विकासन्युज

माछापुच्छ्रे बैंकले तलबी खातामा रहेको दुर्घटना बीमा वापत दियो ७ लाख 

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो तलबी खातामा रहेको बीमा सुविधा अन्तर्गत ग्राहकलाई ७ लाख रुपैयाँको बिमा रकम भुक्तानी गरेको छ । बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका माकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बीमा सुविधा अन्तर्गत रकम भुक्तानी गरेको हो । ग्राहक उमाकान्त चौधरीको दुर्घटनाबाट मृत्यु पश्चात उनको परिवारले दाबी गरेको उक्त दुर्घटना बीमा बैंकले मृतकको परिबारलाई हस्तान्तरण गरेको हो । माछापुच्छ्रे बैंकले शून्य न्यूनतम मौज्दातमा खोल्न मिल्ने स्मार्ट तलब खातामा ग्राहकहरुलाई ७ लाखसम्मको दुर्घटना बीमा, १ लाख बराबरको जटिल प्रकृतिका रोगको उपचार खर्च, ४० हजारसम्मको अस्पताल भर्ना खर्च र १० हजारसम्मको औषधी खर्च जस्ता सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा, २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेव प्रदान गर्दै आइरहेको ।

२७ वटा भुक्तानी सेवा प्रदायकले पाए राष्ट्र बैंकको स्वीकृति, कसको चुक्ता पुँजी कति ?

काठमाडौं । हालसम्म २७ वटा भुक्तानी सेवा प्रदायकले नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएका छन् । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका अनुसार २०७९ असार मसान्तसम्ममा सो संख्याका संस्थाले भुक्तानी सेवा दिनको लागि अनुमति पाएका हुन् । जसमध्ये सबैभन्दा पहिले अनुमति पाउनेमा आईएमई डिजिटल सोलुसन रहेको छ । काठमाडौंको पानीपोखरीस्थित रहेको उक्त सोलुसनले २०७४ असार ५ गते राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति पाएको हो । जसको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । त्यस्तै, २०७४ मै भुक्तानी सेवा प्रदायकको अनुमति पाउनेमा ई सेवा प्राइभेट र प्रभु टेक्नोलोजी प्राइभेट रहेको छ । यी दुबैको चुक्ता पुँजी १०र१० करोड रुपैयाँ छ । २०७५ मा सेलकम प्राइभेट र सीजी पे नेपाल प्राइभेटले अनुमति पाएका हुन् । यी दुईको चुक्ता पुँजी क्रमशः १ करोड ५० लाख र १ करोड रुपैयाँ छ । त्यस्तै, २०७६ सालमा भुक्तानी सेवा प्रदायकको अनुमति पाउनेमा विभिन्न ८ वटा संस्था छन् । जसमा खल्ती प्राइभेट, पे नेप प्रा.लि., क्यु पे प्रा.लि., नेपाल पे टाइम प्रा.लि., स्मार्ट कार्ड नेपाल प्रा.लि., मोहर डिजिटल प्रा.लि., इ नेट पेमेन्ट प्रा.लि. र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.लि. रहेका छन् । कुनको पुँजी कति ? त्यस्तै, अधिकांश संस्थाले २०७७ मा अनुमति पाएका छन् । जसमा कुराकानी पे, पेवेल नेपाल, गोल्डमाइन बिजनेश ग्रुप, वी पे, फिनटेक इन्टरनेशनल, लेनदेन सेवा, डिजी पे प्राइभेट, नेपाल इ बिज म्यानेजमेन्ट, आई पे, आई क्यास प्राइभेट, नेपाल डिजिटल पेमेन्ट्स कम्पनी, सुलभ पे प्राइभेट, छिटो पैसा प्राइभेट र सजिलो पे पेमेन्ट सर्भिसेज रहेका छन् । यीमध्ये सबैभन्दा बढी पुँजी नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको छ । २०७७ चैत ३ गते मात्रै राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति पाएको कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ । त्यस्तै, अधिकांश संस्थाको चुक्ता पुँजी १ करोड रुपैयाँ छ । जुन न्यूनतम पुँजी हो । भुक्तानी प्रणाली सञ्चालकसहित चुक्ता पुँजी त्यसैगरी, हालसम्म भुक्तानी प्रणाली सञ्चालकको रुपमा अनुमति पाउनेमा १० वटा संस्था छन् । जसमा नेपाल क्लियरिङ्ग हाउस, स्मार्टच्वाइस टेक्नोलोजिज, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स्, युनियन पे इन्टरनेशन कम्पनी, भिजा वल्र्डवाईड प्राइभेट, नेपाल पेमेन्ट सोलुसन, मास्टरकार्ड एशिया तथा प्यासिफिक प्राइभेट, फोनपे पेमेन्ट सर्भिस, फस्ट पे टेक्नोलोजी प्राइभेट र गेटवे पेमेन्ट सर्भिस रहेका छन् ।

