्याइने बताइएको छ । हाललाई बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगका लागि रु.२ करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरेको छ ।
५ करोडसम्मका ऋणीलाई राहत, ठूला ऋणी निगरानीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिन नीति मार्फत ५ करोडसम्मका ऋणिलाई केही राहात दिएको छ । तर ठूला ऋणिहरुलाई भने थप निगरानी गरिने गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । बैंक तथा वित्तीय संस्थाबाट अधिकतम रु.५ करोडसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायहरुले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाउने व्यवस्था गरिनेछ, गभर्नर अधिकारीमा मौद्रिक नीति सार्वजनिक गर्दै भने । त्यस्तै, उत्पादनशील र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदरमा भिन्नता ल्याइने भएको छ । हाललाई बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगका लागि रु.२ करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरिने उनले बतए । तर उनले ठूला ऋणिहरुमाथि राष्ट्र बैंकको निगरानी बढाइने बताए । ‘बैंक तथा वित्तीय संस्थाबाट ठूला कर्जा उपभोग गर्दै आएका ऋणीहरुको पहिचान गर्न लार्ज एक्पोजर फ्रेमवर्क तयार गरिनेछ । साथै, ठूला ऋणीहरुले बैंकिङ्ग प्रणालीबाट उपभोग गरिरहेको कर्जाको अनुगमनलाई थप प्रभावकारी बनाइनेछ । विद्यमान एकल ग्राहक कर्जासम्बन्धी सीमालाई पुनरावलोकन गरिनेछ’ उनले भने । ठूला ऋणिलाई पनि सुविधाका प्याकेज रहेको अधिकारीले बताए । ‘निजी क्षेत्रलाई सूचना प्रविधि तथा औद्योगिक पार्क निर्माण गर्न कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुले प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्ने व्यवस्था मिलाइने’ उनले बताए ।
सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुकाे उपचारकाे लागि ४ लाख ८० हजार दिने
काठमाडौं । सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगंजबीच न्युन आर्थिक अवस्था भएका महिलाहरुकाे लागि आर्थिक सहयोग गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरुगाईले र अस्पतालको तर्फबाट प्रहरी अतिरिक्त महानिरिक्षक डा. आशा सिंहले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारको लागि वार्षिक ४ लाख ८० हजार सहयोग पुर्याउनेछ । सानिमा बैंकले प्रत्येक नारी बचत खाता वापत बैंकको तर्फबाट मासिक एक रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उदेश्यले नेपाल प्रहरी अस्पतालसँग सम्झौता गरेको बैंकले जनाएको छ ।
लघुवित्तले आफ्नो पुँजीकोष बराबरको ऋणपत्र जारी गर्न पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न पाउने भएका छन् । शुक्रबार चालु आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो पुँजीकोष बराबरको ऋणपत्र जारी गरी स्रोत परिचालन गर्न सक्ने व्यवस्था गरेको हो । साथै बैंक तथा वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थालाई विपन्न वर्ग कर्जा अन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत बिन्दुसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यस व्यवस्थाले लघुवित्तहरूलाई सस्ताे व्याजदरमा स्राेत उपलब्ध हुनेछ भने लघुवित्तका ऋणिहरूलाई पनि कर्जा सस्ताे बनाउन मद्दत गर्नेछ ।
५ करोडसम्म कर्जा लिएका उद्यमीले असोजसम्म सावाँ ब्याज तिरेमा पेलान ब्याज तिर्नु नपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंक्ले बैंक तथा वित्तीय संस्थाबाट अधिकतम रु.५ करोडसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायहरुले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाउने व्यवस्था गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो ब्यवस्था गरेका हुन् ।
निजी क्षेत्रमा प्रवाह हुने ऋण अनुमान भन्दा कम
काठमाडौं । मौद्रिक क्षेत्रबाट निजी क्षेत्रतर्फको कर्जाको वृद्धिदर ०७९ जेठ मसान्तसम्म १६ प्रतिशत मात्रै भएको गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । गत आर्थिक वर्षमा मौद्रिक क्षेत्रबाट निजी क्षेत्रतर्फको कर्जाको वृद्धिदर १९ प्रतिशत कायम रहने अनुमान भएपनि १६ प्रतिशत मात्रै प्रवाह भएको गभर्नर अधिकारीले बताएका हुन् । विस्तृत मुद्रा प्रदायको वार्षिक वृद्धिदर १८ प्रतिशत हुने अनुमान गरिएकोमा ०७९ जेठ मसान्तसम्म बिन्दुगत वृद्धिदर ९ प्रतिशत कायम भएको गभर्नर अधिकारीले बताएका छन् ।
