विकासन्युज

एसइईको रिजल्ट आजै सार्वजनिक हुने, कसरी हेर्ने ?

फाइल फाेटाे  काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । ‘विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरेका थिए, त्यस्तो समस्या नआओस् भनेर यसपटक कडाइका साथ विद्यार्थीको विवरण रुजु (पुनः जाँच) गर्ने काम भएकाले नतिजा प्रकाशनमा केही ढिला हुन गएको हो’, उनले भने । स्थानीय तहको निर्वाचनका कारणले पनि केही दिन नतिजा पर धकेलिएको रायमाझीको भनाइ छ । शिक्षाका कर्मचारीदेखि उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक- शिक्षिका निर्वाचनमा खटिएकाले परीक्षणमा केही ढिला भएकाले नतिजा सार्वजनिक गर्न समय लागेको उनले बताए । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएको नियन्त्रक रायमाझीले जानकारी दिए । यसरी हेर्न सकिन्छ एसइईको नतिजा  एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ । एसईईको रिजल्ट तीन माध्यमबाट हेर्न सकिने नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ । यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ । ग्रेडिङ प्रणालीले सिकाइको गुणस्तर खस्किँदै गएपछि मन्त्रालयले विद्यालय तहमा न्यूनतम अङ्क ल्याउनुपर्ने व्यवस्थामा जोड दिएको हो । रासस

एनआईसी एशिया लघुवित्तको नाफा २४.४९ प्रतिशत बढ्दा ईपीएस ३३.६७ रुपैयाँ पुग्यो, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्ता लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २४.४९ प्रतिशत बढेर ५८ करोड ५६ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ४७ करोड ४ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ४३.३५ प्रतिशत बढेर १ अर्ब ४९ करोड ५ लाख २६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ अर्ब ३ करोड ९७ लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असार मसान्तसम्ममा लघुवित्तको सञ्चालन नाफा ३१.७२ प्रतिशत बढेर ९२ करोड ९३ लाख ६३ हजार रुपैयाँ र कूल सञ्चालन आम्दानी ४८.६९ प्रतिशत बढेर १ अर्ब ७७ करोड ४० लाख ५३ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ, जगेडा कोष ६८.५५ प्रतिशत बढेर १ अर्ब ४० करोड ८९ लाख ४ हजार रुपैयाँ, सापटि रकम ४.६१ प्रतिशत बढेर १६ अर्ब ३१ करोड ७ लाख ५७ हजार रुपैयाँ, निक्षेप २५.१९ प्रतिशत बढेर ३ अर्ब ३५ करोड २६ लाख ६२ हजार रुपैयाँ र कर्जा २९.३३ प्रतिशत बढेर २१ अर्ब ८४ करोड ७३ लाख ५१ हजार रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी १ रुपैयाँ २० पैसा बढेर ३३.६७ रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३२.४७ रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा लघुवित्तको मूल्य आम्दानी अनुपात २५.५४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ रहेको छ ।

लक्ष्मी क्यापिटलले साउन १९ गतेदेखि शुभ लक्ष्मी कोष म्युचुअल फण्ड बिक्री खुला गर्ने

काठमाडौं । लक्ष्मी क्यापिटल लिमिटेडले साउन १९ गतेदेखि शुभ लक्ष्मी कोष योजनाको इकाई निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कोष प्रवद्र्धक लक्ष्मी बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल रहेको शुभ लक्ष्मी कोष म्युचुअल फण्ड साउन १९ गतेदेखि बिक्री खुला गर्ने भएको हो । यो लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत रहेको एक खुलामुखी योजना हो । क्यापिटलले प्रति इकाई मूल्य १० रुपैयाँका दरका ५ करोड इकाई मध्ये ७५ लाख वा १५ प्रतिशत कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई, ४ करोड २५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई बिक्री खुला गर्नेछ । क्यापिटलको उक्त फण्डमा १०० इकाईदेखि ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । उक्त फण्डको इकाईमा छिटोमा साउन २३ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । लक्ष्मी क्यापिटल लक्ष्मी बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा उल्लेख्य सुधार, वितरणयोग्य नाफा २ अर्ब रुपैयाँ भन्दा माथि