यी हुन् पूर्वराजपरिवारले चढ्ने तीन गाडी

काठमाडौं । पूर्वराजपरिवारले प्रयोगमा ल्याएका तीन सवारी नारायणहिटी दरबार सङ्ग्रहालयमा सर्वसाधारणका लागि प्रदर्शनमा राखिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले आज पूर्वराजा त्रिभुवन र महेन्द्रले प्रयोग गर्नुभएका तीन सवारी सर्वसाधारणले हेर्न पाउने गरी आज खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पूर्वराजपरिवारले प्रयोग गरेका सबै सामग्री क्रमश : प्रदर्शनीमा राख्दै जाने नीति रहेको जानकारी दिए । समितिको अध्यक्षसमेत रहनुभएका सचिव न्यौपानेले सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउन प्रदर्शनयोग्य सामग्रीलाई क्रमशः सर्वसाधारणले हेर्न सक्नेगरी राखिने प्रतिबद्धता जनाए । सङ्ग्रहालयले पूर्वराजा त्रिभुवनले प्रयोग गरेकाे बा अ २ र नम्बर नखुलेको अर्को फोर्ड कम्पनीको गाडी पनि सार्वजनिक प्रदर्शनीमा राखिएको छ । दुवै गाडी फोर्ड कम्पनीका भएको समितिले जनाएको छ । बा अ २ नम्बरको गाडी त्रिभुवन र उनको परिवारले प्रयोगमा ल्याएकाे समितिका सूचना अधिकारी बुद्धिबहादुर गुरुङले राससलाई जानकारी दिए । अर्को पिकअप गाडी भने पूर्वराजा त्रिभुवनले सिकार खेल्न जाँदा प्रयोग गर्ने जानकारी पनि समितिले दिएको छ । यसैगरी पूर्वराजा महेन्द्रले प्रयोग गर्नुभएको बा१च २६६३ नंको गाडी पनि सार्वजनिक गरिएको छ । अस्टिन प्रिन्सेस कम्पनीको मोडेल १९६३ यो गाडी पनि अबदेखि सर्वसाधारणले हेर्न पाउने भएका छन् । यही मोडलको कार बेलायती राजप्रासादमा पनि रहेको जानकारी प्राप्त भएको पनि उनले बताए । Video  तीनैवटा गाडीमा भौतिक तथा यान्त्रिक अवस्था जीर्ण रहेकामा भौतिक मर्मत एवं रङरोगन गरिएको छ । यान्त्रिक अवस्था भने अझै जीर्ण रहेको सूचना अधिकारी गुरुङले बताए । विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएसँगै नारायणहिटी राजदरबारलाई सङ्ग्रहालयका रुपमा स्थापित गरिएको हो । दरबारको मुख्य भवनमा रहेका ४७ कक्षमध्ये ३० कक्ष सर्वसाधारणले हेर्नसक्नेगरी खुला गरिएको छ । बाँकी १७ कक्ष पनि अध्ययन अनुसन्धान गरी खुला गर्ने तयारीमा समिति लागेको छ । ७५४ रोपनी क्षेत्रफलमा फैलिएको नारायणहिटी दरबार क्षेत्रमध्ये सङ्ग्रहालयले करिब ५११ रोपनी भाग ओगटेको छ । दरबार क्षेत्रको करिब २४३ रोपनी क्षेत्रफलमा भने अहिले पनि नेपाली सेना बसिरहेको छ । नेपाली सेनाले ओगटेका क्षेत्रमा पनि केही ऐतिहासिकस्थल रहेकाले सङ्ग्रहालयले प्रदर्शनमा राख्न खुला गर्नुपर्ने माग गर्दै आएको छ । रासस

