लघुवित्तले आफ्नो पुँजीकोष बराबरको ऋणपत्र जारी गर्न पाउने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न पाउने भएका छन् । शुक्रबार चालु आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो पुँजीकोष बराबरको ऋणपत्र जारी गरी स्रोत परिचालन गर्न सक्ने व्यवस्था गरेको हो । साथै बैंक [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न पाउने भएका छन् ।

शुक्रबार चालु आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो पुँजीकोष बराबरको ऋणपत्र जारी गरी स्रोत परिचालन गर्न सक्ने व्यवस्था गरेको हो ।

साथै बैंक तथा वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थालाई विपन्न वर्ग कर्जा अन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत बिन्दुसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यस व्यवस्थाले लघुवित्तहरूलाई सस्ताे व्याजदरमा स्राेत उपलब्ध हुनेछ भने लघुवित्तका ऋणिहरूलाई पनि कर्जा सस्ताे बनाउन मद्दत गर्नेछ ।

Share News