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १४.८३ प्रतिशत बढेर ४ अर्ब ८ करोड ६३ लाख ८४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ५५ करोड ८६ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ६.३६ प्रतिशत बढेर ५ अर्ब ९४ करोड ९० लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ५९ करोड ३० लाख ५४ हजार रुपैयाँ खुद  ब्याज आम्दानी गरेको थियो । असार मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा ३१.४१ प्रतिशत बढेर ६ अर्ब ७२ करोड ७६ लाख १ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १.७२ प्रतिशत घटेर ८ अर्ब २५ करोड ५ लाख ६ हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी १३.३० प्रतिशत बढेर १ अर्ब २६ करोड ५१ लख ७० हजार रुपैयाँ र वितरण योग्य नाफा २ अर्ब ३ करोड ८३ लाख ७६ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२.६१ प्रतिशत बढेर १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैयाँ, जगेडा कोष ३.८३ प्रतिशत बढेर १४ अर्ब ६७ करोड ८० लाख ११ हजार रुपैयाँ, निक्षेप ५.८७ प्रतिशत बढेर १ खर्ब ८४ अर्ब ७७ करोड ८७ लाख २४ हजार रुपैयाँ र कर्जा ०.४१ प्रतिशत बढेर १ खर्ब ५७ अर्ब ४६ करोड ९७ लाख ४४ हजार रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी २२.३२ रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात ११.८७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८७.२१ रुपैयाँ रहेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा छलाङ, ईपीएस २४.०७ रुपैयाँ पुग्दा वितरणयोग्य नाफा कति ?

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ६२.२७ प्रतिशत बढेर २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३९ करोड ८८ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ४४.८६ प्रतिशत बढेर ३ अर्ब ७५ करोड ७३ लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५९ करोड ३७ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । असार मसान्तसम्ममा सञ्चालन मुनाफा ६१.५४ प्रतिशत बढेर ३ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ३१.६७ प्रतिशत बढेर ५ अर्ब ३५ करोड ४ लाख ३९ हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी ३३.१९ प्रतिशत बढेर ९३ करोड २७ लाख १९ हजार रुपैयाँ र वितरण योग्य नाफा १ अर्ब ५९ करोड ३६ लाख ४० हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेर ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ, जगेडा कोष १३.४० प्रतिशत बढेर ५ अर्ब ७६ करोड ३७ लाख १ हजार रुपैयाँ, निक्षेप ६.९२ प्रतिशत बढेर ९३ अर्ब ७२ करोड १९ लाख १६ हजार रुपैयाँ र कर्जा २६.८६ प्रतिशत बढेर ७९ अर्ब १७ करोड ३९ लाख ९१ हजार रुपैयाँ पुगेको छ । ग्त असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७५ पैसा बढेर २४ रुपैयाँ ७ पैसा पुगेको छ । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १६.४६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ रहेको छ ।

राष्ट्रपतिले भनिन् : अर्थतन्त्र समस्यामा आयो, खर्च कम गरौं, तत्काल लाभ पाइने क्षेत्रमा फड्को मारौं

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सम्पादकहरूसँग अन्तरक्रिया गर्दै अर्थतन्त्रको विषयमा चिन्ता व्यक्त गरेकी छन् । मंगलबार शीतल निवासमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा राष्ट्रपतिले देशको वर्तमान अर्थतन्त्रको विषयमा चिन्ता व्यक्त गरेकी हुन् । उनले बढ्दो व्यापार घाटाको सन्दर्भ उठाउँदै यसको पूर्तिका लागि मुख्य दुइटा सुझाव दिएकी छन् । उनले अब फजुल खर्च नियन्त्रण र अर्थव्यवस्थमलाई स्वावलम्बी तथा आत्मनिर्भर बनाउन नेपालको लागि तुलनात्मक लाभको क्षेत्रमा तत्काल फड्को मार्ने गरी कामको सुरुवात गर्नु पर्ने बताइन् । कोभिड–१९ महामारीले समग्र स्वास्थ्य क्षेत्रमा ठूलो क्रान्तिको माग गरेको पनि राष्ट्रपतिले बताइन् । मुलुकको आर्थिक प्रणाली शिक्षा स्वास्थ्य विदेश नीति लगायतका आधारभूत सवालहरूमा राज्यले लिनुपर्ने दिशाका बारेमा संविधानले स्पष्ट मार्गदर्शन गरेको भन्दै राष्ट्रपतिले राष्ट्रका सामु उपस्थित अहम् विषयहरूमा संविधानलाई शिरमा राखेर सबै राजनीतिक दलहरूबीच सहमति कायम हुनुपर्ने धारणा राखिन् ।