९ करोडमा बनेको बागलुङ बसपार्क प्रयोगविहीन, उस्तै विमानस्थल

बागलुङ । बागलुङ नगरपालिकाले आधुनिक बसपार्क बनाउँदा लिएको ऋणको वार्षिक एक करोड २७ लाख सावाब्याज नगर विकास कोषलाई तिर्नुपर्छ । ५ं.५ प्रतिशत ब्याजमा २० वर्षभित्र असुल गर्नेगरी कोषले विसं २०७४ मा नौ करोड चार लाख ३९ हजार ऋण नगरपालिकालाई दिएको थियो । कोषको ऋण लगानीसँगै दुई दशकदेखिको बसपार्क बनाउने नगरको योजनाले साथर्कता पनि पायो । विसं २०७५ असोजमा ठेक्कामा गएको बसपार्क विसं २०७८ को सुरुतिर बन्यो पनि । यसरी लामो प्रयास र नगरको चर्को व्ययभारमा निर्मित आधुनिक बसपार्क अझै प्रयोगमा भने आउन सकेको छ्रैन । बरु उल्टै बसपार्कका संरचना नै नासिने जोखिम बढेको छ । पार्किङस्थलको कालोपत्र उप्कन थालेको छ । पशुचौपाया डुल्ने र केटाकेटी खेल्ने थलो बसपार्क बनेको छ । बागलुङ–४ उपल्लाचौरमा निर्मित उक्त बसपार्क पहुँच मार्ग नबनेका कारण सञ्चालनमा ढिलाइ भइरहेको जवाफ नगरले दिने गरेको छ । वडाध्यक्ष कुमारविक्रम क्षेत्रीले भने बसपार्क नचल्नुमा पहुँच मार्गमात्र कारण नरहेको बताए । उनले बसपार्क निर्माणमा आर्थिक अनियमितता गरेको भन्दै तत्कालीन जनप्रतिनिधिसहित कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि बसपार्क सञ्चालन अन्यौलमा परेको उल्लेख गरे । गत फागुनमा आयोगले निवर्तमान नगरउपप्रमुख सुरेन्द्र खड्का, तत्कालीन वडाध्यक्ष धु्रवबहादुर केसी, इञ्जिनीयर मनोज शर्माल, सबइञ्जिनीयर घनश्याम रिजालगायतविरुद्ध मुद्दा दायर गरेको थियो । उक्त मुद्दाको अन्तिम छिनोफानो अझै भएको छैन । वडाध्यक्ष क्षेत्रीले कानूनी र व्यावहारिक उल्झन हटाएर बसपार्कलाई हरहालतमा चलाउनुपर्ने बताए । ‘बसपार्क जोड्न १०० मिटरजति सडक बनाउनुपर्नेछ, मोहीले जग्गा दिन मानिराख्नुभएको छैन, हामीले पहल गरिरहेका छौँ’, उनले भने, ‘नयाँ विकल्पमा गएर भए पनि बसपार्क सञ्चालनमा ल्याउनुपर्छ ।’ नगर गौरवको आयोजनाका रुपमा रहेको बसपार्क वर्षदिनदेखि प्रयोगविहीन अवस्थामा रहनुलाई कतिपयले जनप्रतिनिधिको अक्षमतासँग पनि जोडेर हेर्ने गरेका छन् । नगरको अघिल्लो नेतृत्वले वर्षौंअघिको बसपार्क निर्माणको योजनालाई पूर्णता दिन सफल भए पनि सञ्चालनमा ल्याउनबाट भने चुकेको थियो । नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बसपार्क यथाशीघ्र चाँडो सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाए । ‘पहिला निर्माण व्यवसायीबाट नगरलाई हस्तान्तरण हुन्छ, त्यसपछि पहुँच मार्गको मर्मतसम्भार र स्तरोन्नति गरेर बसपार्क तत्काल चलाउँछौँ’, उनले भने, ‘जग्गाधनीको समस्या पनि हल हुन्छ ।’ स्थानीयवासीले बसपार्क बनाउन साढे १७ रोपनी जग्गा नगरपालिकालाई निःशुल्क दिएका थिए । विसं २०५७ देखि बसपार्कका लागि जग्गा व्यवस्थापन गर्न थालिएको थियो । बसपार्कका लागि दिइएको जग्गाबाहेकको १२ रोपनीमा बस्ती नक्साङ्कन, सडक, ढल, नाली, पानी, बिजुली जस्ता पूर्वाधार निर्माणको काम पनि बाँकी नै छ । जग्गा व्यवस्थापन तथा विकास समितिसँग भएको सम्झौताअनुसार नगरले ती पूर्वाधार बनाइदिनुपर्ने समितिका अध्यक्ष सुभासचन्द्र राजभण्डारीले बताए । ‘नगरपालिकासँग हाम्रो १२ बुँदे समझदारी भएको छ, त्यसमा उल्लेख प्रतिबद्धता नगरपालिकाले पूरा गर्नुपर्छ, जग्गाधनीको माग नै यही छ,’ उहाँले भने । नगरप्रमुखसँगको भेटमा छिट्टै बसपार्क सञ्चालनमा ल्याउनेबारे छलफल भएको र समिति त्यसका लागि सघाउन तयार रहेको अध्यक्ष राजभण्डारीले बताए । २०औँ वर्षको प्रयासमा बल्लतल्ल बनेको बसपार्क प्रयोगविहीन हुनु नगरकै लज्जाको विषय भएको उनको भनाइ छ । कोषको ऋण र नगरपालिकाको लगानी गरेर बसपार्कमा झण्डै ११ करोड खर्च भएको छ । निर्माण कम्पनी ‘आशिष फेवा जेभी’ले बसपार्क बनाएको हो । विसं २०७५ फागुनमा तत्कालीन सहरी विकासमन्त्री मोहम्मत इस्तियाक राईले बसपार्कको शिलान्यास गरेका थिए । बसपार्कमा ५० वटा ठूलो बस र १० वटा मिनी बस अट्ने क्षमता छ । टर्मिनल भवन, व्यापारिक भवन, टिकट कक्षलगायतका संरचना बनाइएको छ । नगरभित्रको अर्को महत्वपूर्ण पूर्वाधार आयोजना बलेवा विमानस्थल पनि सञ्चालनको पखाईमा छ । बागलुङ–१४ स्थित उक्त विमानस्थल कालोपत्र गरिएपछि नियमित उडानका लागि तम्तयारी अवस्थामा छ । नागरिक उड्डयन प्राधिकरणले आठ करोड २४ लाख खर्चेर गत वर्ष विमानस्थलको धावनमार्ग कालोपत्र गरेको थियो । विसं २०२२ मा बनेको बलेवा विमानस्थल पोखरा–बागलुङ सडक बनेपछि विसं २०४८ मा आएर बन्द भएको थियो । २६ वर्षपछि विसं २०७४ चैत ९ गतेदेखि पुनः विमानस्थल सञ्चालनमा ल्याइएकामा त्यसले पनि निरन्तरता पाउन सकेन । केही महिना चलेर विमानस्थल फेरि बन्द भयो । त्योबेला नेपाल र तारा एयरलाइन्सको टुइनटर विमानले हप्ताको दुई दिन उडान गर्थे । १९ सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरपालिकाले भार बेहोर्ने गरी नागरिक उड्डयन प्राधिकरण, विमान कम्पनी र नगरपालिकाबीच सम्झौता भएको थियो । पछि यात्रु पनि घट्ने र नगरपालिकालाई आर्थिक बोझ पनि थपिँदै गएपछि विमान सेवा बन्द हुन पुगेको हो । विमान कम्पनीले सुरुमै बागलुङ–काठमाडौंको भाडादर छ हजार ५०० तोकेपछि यात्रुले पनि महँगो भएको गुनासो गरेका थिए । विमानस्थल पुग्ने सडक स्तरहीन हुनु र धावनमार्ग कालोपत्र नहुँदा पनि विमान सेवा नियमित सञ्चालन गर्नु चुनौतीपूर्ण थियो । अहिले धावनमार्ग कालोपत्र गरिएको भए पनि विमानस्थल कहिलेदेखि चल्छ ? कुनै टुङ्गो छैन । प्राधिकरणले विमानस्थलको ७०० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरेको छ । जसमा साना तथा मझौला जहाजले उडान भर्न सक्छन् । गत जेठ तेस्रो साता बन्द अवस्थामा रहेका विमानस्थलको अध्ययनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित परामर्शदाता समूहले बलेवा विमानस्थलको स्थलगत अवलोकन गरेको थियो । भर्खर कालोपत्र भएर चिटिक्क परेको धावनमार्ग, टावर र भौतिक पूर्वाधारको अवस्था देखेपछि उक्त अध्ययन समूहले विमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा रहेको सुरुआती निचोड निकालेको थियो । नगरका पदाधिकारीसहित सरोकार भएका पक्षसँगको छलफलमा परामर्शदाता समूहका प्रमुख डा जनकराज शाहले टावर नियन्त्रण गर्ने कर्मचारी, विमान कम्पनी र यात्रु भएमा जुनसुकैबेला विमानस्थल सञ्चालनमा ल्याउन सकिने बताएका थिए । उहाँले सरकारले करोडौँ खर्च गरेर बनाएको विमानस्थललाई धेरै समय प्रयोगविहीन अवस्थामा राख्न नहुनेमा जोड दिनुभएको थियो । नियमित विमान सेवाको सुनिश्चितता, भाडादर समायोजन र विमानस्थलसम्म पुग्ने सडकस्तरीय हुनसकेमा विमानस्थल चलाउन सकिनेमा स्थानीय जनप्रनिनिधि विश्वस्त छन् । बागलुङ–१ मालढुङ्गादेखि विमानस्थल जोड्ने कालीगण्डकी करिडोरको १० किमि सडक अहिले पनि कच्ची छ । सरकारले सो खण्ड कालोपत्रका लागि ठेक्का प्रक्रियामा लगे पनि काम सकिन केही वर्ष पक्कै लाग्छ । बागलुङ–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले विमानस्थल जोड्ने सडकस्तरीय नभएसम्म विमानस्थल चलाउन कठिनाइ हुने बताए । ‘भर्खरै विमानस्थल सञ्चालन गरौँ भन्ने अवस्था छैन, पहिले त्यहाँ पुग्ने सडकलगायत अरु पूर्वाधार बनेपछि नागरिक उड्डयन प्राधिकरण र विमान कम्पनीलाई पनि भन्न सजिलो हुन्छ’, उनले भने । ठेक्का प्रक्रिया चाँडो सकेर सडक कालोपत्रलाई गति दिन करिडोर व्यवस्थापनलाई सबैले सकारात्मक दबाब दिनुपर्ने उनको धारणा छ । १० किमी उक्त खण्ड कालोपत्र हुँदासाथ विमानस्थलसम्म राष्ट्रिय राजमार्गको सहज पहुँच पुग्छ । वडाध्यक्ष खत्रीले पहुँच मार्ग निर्माण र विमानस्थल सञ्चालनको मागलाई नगरमार्फत सम्बन्धित मन्त्रालयसम्म पु¥याइएको बताए । पछिल्लो चुनावबाट आएका नगरका पदाधिकारीले पनि विमानस्थल सञ्चालनलाई प्राथमिकतामा राखेका छन् । बलेवा विमानस्थल चलेमा यस क्षेत्रको पर्यटन व्यवसाय उकासिनुका साथै आर्थिक, सामाजिक विकासमा टेवा पुग्ने देखिन्छ । सरकारको चालु बजेटमा पनि बलेवा विमानस्थललाई स्तरोन्नति गरी सञ्चालनमा ल्याइने उल्लेख छ । रासस