यस्तो छ मौद्रिक नीति (पूर्णपाठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेका हुन् । मूल्य र विदेशी विनिमय सञ्चितिमा परेको चापलाई मध्यनजर राखेर समष्टिगत आर्थिक स्थायित्वको लागि ब्याजदर करिडोर अन्तर्गतको दरहरुलाई १.५ प्रतिशत बिन्दुले वृद्धि गरी बैंक दर ८.५ प्रतिशत, नीतिगत दर ७ प्रतिशत र निक्षेप संकलन दरलाई ५.५ प्रतिशत कायम गरिएको छ । बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपातलाई २०७९ भदौ १ गतेदेखि लागू हुने गरी १ प्रतिशत बिन्दुले वृद्धि गरी ४ प्रतिशत पुर्याइनेछ । बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपातलाई वृद्धि गरी २०७९ पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले १२ प्रतिशत, विकास बैंक र वित्त कम्पनीहरुले १० प्रतिशत पुर्याउनु पर्ने व्यवस्था गरिनेछ । अन्तरबैंक बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोवार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसकेका बैंक तथा वित्तीय संस्थालाई सो संस्थाले माग गरेमा बैंक दरमा २ प्रतिशत बिन्दुले पेनाल दर थप गरी अन्तिम ऋण दाता सुविधा उपलव्ध गराइने गभर्नर अधिकारीले बताए । सेयर बजारलाई राहात सेयरधितो कर्जाको ४ करोड र १२ करोडको सीमामा हेरफेर गरिएको छ । राष्ट्र बैंकले उक्त नीति हेरफेर गर्दै ४ करोडको सीमा हटाएर १२ करोडको सीमालाई यथावत् राखेको छ । ‘सेयरधितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा रु.१२ करोड कायम गरिने व्यवस्था राष्ट्र बैंकले गरेको छ’ गभर्नर अधिकारीले भने । शेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइनेछ । तर शेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार रु.२५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखिएको गभर्नर अधिकारीले बताए । ५ करोडसम्मका ऋणिलाई राहात, ठूलालाई निगरानी नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिन नीति मार्फत ५ करोडसम्मका ऋणिलाई केही राहात दिएको छ । तर ठूला ऋणिहरुलाई भने थप निगरानी गरिने गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । बैंक तथा वित्तीय संस्थाबाट अधिकतम रु.५ करोडसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायहरुले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाउने व्यवस्था गरिनेछ, गभर्नर अधिकारीमा मौद्रिक नीति सार्वजनिक गर्दै भने । त्यस्तै, उत्पादनशील र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदरमा भिन्नता ल्याइने भएको छ । हाललाई बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगका लागि रु.२ करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरिने उनले बतए । तर उनले ठूला ऋणिहरुमाथि राष्ट्र बैंकको निगरानी बढाइने बताए । ‘बैंक तथा वित्तीय संस्थाबाट ठूला कर्जा उपभोग गर्दै आएका ऋणीहरुको पहिचान गर्न लार्ज एक्पोजर फ्रेमवर्क तयार गरिनेछ । साथै, ठूला ऋणीहरुले बैंकिङ्ग प्रणालीबाट उपभोग गरिरहेको कर्जाको अनुगमनलाई थप प्रभावकारी बनाइनेछ । विद्यमान एकल ग्राहक कर्जासम्बन्धी सीमालाई पुनरावलोकन गरिनेछ’ उनले भने । ठूला ऋणिलाई पनि सुविधाका प्याकेज रहेको अधिकारीले बताए । ‘निजी क्षेत्रलाई सूचना प्रविधि तथा औद्योगिक पार्क निर्माण गर्न कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुले प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्ने व्यवस्था मिलाइने’ उनले बताए । जग्गा धिताेमा ३० प्रतिशत कर्जा घर जग्गा कारोबारीलाई नयाँ मौद्रिक नीतिले झड्का दिएको छ । अब बैंक तथा वित्तीय संस्थाले काठमाडौं उपत्याकामा धितो मूल्यको ३० प्रतिशत मात्र कर्जा दिन पाउने व्यवस्था गरिएको छ । ‘बैंक तथा वित्तीय संस्थाले घर÷जग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालु बीचको अनुपात काठमाण्डौ उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरिनेछ’ मौद्रिक नीतिमा भनिएको छ । यसअघि काठमाडौं उपत्यकामा मूल्यको ४० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाइन्थ्यो । त्यस्तै, राजधानी बाहिर फेयर मूल्यको ५० प्रतिशतसम्म कर्जा लगानी गर्न पाइन्थ्यो । दुबै क्षेत्रमा प्रवाह हुने कर्जा फेयर मूल्यमा १० प्रतिशत सीमा घटाइएको छ । यसले घरजग्गामा जाने कर्जा घट्ने नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले बताए । नेपाल राष्ट्र बैंकले घर जग्गा धितोमा धेरै कर्जा जाँदा घरजग्गा कारोबारी मौलाएको तर यसले अर्थतन्त्रमा भ्यालु एड नगरेको बताउँदै आएको छ । [pdf id=341016]