आईटीभीले ग्राहकहरूको मन जित्छ भन्नेमा विश्वस्त छौं : रमेश सापकोटा

डिस मिडिया नेटवर्कले मंगलबार ‘डिसहोम आईटीभी’ सेवा सुरू गरेको छ । डीटीएच र टेरेस्ट्रियलभन्दा फरक विधि इन्टरनेट प्रोटोकलमा आधारित यो डिसहोम आईटीभीमा दुई सयभन्दा बढी टीभी च्यानल हेर्न सकिने कम्पनीको दाबी छ । मनोरञ्जनात्मक सामग्री, गुञ्जन, सिने हट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिजजस्ता एक्स्क्लुसिभ च्यानलहरु डिसहोम आईटीभीमा हेर्न सकिने कम्पनीको भनाइ छ । त्यससँगै भिडिओ अन डिमान्ड, क्याच–अप टिभी/स्टार्ट ओभर टिभी, युट्युब, टिकटक, फेसबुक लगायतका एप्लिकेसन लगायतको सुविधा हरेको आईटी टीभीको विषयमा हामीले डिसहोमका जनरल म्यानेजर रमेश सापकोटासँग कुराकानी गरेका छौं । हिस मिडिया नेटवर्कले ‘डिसहोम आईटीभी’ सार्वजनिक गरेको छ, डिसहोम आईटीभी भनेको के हो ? यो इन्टरनेट टेलिभिजन हो । हामीले यसलाई ‘डिसहोम आईटीभी भनेर ब्राण्डिङ गरेका छौं । यो इन्टरनेटमार्फत् चल्ने टीभी हो । डाइरेक्ट टु होम (डीटीएच) स्याटेलाइटबाट चल्थ्यो । यो आईटीभी इन्टरनेटमार्फत् ग्राहकको घर–घरमा पुग्ने टेलिभिजन हो । अहिले जसले डिस होमको फाइवरनेट सेवा लिइरहनु भएको छ । उनीहरुले आईटीभीको सेटअप बक्समार्फत् यो सेवा पनि पाउनुहुन्छ । अहिले २६ वटा जिल्ल्लामा फाइबरनेटका ग्राहकहरु हुनुहुन्छ । ति सबै ग्राहकमा आईटीभीको सेवा पुर्याउँछौं । डीटीएच र आईटीभीको सेटअप बक्स अलग–अलग हुन्छ वा एउटै सेटअप बक्समार्फत् ग्राहकले सेवा पाउँछन् ? दुइटैको सेटअप बक्स अलग–अलग नै हुन्छ । डीटीएचका ग्राहकले आईटीभी राख्दा थप सुविधा पाउनु हुन्छ । आइटीभीमा हुने भनेको युटुब, फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जाल सहित अन्य एप्लिकेशनहरु छन् । इन्टरनेट टीभीमा सबै कुराहरु हेर्न मिल्यो । डीटीएच कन्टेन्ट क्वालिटीको हिसाबले राम्रो हुन्छ । जुन ठाउँमा डीटीएचको सेवा लिइरहनु भएको छ, उहाँहरुको लागि डिसहोमको आईटीभी पनि महत्वपूर्ण छ । त्यही शुल्कमा उनीहरुले आईटीभी प्रयोग गर्न पाउनुहुन्छ । हामीले अहिले एउटा स्कीम ल्याउँदैछौं । बजार एरियामा डिसहोम, डीसहोम आईटीभी र गाउँमा डिटीएच प्रयोग गर्ने किसिमले हामी स्कीम ल्याउँदैछौं । एउटै मुल्य तिरेर तीन ठाउँमा टीभी हेर्न सक्ने स्कीम हामी ल्याउँदैछौं । डिसहोम आईटीभी प्रयोग गर्ने ग्राहकले मासिक शुल्क कति तिर्नु पर्छ ? आईटीभी एउटा कम्बो प्याकेजमा हुन्छ । इन्टरनेट फाइवरनेटको माध्यमबाटै आईटीभी हुन्छ । कुनै ग्राहकले डिसहोमको सेवा लिनु भयो भने अर्थात उहाँहरुले डीसहोमको आईटीभी सेवा पनि लिन्छु भन्नु भयो भने एक वर्षको रिचार्ज पाउनुहुन्छ । उहाँहरुले सुरुवातको शुल्क तिर्नु पर्दैन । इन्टरनेटको मासिक शुल्क तिरेर नै सेवा लिन सक्नुहुन्छ । एक महिनाको प्याकेज मात्रै लिन्छु भन्नु भयो भने त्यो सेवा पनि हुन्छ । आईटीभीको लागि २४ सय प्सल भ्याट तिर्नु पर्ने हुन्छ । मासिक मुल्यमाा ५०देखि एक सय रुपैयाँसम्म इन्टरनेटको प्याकेज भनेर हामीले थप पैसा लिएर सेवा दिन्छौं । नेपालमा भौगलिक हिसाबले विकट तथा दुर्गम क्षेत्र पनि धेरै छ, इन्टरनेट नै नपुगेका ठाउँमा आईटीभी कसरी पुग्छ ? इन्टरनेटको नेटवर्क जसरी विस्तार हुँदैछ, त्यो विस्तारसँगै आईटीभी पनि सँगै जान्छ । धेरै ठाउँमा डीटीएच पनि हुन्छ । दुर्गम ठाउँमा डीटीएच राम्रो हो । बजार क्षेत्रका ग्राहकका लागि आईटीभी राम्रो टेलिभिजन हो । हामीले विस्तारै सबै ठाउँमा आईटीभी पुर्याउने किसिमले काम गरिरहेका छौं । अहिले डिसहोमसँग लाखौं ग्राहक जोडिएका छन्, अब आईटीभी कत्ति ग्राहकको माझ पुग्छ ? आईटीभी चल्नको लागि इन्टरनेट नै आवश्यक हुन्छ । नेपालभरी नै पुग्ने डिस मिडिया नेटवर्कको लक्ष्य छ । डिसहोमसँगै डिसहोमको आईटीभी पनि सँसँगै अगाडि बढ्छ । जुन हिसाबमा डिसहोमको फाइबरनेट जान्छ त्यही गतिमा आईटीभी पनि जान्छ । अहिलेको नयाँ जेनरेशनस सोसियल मिडिया, इन्रटनेटका विभिन्न प्लेटफर्ममा हुनुहुन्छ । उहाँहरुका लागि आईटीभी लोकप्रिय हुन्छ भन्ने हाम्रो विश्वास छ । आईटीभी सुरु गर्नुभन्दा अगाडि भौतिक पूर्वाधार अति–आवश्यक हुन्छ, त्यसको सबै काम भइसकेको हो ? त्यो सबै काम भइसकेको छ । हामीसँग दुई वर्षको अवधिमा डिसहोम फाइबरनेटका १ लाख ६० हजार हुनुहुन्छ । एउटा डीटीएच प्सल इन्टरनेट र अर्को आईटीभी प्लस इन्टरनेट । एउटै प्लेटफर्म तथा इन्टरेनेटमा दुइटै सेवा पाउनुहुन्छ । डिसहोम सबैको च्वाइस हो । आईटीभी पनि सबैको च्वाइस हुन्छ भन्ने हाम्रो विश्वास छ । यसमा लाइभ टीभी, युटुब लगायतका एप्लिकेशन हेर्न मिल्ने भएको कारण पनि सबैको रोजाइमा पर्छ । यसको ट्रायल (परीक्षण) भइसकेको हो ? यो लेटेस्ट प्रविधि अपग्रेड गरेर नै हो । अहिले जति पनि आईटी टीभी प्रयोग गर्नुहुन्छ यसमा कुनै समस्या आउँदैन । कनै समस्या तथा दुविधा बिना नै डिसहोम आईटीभी चल्छ । डिसहोमको आईटीभी इन्टरनेटबाट सेटअप बक्स जोड्नु भयो भने एकदमै राम्रो हुन्छ । प्रभु टीभीको सेटअप बक्स अपडेट भइसकेको छ । त्यसबाटै सञ्चालन हुने हो । फाइबरनेटका ग्राहकबाट कस्तो प्रतिक्रिया आइरहेको छ ? सबैभन्दा राम्रो प्रतिक्रिया नै डिसहोम फाइबरनेटका ग्राहकको छ । अहिले फाइबरनेट प्रयोग गर्ने ग्राहकहरुले आईटीभी पनि राख्नुहुन्छ भन्ने हाम्रो विश्वास छ । कहिलेकाहीँ पानी पर्दा पनि टीभीको लाइन जाने भन्ने गुनासो आउँछ, यो समस्या डिसहोम आईटीभीमा आउँछ कि आउँदैन ? त्यस्तो समस्या आउन नदिनका लागि नै डिसहोम इन्टरनेट टीभी ल्याएका हौं । अब पानी पर्दा, बतास चल्दा लगायत कुनै पनि समस्या देखिँदा पनि आईटीभी अवरुद्द हुँदैन । पानी पर्दा रोकिने समस्या संसारभर हो । डीटीएच हाइ फ्रिक्वेन्सी ब्यान्ड हो । जति उच्च भयो पानी पर्दा त्यति नै समस्या आउँछ । तर, अहिले दिनप्रतिदिन त्यसको समस्या समाधान भइरहेको छ । यो आईटीभीमा त्यो समस्या आउँदैन ।

नेपाल एसबिआई बैंकका ग्राहकलाई होटल बाराही हस्पिटालिटीमा छुट

काठमाडौं । नेपाल एसबिआई बैंक र होटल बाराही हस्पिटालिटी एण्ड लिजरबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका सम्पुर्ण भिसा डेबिट क्रेडिट कार्डवाहक ग्राहकलाई ग्रुपका होटल बाराही, बाराही जंगल लज तथा सारङकोट माउनटेन लजमा विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा होटल बाराही हस्पिटालिटी एण्ड लिजरका रेजिडेन्ट म्यानेजर राजकुमार केसीले हस्ताक्षर गरेका छन् ।