साढे १ लाख रुपैयाँले बढ्यो बीवाइडी इ सिक्स कारको मूल्य

काठमाडौं । विद्युतीय सवारीसाधन उत्पादक कम्पनी बीवाइडी अटो इन्डष्ट्रिजको आधिकारीक वितरक साइमेक्स इंकले गाडीको मूल्य बढाएको छ । कम्पनीले विगत दुई महिनाअघि देखिनै गाडीको मूल्य समायोजन गर्नु पर्ने अवस्था आएपनि बजारमा देखिएको समस्याको कारण मूल्य स्थिर राख्न प्रयास गरेको जनाएको छ । सुरुमा गाडीको मूल्य कायम गर्दा रहेको डलर मूल्य र अहिलेको अवस्थामा करिब ७ प्रतिशतको अन्तर ९डलरको मूल्य महंगो० भएको कारण गाडीको मूल्य बढाउनु परेको कम्पनीको भनाई छ । कम्पनीले बीवाइडी इ सिक्समा १ लाख ५० हजार रुपैयाँले मूल्य समायोजन गरी नयाँ मूल्य ५९ लाख रुपैयाँ कायम गरेका छ । साथै, एमथ्री मल्टीपर्पोज भ्यानमा १ लाख २ हजार रुपैयाँले मूल्य समायोजन गरी ४५ लाख ५२ हजार रुपैयाँ बनाएका छ । पछिल्लो १५/१६ महिनामा डलरको एक्सचेन्ज रेटमा ब्यापक वृद्धि भएको कारण मूल्य बढाउनु परेको साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले बताए । सीईओ श्रेष्ठका अनुसार यसअघि नै बुकिङ गरेर बस्नु भएका ग्राहकले भने पुरानै मूल्यमा गाडी पाउन सक्नेछन् ।

लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए शपथ

काठामाडाैं । लुम्बिनी विकास बैंकको नवनियुक्त अध्यक्ष प्रविण कृष्ण श्रेष्ठले शपथ लिएका छन् ।श्रेष्ठले बुधबार नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । नवनियुक्त अध्यक्ष प्रविण कृष्ण श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट एमबिएसम्मको शिक्षा हासिल गरि स्ट्यान्डर्ड चार्टर्ड बैंक (साविक नेपाल ग्रिण्डलेज बैंक लिमिटेड) र माछापुच्छ्रे बैंकको उच्च व्यवस्थापन तहमा रही करीब २ दशक नेपालको बैकिङ क्षेत्रमा सेवा पुर्याएका छन् । उनी विगत ४ बर्ष देखि लुम्बिनी विकास बैंकको सञ्चालक रहँदै आएका थिए । शपथ ग्रहणको नेपाल राष्ट्र बैंककाे बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, निर्देशक बुद्धराज शर्मा, लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराको उपस्थिति रहेको थियो ।

एसईईका विद्यार्थीलाई टेलिकमको उपहार: नि:शुल्क सीम र रिचार्जमा बोनस

काठमाडौं ।  नेपाल टेलिकमले एसईई दिएका विद्यार्थीहरुलाई निःशुल्क सीम लगायत रिचार्जमा बोनस उपहार दिने भएको छ । एसईईमा सहभागी भएका विद्यार्थीहरुले एसईई विद्यार्थी सीम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क प्राप्त गर्न सक्ने छन् । नयाँ सीम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र वा मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ । सीम लिइसकेपछि विद्यार्थी रजिष्ट्रेसन प्याक प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट एस्ट्रीक १६०० ह्यासट्यागमा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति (विक्रम सम्वत) उल्लेख गर्नुपर्नेछ। नयाँ सीम प्राप्त गरेका विद्यार्थीहरुले मेन व्यालेन्सको रुपमा उपलब्ध हुने ९.८ रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् भने यो बाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएस सहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन् । त्यसैगरी सोही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ । पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा विद्यार्थी रजिष्ट्रेसन प्याक उपयोग गर्नको लागि प्रयोग गरिरहेको मोबाइलबाट एस्ट्रीक १६०० ह्यासट्यागमा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्नेछ । रजिष्ट्रेसन प्याकबाट विद्यार्थीहरुले नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सक्ने छन् । यसैगरी बोनस अन रिचार्ज प्याक अन्तर्गत रु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा प्रयोग गर्न पाउने छन् । कम्पनीकाे अनुसार यो सुविधा तीन महिना अवधिभर लागु हुने छ ।

 औद्योगिक क्षेत्रका समस्याले उद्योगी चिन्तित, ७ सय प्रतिशत भाडा वृद्धिले समस्यामा उद्योग

काठमाडौं । देशभर सञ्चालित उद्योगहरूमा उत्पन्न समस्याका बारेमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ (फिनी) बीच छलफल भएको छ । औद्योगिक क्षेत्रभित्र उद्योगहरूले उपभोग गरिरहेका जमिनको अप्रत्याशित भाडा वृद्धि, विद्युत डिमान्ड शुल्क, जीर्ण भौतिक पूर्वाधार, पानी आपूर्तिमा समस्या र बृहद् औद्योगिक सम्मेलन लगायतका विषयमा छलफल भएको महासंघले जनाएको छ ।  औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिको गत असार २२ को निर्णयबाट ४ वर्ष अघिदेखि लागू गर्ने भनी ७ सय प्रतिशत भाडा वृद्धि गरि बिल औद्योगिक क्षेत्रभित्रका उद्योगहरूलाई पठाएपछि समस्यामा परेको महासंघले बताएको छ । लिमिटेड अन्तर्गतका १० वटा औद्योगिक क्षेत्रमा सरोकारवालाहरूको परामर्श बिना नै भाडा वृद्धि गरि पत्र पठाएको फिनीले बतायो ।  त्यस्तै, पछिल्लो परिस्थितिका कारण चल्नै नसक्ने अवस्थामा रहेका उद्योगहरूलाई आपसी सहमतिबाट भाडा वृद्धि गर्नुपर्नेमा एकतर्फी भाडा वृद्धिले प्रतिकुल असर पर्ने उद्योगीहरूले बताएका छन् । उद्योग व्यवसाय फस्टाउने वातावरण बनाउने भन्दा पनि भएका जग्गा भवन भाडामा लगाएर आयआर्जन गर्ने प्रवृत्ति देखिएकोमा उद्योगीहरूले चिन्ता व्यक्त गरे ।  त्यसैगरी औद्योगिक क्षेत्र भित्रका उद्योगहरूलाई ५० प्रतिशतभन्दा बढी विद्युत डिमान्ड शुल्क लिइएको, पानीको सहज आपूर्तिको व्यवस्था नभएको, औद्योगिक क्षेत्र भित्रका भौतिक संरचनाहरू पुनर्निर्माण गरी प्रयोग गर्न योग्य बनाउनेतर्फ पहल नभएको गुनासा फिनीले राखेको थियो ।  एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छाले फिनीले उठाएका मुद्दाहरू जायज रहेको बताए । सङ्कटमा परेको अर्थतन्त्र र उद्योग व्यवसायलाई राहत दिने वातावरण हुनुपर्नेमा उल्टै हतोत्साहित बनाएको प्रति अध्यक्ष गोल्छाले चिन्ता व्यक्त गरे । भाडा वृद्धिको निर्णय समेत गलत रहेको बताउँदै उनले जग्गा र भवन भाडामा लगाएर राजस्व उठाउने प्रवृत्ति नै सही नभएको बताए ।  जायज माग पुरा गराउन एफएनसीसीआईको साथ रहने बताएका उनले आन्तरिक तयारी गरेर बृहद् औद्योगिक सम्मेलन आयोजना गर्ने बताए ।